सुर्खेतमा सार्वजनिक सवारीको जोर विजोर प्रणाली अन्त्य

सुर्खेत,सुर्खेतमा सार्वजनिक सवारीको जोर विजोर प्रणाली हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सार्वजनिक सवारी साधान सञ्चालनमा जोर विजोर प्रणाली हटाइएको जनाएको छ ।जिल्ला प्रशासनका अनुसार जिल्लाभित्र संचालन हुने सबै सवारी साधानमा जोर विजोर प्रणाली हटाइएको हो ।

तर जोर विजोर प्रणाली हटाइएपनि सवारी सञ्चालनमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन भने दिइएको छ ।