खनाललाई भेट्न दिल्ली प्रस्तान आचार्य र पाण्डे

काठमाडौं,भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली प्रस्तान छन् ।

सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली प्रस्तान गरेका हुन् । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण गरिएको थियो । उनी अझै केही समय स्वेदश नआउने भएकाले भेट्न नेताहरु गएको स्रोतले जनाएको छ ।

नेकपा एमालेमा एकताका लागि अन्तिम प्रयास भइरहँदा नेपाल समूहका नेताहरु खनाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।