सुर्खेतका ५४ हजार परिवार भूमिहिन

सुर्खेत,भूमि समस्या समाधान आयोग सुर्खेतले जिल्लाभर करिव ५४ हजार परिवार भूमिहिन रहेको बताएको छ । 

आयोगले आज शुक्रबार एक पत्रकार सम्मेलन गर्दै सुर्खेत जिल्लाका करिव ५४ हजार परिवारको भूमि प्राप्त गर्ने सपना अधुरो रहेको बताएको हो । आयोगका अध्यक्ष ऐनबहादुर चन्दले भूमिहिनहरुको व्यवस्थित ढंगले काम अघि बढिरहेको बेला सरकारले नै आयोग माथि हस्तक्षेप गरेको बताए ।

सुर्खेत जिल्ला कामको प्रगति विवरण सार्वजनिक गर्दै आयोगका अध्यक्ष चन्दले जिल्लाका नौँ वटै स्थानिय तहले निरन्तर काम गरि भूमि सम्बन्धि ९० प्रतिशत काम सम्पन्न भएकाे बताए । आर्थिक वर्ष २०७७ र २०७८ मा विनियोजित कुल २१ लाख ४० हजार २ सय ३५ रकम मध्ये १७ लाख २५ हजार ५ सय ५८ अर्थात ८०.६२ प्रतिशत रकम खर्च भएको भूमि समस्या समाधान आयोग सुर्खेतले बताएको छ ।