श्रीमद भागवत गिताको रस र चर्चा

वास्तवमा हिन्दु दर्शनमा भागवतगीता आफैमा मूलतस्स्वयं व्यापक छ । जसलाई विश्वमा हाल सम्म अधिकांश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महांभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । महाभारतले वर्तमान कलियुगको प्रारम्भमा अथवा झन्डै झन्डै ५००० वर्ष अगाडी भगवान कृष्णले आफना मित्र तथा आफन भक्त अर्जुनलाई वताएको कथा कहानी नै भागवत गिता हो ।जसको महिमा निकै आवश्यक र गर्भिलो बनेको इतिहास पाईन्छ । उहांहरुको यो वार्तालाप मानव जगतमा मानव इतिहासको एउटा महानतम् दर्शनका रुपमा देखापरेको छ भने अर्कातिर धार्मिक वातालापका रुपमा पनि देखापरेको छ । यो वार्तालापमा धृर्तराष्टृका एकसय भाई छोरा र उनका भतिजाहरु व पान्डुका छोराहरु बिच भएको कुटुम्बघाति लडाई सुरु हुनु भन्दा ठीक अगाडी भएको उल्लेख छ । जहां धृर्तराष्टृ र पान्डु कुरुवंशमा जन्मिएका दुई दाजुभाइ हुन् । यो वंश वास्तवमा पृथ्थीवीका प्राचीन शाशक राजा भरतबाट चलेको इतिहास छ । उनैबाट यसको नाम समेत महाभारत सहन समेत गयो । जहां जेठा दाजु धृर्तराष्टृ जन्मदै अन्धो थिए । त्यसकारण उक्त राज सिहांशनमा उनले नपाएर उनका भाई पान्डुले पाएका थिए । उनको उमेर नपुगेरै पान्डुको मत्यु भएकाले पान्डुका पांच भाइ छाराहरु क्रमश.: युधिष्ठिर,भीम, अर्जुन, नकुल र सहदेवको रेखदेख गर्ने काम धृर्तराष्टृको जिम्मामा आएको थियो । त्यस समयमा धृर्तराष्टृलाई नै केहि समयका लागि राजाको जिम्मेवारीमा राखिएको थियो । यसरी धृर्तराष्टृ र पान्डुका छोराहरु एउटै राजमहलमा हुर्किएका थिए । दुुवैका पारंगत गुरु द्रोणचार्यद्दारा युद्दकलाको बारेमा प्रशिक्षण दिनेकाम समेत गरियो । जसमा अफना पुजनीय पितामह भीष्मबाट नै उनीहरुले सरसल्लाह नियमित पाउने काम पाएका थिए । यसरी यति हुदाहुदै पनि धृर्तराष्टका छोराहरु त्यकमा पनि जेठो छारो दुर्याेधन पान्डवहरु प्रति सुरुदेखि नै ईष्र्या, रिस, राग र दोषमा आधारित थियो । यता अन्धा तथा दुर्वल हृदय भएका धृर्तराष्टृ पान्डुपुत्रहरुको सट्टा आफनै छोराहरुलाई राज्यको उतराधिकारी गराउन चाहेका थिए । यसरी धृर्तराष्टृको सम्मतिम दुर्याेधनले पान्डुका तन्नेरी छोराहरुलाई मार्ने षडयन्त्र बनाउन वा रच्न समेत थालेका थिए । जसमा पांचभाइ पान्डवहरु आफना काका विदुर र मामाका छोरा श्रीकृष्णको सचेतमुलकसंरक्षण्मा रहेकाले मात्र उनिहरु जीवीत रहेका मात्र थिए । एकातिर श्रीकृष्ण आफैमा सामान्य मानिस थिएनान् । किनकि यनि स्वयं ईश्वरको वा प्रमेश्वरको रुपमा थिए । जसको कारण यस धरधाममा अवतार लिएर समानान्तर रुपमा एउटा राजकुमारको भूमिकामा निर्वाहमा रहेको विभिन्न धर्मग्रन्थमा उल्लेख गरेको र श्रमिदभागवत गितामा वृष्तिृत चर्चा गरेको पाईन्छ ।

यस भूमिकामा उहां पान्डुकी पत्नी तथा पान्डवहरुकी आमा कुन्ति वा पृथाका भतिजाको रुपमा रहनु भएको थियो । अत.: कृष्णले एकातिर आफना सम्बबन्धिजन भएकाले र अर्कातिर धर्मका नित्य पालनकर्ता भएकाले पनि पान्डुका धार्मिक छोराहरुको पक्षमा उभिने वातावरण बनाएका थिए । जसको कारण विशेषगरी पान्डुहरुको सुरक्षा गर्नु उहांको गहन जिम्मेवारी समेत थियो । आखिरमा निकै चतुर स्वावको दुर्योधनले पान्डवहरुलाई जुवा खेल्ने चुनौति दियो । जुवाको निर्णाय बाजीमा दुर्याेधन र उसका भाईहरुले पान्डवकी पतिव्रता पत्नी द्रौपदीलाई आफना अधिकारमा समेत पारेर उनलाई राजाहरु एवं राजकुमारहरुको भव्य सभा समारोहमा विचमा बेइज्जति तरिकाले नाङ्गो बनाउने प्रयासमा समेत लागेको थिए । यसमा भगवान कृष्णको दैवीय हस्तक्षेपको कारणको फलस्वरुप त्यो महांविपत्तिको अवस्था समेत बचाए । तर जुवा हारेकाले पान्डवहरु आपनो राजकीय राज्यबाट राज्यच्युत समेत भएका थिए । जसका उनिहरु १३ वर्ष वनवास बस्नुपर्ने बाध्यता समेत भएको थियो । बनबासबाट फर्केपछि पान्डवहरुले न्यायबमोजीम दुर्याेधनबाट आफनो राज्य फिर्ता समेत मागेका थिए । तर राज्यको माहमा फसेका, लाभी, पापी तथा लालचीको कारण उसले त्योराज्य दिन ठाडै अस्विकार समेत गरिदियो । यसपछिति पांच पान्डवले पुरै राज्य नमागेर पांच भाईलाई पांचवटा राज्यमात्र मागे । तर दुर्याेधनले पांचगाउं त के एउटा सिन्को समेत नदिने निर्णय समेत गरिदियो । जहां उसले सियोको टुप्पो नअटाउने जगगा समेत नदिने कठिन निर्णय गरेकाले त्यसको फलस्वरुप अत्यन्त सहनसिल तथा मिलनसिल पान्डवहरुलाई युद्द नगरीनहुने वातावरणको सिर्जन समेत निम्तियो ।

उनीहरुले संसार भरका राजा तथा राजकुमारहरु लाई बोलाए । ती बोलाएका सबै उपस्थित भए । तर जम्मा भएका राजा तथा राजकुमारहरु दुई पक्षमा विभाजन समेत भएका थिए । कोहि धृर्तराष्टृका पक्षमा त कोही पान्डवहरुका पक्षमा देखिए । त्यसबेलामा श्रीकृष्णले पान्डवहरुका शन्देह बाहक बनेर शान्तको याचना गर्न धृर्तराष्टृका दरबारमा जानु भयो । त्याहां उहाें राख्नु भएको शान्ति प्रस्ताव अस्विकृत भएपछि ५ पान्डव र १०० कौरव बीचमा घनघोर युद्द हुने कुराको निश्चित भयो । निकै उच्च नैतिक आदर्शमा रहेका ५ पान्डवहरुले श्रकृष्णलाई भगवानका रुपमा चिन्ने मौका समेत पाएका थिए । उता धृर्तराष्टृका दुष्ट, घमन्डि तथा अहंकारी छोराहरुले उहांलाई त्यस आधारमा चिन्न सकेनान् । तापनी विपक्षीहरुको चाहनामा श्रीकृष्णले युद्दमा प्रवेश गर्ने प्रस्ताव राख्नु भएको थियो । ईश्वरको रुपमा उहांले कुनै कसैसंग युद्दमा होमीन सुहाउनथ्यो । तर पनि कसैले उहांको सैन्य दस्ता शक्तिको प्रयोग गरी युद्दमा होमीने व्यवस्था समेत भएकाले पान्डवको पक्षमा युद्द जित्न सहज थियो । जसमा भगवान श्रीकृष्णलाई सल्लाहकारका रुपमा समेत राख्न सकिने अवस्था थियो । त्यस अनुसार राजनीेतिमा चतुर मानिएका दुर्याेधनले श्रीकृष्णको सैन्यदस्ता हात पार्न समेत सफल भयो । तर उता ५ पान्डवहरुले भने स्वयं सल्लाहकारका रुपमा श्रीकृष्ण भगवानलाई सहयोगी तथा सल्लाहकारका रुपमा मात्र पाएका थिए । यसप्रकार अर्जुनका सारथिका रुपमा श्रीकृष्ण बन्नु भएको थियो । यहांले विख्यात धर्नुधारीको रथ हाक्ने काम गर्न स्विकार समेत गर्नु भयो । यसरी श्रीमलभागवत गिताको शुभारम्भ हुन्छ । जहां दुवै पष्का सेना बिचमा घनघोर युद्द हुन्छ । जसमा धृर्तराष्टृले यसैबिचमा आफना निजी सचिब सञ्जयलाई सोधि रहेकाछन् “उनीहरुको युद्दको तयारी कस्तो छ र उनीहरुले के गरे” यसरी नै गिताको पृष्ठभूमि तयार हुन्छ । यसरी भएको लडाईमा अपराधि, घमन्डि तथा अहंकारी एवं अर्काको राज्य तथा सम्पतिमा आंखा गाड्ने १०० भाई कौरवको हार तथा अन्त्य हुन्छ र सत्यवादि, धार्मिक, मिलनसार तथा आस्थावान ५ भाई पान्डवको जित हुन्छ ।

माथिको पृष्ठभूबाट के स्पष्ट छ भने यसले गिताको सार तयार भएको जानकारी गराउंदछ । अब आवश्यकता छ अनुवाद तथा भाष्य टिप्पनीको । खासगरी सामान्यतया भागवत गिताको अंग्रेजी अनुवादकमा भगवान कृष्णलाई बहाना बनाएर आ-आफना धारणा समेत राखेको पाईन्छ । जसले एउटा पौराणीक कथाको रुपमा लिनेकाम गरेका छन् र भनेका छन् कि कृष्ण् कुनै अज्ञात प्रतिभाशाली व्यक्तिका बिचारकहरुलाई कवितात्मक शैलिका रुपमा प्रस्तुत गर्ने एउटा निमित्त कारका रुपमा लिएका छन् । उनले
बढिमा स्वयं भागवत गिता विषयवस्तु र लक्ष्य दुवै हुनुहुन्छ भनेका छन् यो कुरा स्वयं गिताले नै दर्शाएको छ । गिताले भगवान कृष्णतिर अग्रसर हुनका लागी तथा प्रेरित गर्नका लागी स्पस्ष्ट पारेको छ । त्यसकारण यस दृष्टिबाट उल्लेख गर्दा भागवत गिता यथारुप अद्दितीय भएको कुरामा विश्वास गर्न सहजै सकिन्छ । यो पूर्णतया ग्राह्य तथा सुसङ्गगत छ र हुनु पनि यसको अर्काे अनुपम गुण हो । कृष्ण स्वयं गीताको वक्ता भएको र गीताका परम लक्ष्य पनि भएकाले यो महानशास्त्र हो । जसको समय समयमा आवश्यकता पर्दछ । गितामा उल्लेख भए कलिको प्रलयको अन्त्यतिर यस सृष्टिमा कुनै समयमा दान, धर्म, कर्म नगर्ने अति पापी, दुष्ट, निर्जन, लोभी तथा लालची एवम् अहंकारी व्यक्तिको बाहुल्यता रहन्छ
। त्यस समयमा मानवले मानवलाई देखि नसहने हुन्छ । पापीष्टको बृद्दि हुदै जाने हुन्छ सोहि क्रममा तिनिहरुबाट धर्म लम्बिहरुले निकै दुख तथा कष्ट पाउने, जटिल समय बिताउदै जाने हुन्छ सोहि क्रममा मेरो जन्म हुनेछ र त्यसपछि त्यस खालका दुष्टको नष्टगरी सज्जनको रक्षा गर्ने छु यो मेरो प्रतिज्ञा हो भनेको कुरा भागवत गितामा स्पष्ट उल्लेख छ । आजको मानिसको लागि श्रीमदभागवत गिता जस्तो महापुराण अध्ययन गरौं तथा मानवीय आधारको खोजी गरौं । हामीले हाम्रो धर्म, संस्कार, मानवताको कर्तव्य बाट पछि नहटौं तब मात्र असल समाज तथा असल राष्टृको निर्माण हुन्छ । जय
श्रीमदभागवत गिता ! जयश्रीकृष्ण भगवान !

लेखक : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बाँकेका पाठ्क्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख हुन् ।