मात्रिका यादवले वोलेको शब्द हटाउन सभामुखको रुलिङ

काठमाडौं,नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा अमर्यादित र असंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको बैठकमा माओवादी सांसद यादवले एमाले संसदीय दलका नेता ओली ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भनेका थिए । एमाले प्रमुख सचेतक भट्टराईले त्यही बेला नियमापत्ति गरेका थिए ।तर सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो मात्र भनेको र असंसदीय शब्दहरु संसदको रेकर्डबाट नहटेको भन्दै प्रमुख सचेतक भट्टराईले सभामुखको ध्यानाकर्षण गराएका छन्।

एउटा सांसदले अर्को संसदलाई जभाभावी, निम्छरा शब्दहरु प्रयोग गर्न थाल्ने हो भने सदनको गरिमा नरहने उनले बताए ।लगतै सभामुख अग्नि सापकोटाले ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिधिसभा नियमावली प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।