संसदीय व्यवस्थाको एकमात्र विकल्प वैज्ञानिक समाजवाद : धम्रेन्द्र बास्तोला

नेपालगन्ज, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्थाको एकमात्र विकल्प वैज्ञानिक समाजवाद भएको वताएका छन् ।

मंगलबार बाँकेको कोहलपुरमा आयोजित राजनैतिक प्रशिक्षण कार्यक्रमम वोल्दै नेता वस्तोलाले अहिलेको राजनीतिक सङ्कटको निकास र दलाल संसदीय व्यवस्थाको एकमत्र विकल्प वैज्ञानिक समाजवाद भएको बताएका हुन ।

नेपाल कम्युनिष्ट पार्टी बाँके-बर्दियाको संयुक्त कार्यकर्ता राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै उनले तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने धारणा राखेका छन् ।

वास्तोलाले आफ्नो पार्टीका महासचिव विप्लवसहितको टिमले मुलुकका सबै संसद्वादी पार्टीहरूका नेतृत्वसँगको भेटघाटमा कसैले पनि वैज्ञानिक समाजवादको विरोध नगरेको र विकल्प पनि दिन नसकेको खुलासा गरे । उनले भने, ‘सबै पार्टीका नेताहरू संसदीय व्यवस्थाबाट असन्तुष्ट छन् तर उनीहरू विकल्प दिन पनि नसक्ने अवस्थामा छन् ।’

आफ्नो पार्टीेले बृहत् कम्युनिस्ट एकताको अभियान सञ्चालन गर्ने पनि बताए । उनले भने, ‘वैज्ञानिक समाजवादका लागि प्रगतिशील संयुक्त सरकार गठन र जनमतसङ्ग्रहमा जाने सहमति गर्ने सबै कम्युनिस्टसँग एकता हुन्छ ।’ उनले भने ।

साथै उनले सबै जनताको सुरक्षित आवास, निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारको सुनिश्चितता भएको वैज्ञानिक समाजवाद आफ्नो पार्टीले खोजेको पनि बताएक छन् ।