यी हुन् लोसपा दर्ताका लागि सनाखत गर्ने १४ सांसद (नामावली सहित)

काठमाडौं, महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा १४ सांसदले हस्ताक्षर गरेका छन् ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।

१४ सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ ।

यी हुन् सनाखत गर्ने सांसद

१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. अनिलकुमार झा
५. लक्ष्मणलाल कर्ण
६. चन्दा चौधरी
७ निर्जला राउत
८. विमलप्रसाद श्रीवास्तव
९. उमाशंकर
१०. एकवाल मियाँ
११. चन्द्रकान्त चौधरी,
१२. दुलारीदेवी खँग खत्वे
१३. कल्लुदेवी विश्वकर्मा
१४. शेखरकुमार सिंह