नेपालमा थप २,९७७ जनामा कोरोना पुष्टि

१८ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप २,९७७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार तीन सय ८ जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ। एक हजार ६ सय ७८ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । 

काठमाडौंमा चार सय १०,भक्तपुरमा ६९ र ललितपुरमा एक सय ३४ गरी उपत्यकाभित्र कुल ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।