नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको एमालेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे छलफल हुने जनाइएको छ ।