तालिबानको नियन्त्रण आक्रमण पछि अफगान राष्ट्रपति घानी देश छाडेर भागे

काठमाडौँ, तालिबानी बिद्रोहीको निरन्तर आक्रमण पछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिबान बिद्रोही समूहले काबुललाई पनि नियन्त्रणमा लिनु पूर्व उनले देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छन् ।उनी देश छाडेर ताजकिस्तानतर्फ गएका रिपोर्टहरु सार्वजनिक भएको बीबीसले जनाएको छ । उनीसँगै उपराष्ट्रपति अमरुल्लाह सलेह पनि देश छाडेर भागेका विवरणहरु आएको बीबीसले जनाएको छ ।

तालिबान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।

अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिबान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको छ ।

यसैबीच, तालिबानका एक प्रवक्ताले काबुलमा हुन सक्ने लुटपाटका घटनाहरु नियन्त्रणका लागि आफ्ना फाइटरहरु त्यसतर्फ पठाएको उल्लेख गरेका छन् । काबुलमा रहेका सुरक्षा अधिकारीहरु भाग्ने क्रम बढेपछि त्यहाँ हुन सक्ने दंगा तथा लुटपाट नियन्त्रणका लागि तालिबानी सुरक्षाकर्मीहरु त्यसतर्फ पठाइएको बताइएको छ ।