एमाले स्थायी कमिटी पुनः बैठक बस्दै

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

हिजो बस्ने भनिएको बैकठ अन्तिम समयमा आएर स्थगित भएको थियो ।ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो बैठक बस्न लागेको हो ।

तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे छलफल हुने जनाइएको छ ।