कोभिड अस्पतालहरूको अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड—१९) को लहरलाई आउन सक्ने भन्दै ७७ जिल्लाका स्वास्थ्य संस्थालाई सूचीकृत गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयहरूलाई आइसोलेसन सेन्टर, अस्पताल मेडिकल कलेजहरू सूचीकृत गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

यस्तै अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सूचीकृत गर्न आह्वान गरेको छ । आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरू र मेडिकल कलेजहरू सूचीकृत गरी सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउन, सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।