विप्लव नेकपाको प्रशिक्षण कार्यक्रम कोहलपुरमा सम्पन्न

नेपालगन्ज, बाँकेको कोहलपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको कोहलपुरम मंगलबार नेकपाको बाँके(बर्दिया जिल्ला स्तरीय संयुक्त राजनैतिक प्रशिक्षण गरेको हो ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कन्चन’को प्रमुख आतिथ्यमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बाँके तथा बर्दिया जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा झन्डै २८ महिनाको लामो जेल जीवन बिताएर रिहा भएका नेकपाका केन्द्रीय सदस्य भरत बम ‘रणवीर’, नेकपा बर्दियाका नेता जयबहादुर वाँठा र आशीष लगायतलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

पार्टीका बाँके जिल्ला सेक्रेटरी अनिल क्षेत्रिको अध्यक्षतामा गरिएको प्रशिक्षण कार्यक्रमको सन्चालन बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले गरेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य विशेष कमिटी सदस्य सितलले दिएका थिए ।

त्यस्तै अन्य अथितिहरुमा पार्टीका केन्द्रिय सदस्य तथा बाँके, बर्दिया र डोल्पा इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’, केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज विश्व, जाजरकोट सेक्रेटरी अनन्त, विशेष कमिटी सदस्य हिमशिखर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बाँके तथा बर्दियाक सय बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।