बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अक्ष्टलक्ष्मी शाक्य

काठमाडौं, बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अक्ष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। शाक्यले सपथ ग्रहणलगत्तै दुई जना मन्त्री पनि नियुक्त गरेकी छिन्।बुधबार नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले एमाले समाजवादी पार्टी दर्ता गरेकै दिन शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री चयन भएकी हुन्।

उनी माधव समूहमा सक्रिय नेतृ थिइन्। एमाले केपी ओली पक्षले उनलाई बुधबार नै बाग्मती प्रदेशको संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाएको हो। साथै उनि माधव नेपालले गठन गरेको एमाले समाजावदी पार्टीको सूचीमा केन्द्रीय सदस्य पनि थिइन्।

उनले मुख्यमन्त्रीको सपथ लिएसँगै दुई मन्त्री नियुक्त गरेकी छिन्। उनले सांसद केशव पाण्डेलाई आन्तरिक मामिला र कृष्णप्रसाद खनाललाई सामाजिक विकास मन्त्री नियुक्ति गरेकी हुन्।

नवनियुक्त दुबै मन्त्रीले एमाले समाजवादी दर्ता हुँदा आफूहरू त्यो पार्टीमा नरहेको सामाजिक सञ्जालमा बताएका थिए । एमाले समाजवादी पार्टी दर्ता हुँदैगर्दा दुबैले आफूहरू त्यो पार्टीमा नरहेको उल्लेख गरेका थिए।