जयसिंह धामीको हत्या नेपाली राष्ट्रिय स्वाधिनतामाथिको प्रहार : दीपक

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता उदय बहादुर चलाउने ‘दिपक’ले जयसिंह धामीको हत्या नेपाली राष्ट्रिय स्वाधिनतामाथिको प्रहार भएको बताएका छन् ।पार्टीका केन्द्रीय सदस्य तथा बाँके-बर्दिया जिल्ला इन्चार्ज समेत रहेका नेता दीपकले केही दिन पहिले भारतिय सुरक्षा फौज एसएसबीद्धारा महाकाली नदिको तुइन चुडाएर हत्या गरिएका जयसिंह धामीको विषयलाई लिएर बाँकेको नेपालगन्जमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै धामीको हत्या नेपाली राष्ट्रिय स्वाधिनतामाथिको प्रहार भएको बताएका हुन् ।भारतिय सुरक्षा फौज एसएसबीद्धारा तुइन चुडाएर महाकाली नदिमा बेपत्ता बनाएको उक्त घटनाको भत्सर्ना गर्दै उनले एउटा निर्दोष नागरिकमाथि भएको यस प्रकारको अमानविय घटनाले नेपालको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आघात पुर्याएको बताए ।आजका दिनसम्म आउँदा भारतिय पक्षले एक मात्र जयसिंह नभएर हजारौं जयसिंहहरू बनाईसकेको बताउँदै उनले यस खालको भारतिय अत्याचार तथा हेपाह प्रवृत्ति विरुद्ध डटेर प्रतिरोध गर्न सम्पूर्ण प्रगतिशील, देशभक्त, राष्ट्रवादी र सबै आमनेपाली नागरिकहरूलाई अपिल गरेका छन् ।साथै उनले आफ्नो पार्टीले भन्ने गरेको वैज्ञानिक समाजवाद शिक्षा र स्वास्थ्य नि:शुल्क, रोजगारको ग्यारेन्टी, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, र सिमानामा पर्खाल लगाउने समाजवाद भएको बताउँदै उनले यसको लागि आफ्नो पार्टीले प्रस्ताव गरेको जनमतसङ्ग्रहमा जानुपर्ने बताए ।भारतिय एसएसबीद्धारा हत्या गरिएका जय सिंह धामीको बिषयमा बिरोध स्वरूप विप्लव नेतृत्वको नेकपाले सोमबार बाँके लगायत देशैभरका जिल्लाहरूमा विरोध सभाहरू गरेको हो ।