एमालेको कार्यदल बैठक सुरु

काठमाडौँ,नेकपा एमालेको कार्यदल  बैठक  सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको आजको बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने बताइएको छ ।

लामो समयपछि सोमबार साँझ कार्यदलको बैठक बसेको थियो । उक्त बैठकमा यसअघि अनौपचारिक रुपमा भएका राजनीतिक घटनाको बारेमा समीक्षा भएको थियो ।कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।