सुर्खेतमा विप्लव नेकपाद्धारा जनसम्बन्ध अभियान सुचारु

सुर्खेत,विप्लव नेकपाद्धारा जनसम्बन्ध अभियान सुरु गरिएको छ । जिल्लाका चारवटा स्थानमा अभियानको उद्घाटन गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको १६ औ बैठकको निर्णयलाई कार्यान्वयनमा ल्याउदै सुरुवात गरेको हो । संगठन बिस्तार तथा जन सम्बन्ध सुदृढ अभियान सफल पारौ। बैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रह गरौ ।

भन्ने मुल नारासहित २४ गते जिल्लाका विभिन्न स्थानमा अभियान उद्घाटन गरेको हो । सोही अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एटम बि सिले वर्तमान दलाल पुजीवादी व्यवस्थाले नेपाली समाजमा उत्पन्न गरेको विभिन्न खालका भ्रष्टाचार,अनियमितता,अराजकता,धार्मिक असमानता,शैक्षिक विभेद,जातीय भेदभाव,नारी हिंसा आदि समस्या यो व्यवस्थाले नेपाली जनतालाई उपहारको रुपमा दिएको बताए ।

आज नेपालमा जुन नेपाली जनताकोपक्षमा आवाज उठाने नागरिक र पार्टीलाई प्रतिबन्ध लगाउने राज्य व्यवस्था जनताको हुना सक्दैन उनको जिकिर रहेको थियो। जिल्लाका विभिन्न स्थानिय तहका सम्बन्धित नगर र गाउँपालिका इन्चार्जहरुको नेतृत्वमा अभियान निरन्तर अगाडि बड्ने जानकारी समेत दिएका छन् ।