तालिबानले कब्जा गर्‍यो राजधानी काबुलबाहेक सबै सहर

एजेन्सी,अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानका सहरहरु कब्जा गरिरहेका छन् ।

संन्चार माध्यमका अनुसार तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्। लडाकुहरूले पूर्वी सहर जलालाबाद आइतवार बिहानै नियन्त्रण कायम गरेका छन् । योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।

अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्। तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् । सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ।

अमेरिकासहित उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो०का सदस्य राष्ट्रहरूका सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको हो।