जसपाको संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन

काठमाडौं,जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितीको बैठकले निर्वाचन समिति गठन गरेको नेता मोहमद इस्तियाक राईले बताए । समितिमा नवराज सुवेदी संयोजकत्वमा रमेश यादव र शुशीला श्रेष्ठ सदस्य छन्।

निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्ने प्रकाश अधिकारीलाई जिम्मेवारी तोकेको उनले बताए। यस्तै बैठकले संसदीय दलको विधान समेत पारित गरेको उनले जानकारी दिए।