डा. केसीले गरे पुनः सत्याग्रहको तयारी

काठमाडौँ,चिकित्साक्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत वरिष्ठ चिकित्सक गोविन्द केसीले फेरि सत्याग्रहको घोषणा गरेका छन् ।

डा केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफुले उठाउँदै आएका मागहरु पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका समेत दिएका छन् । डा केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेढ महिना बढी चलेको आन्दोलनका मागहरु पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्दै चार शीर्ष पदाधिकारीलाई पदमुक्त गरियोस् । बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार नयाँ पदाधिकारी नियुक्त गर्दै त्यसका लागि तत्काल कानुनी व्यवस्था गरियोस् ।ु विज्ञप्तिमा भनिएको छ ।