उपत्यकामा जोरबिजोर प्रणाली समाप्त

काठमाडौँ,जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी साधानमा लगाएको जोरबिजोर प्रणालीको समाप्त गरेको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । यस्तै, सफा टेम्पु र निलो माइक्रोलाई स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालन गर्न अनुमति दिइएको छ । प्रशासनको अनुमतिमा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा एउटा हलमा २५ जनाभन्दा बढी बस्न नपाउने गरी परीक्षा स्थान सञ्चालन गर्न दिने उल्लेख छ । असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।