नेपालगन्जमा सुरु भयो दादुरा-रुबेला खोप अभियान, यस्तो छ तालिका

बाँके । नेपालगन्ज उपमहानगरपालिका दादुरा-रुबेला खोप अभियान कार्यक्रम आज बाट सुरु भएको छ । शुक्रबार देखि उपमहानगरपालि वडा नं. ११ मा दादुरा-रुबेला खोप अभियान कार्यक्रम सुरु भएको हो ।

यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिईंदैछ ।

आफ्नो गाउँ-टोलमा सञ्चालन हुने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न उपमहानगरपालिका वडा न.११ आधारभुत स्वस्थ्य केन्द्रका जनस्वस्थ निरीक्षक सर्मिला सुवेदीले जानकारी दिनुभयो ।

दादुरा, रुबेला अतिनै संक्रामक र प्राणघातक रोगहरु भएको र यसबाट बालबालिकाको मृत्यु समेत सक्ने भएकाले आफ्ना बालबालिकालाई दादुरा रुबेला खोप लगाएर रोगहरु लाग्नबाट बचाउन समेत जनस्वास्थ्य निरिक्षक सुवेदीले बताउनुभयो ।

यस्तो त खोप लगाउने मिती, स्थान र समय :

१. स्थान :- नारायण माबी
मिती – २०८०/११/१३ गते आईतवार, समय विहान १०:०० बजे देखी ४ बजे सम्म ।

२. कहारन टोल :-
मिती – २०८०/११/१४ सोमबार समय विहान १०:०० देखी ४:०० बजे सम्म ।

३. आधारभुत स्वास्थ केन्द्र वडा न.११ :-
मिती – २०८०/११/१५ मंगलवार समय १०:०० देखि ४:०० बजे सम्म ।

४. बरकतिया मा.वि :-
मिती – २०८०/११/१६ बुधबार समय १०:०० देखि ४:०० बजे सम्म ।

नोट :- खोप अभियान सम्बन्धी थप जानकारीका लागि पैसा नलाग्ने नं १११५ मा सम्पर्क पनि गर्न सक्नुहुन्छ ।