माओवादी केन्द्रको बैठक पुनः बस्दै

समूहगत छलफलको निष्कर्ष निकालिँदै

काठमाडौं,सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुनः बस्दैछ । आइतबार बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

शनिबार बसेको पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ ।

प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन् । शनिबारको बैठकमा उनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शनिवार पहिलो दिनको बैठक प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समूह बनाएर टुंगिएको थियो ।