अक्सिजन अभावको बहानामा अस्पतालद्धारा बिरामी भर्ना लिन बन्द

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कहालीलाग्दो दृष्य

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोभिड-१९ संक्रमित बिरामीको उपचार गर्न नसकिने भन्दै भर्ना नलिने बताएको छ। अस्पताल प्रशासनले बुधबार एक विज्ञप्ति नै जारी गरेर कोभिडका नयाँ बिरामीहरु भर्ना गर्न असमर्थ भएको बताएको हो।मध्य तथा शुदुरपश्चिम क्षेत्रका जनताको उपचारकै केन्द्र मानिने अस्पतालले बिरामी भर्ना नै गर्न बन्द गर्दिएपछि यसले झनै भयानक रुप लिने निश्चितै देखिन्छ।अस्पातलको तर्फबाट निर्देशक डा नितेश कुमार कनौडियाले एक विज्ञप्ति नै निकालेर संक्रमित बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभावका कारण देखाउदै बिरामी भर्ना गर्न नसकिने बताए संगै एक किसिमको त्रास नै उत्पन्न भएको छ।

बुधबार दिउँसो बाँकेको बैजनाथ गाउँपालिका बडा नं ५ कि ४६ बर्षिय एक महिलालाई सास फेर्न गार्हो भएको भन्दै उपचारको लागि उनका आफन्तले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याए। तर अस्पतालले उनलाई अक्सिजन अभावको रहेको भन्दै भर्ना लिन मानेन। बिरामीका आफन्तले उपचार पाउने झिनो आशामा घण्टौ सम्म हारगुहार गरे १ परिवार तथा आफन्तको चितकार आखिर कसैले सुनिदिएन।अन्तत् केही सीप नलागे पछी उनलाई अस्पताल बाहिरबाटै फर्काईयो। र उनलाई त्यहाँबाट लगेर बैज्ञनाथ गाउँपालिकाले सन्चालन गरेको स्थानिय आइसोलेसनमा पुर्याएको त्यसै दिन साझ उनले प्राण त्यागिन। मृतक महिलाको पीसीआर रिपोर्ट भने आउन बाँकी रहेको बताईएको छ।यो त एउटा प्रतिनिधिमुलक घटना मात्र हो। महामारीको समयमा यस्ता कैयन घटनाहरू छन्।जसमध्ये केही सार्वजनिक हुन्छन् केही भित्र भित्रै सेलाउने गरेका छन्।

अस्पतालले प्रशासनले कोरोनाका पुष्टि भैसकेकाका भन्दा पनि सामान्य लक्षण र संकाकै आधारमा बिरामीको भर्ना लिन बन्द गरेको छ। यसबाट अन्य सामान्य रोग लागेका बिरामीहरु पनि गम्भीर समस्या झेल्ने कुरा त छदैछ।संकाकै आधारमा अस्पतालले भर्ना नलगी समयमै आवस्यक उपचार नपाउदा मृत्युलाई सहर्ष स्विकार्न बाध्य छन्।करिब १ सय ३५ कोभिड बेडमा बिरामीहरुको उपचार गरिरहेको अस्पतालले करिब ३ सय बेडको क्षमताको कोभिड डेडिकेटेड अस्पताल सञ्चालनको तयारी गरेको थियो। तर एक्कासी अक्सिजनको अभावको कारण देखाउदै अस्पतालले तत्काल यो सञ्चालन गर्न नसकिएको जनाएको छ।

गएको वैशाख १९ र २१ गते नै अक्सिजन अभाव बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुरोध गरेपनि कुनै सुनुवाई नभएको अस्पतालका निर्देशक डा कनौडिया बताछन्।उनले अक्सिजन अभावबाट आउन सक्ने सम्भावित संकटबारे मन्त्रालयको ध्यानाकर्षण गराइसकेको र भारतबाट लिक्विड अक्सिजन आपूर्तिको व्यवस्था मिलाईदिन आग्रह समेत गरिएको बताए।अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट बिरामीहरुको उपचार गर्दै आएको थियो। सबैभन्दा भरपर्दौ लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट समेत नआईरहेकाले हाल उपचारमा रहेका बाहेकका बिरामीहरु भर्ना गर्न नसकिने अस्पतालले जनाएको हो।यो बिषय हाल आएर राष्ट्रिय बहसको बिषय बनिसक्यो। सामाजिक सन्जालमा जता ततै सरकार, सरोकारवाला निकाए र अस्पताल प्रति नै आक्रोशपुर्ण अभिब्यक्तिहरु देखिरहेका छन्।

स्थानिय सरकारका जनप्रतिनिधि, बाँके जिल्लाबाट प्रदेश तथा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरू संग सहयोगको लागि बारम्बार हारगुहार गरिरहदा पनि समस्या जेनको तेन नै छ। आम जनता अक्सिजन तथा उपचारको आसै आसमा मृत्यु कुरिरहेका छन्।देशमा हाल तीन तहका सरकार क्रियासिल रहे पनि सकारात्मक उपलब्धि केही नदेखिएको जनगुनासो यतिबेला झनै बढेको छ।केन्द्र देखी स्थानीय स्तर सम्म जताततै आर्थिक अराजकता तथा भ्रष्ट्रचार ब्याप्त छ।यस्तो महामारीको समयमा सामान्य अक्सिजन अभावकै कारण कहालिलाग्दो मृत्यु रोज्न बाध्य हुनुको पीडा जनतामा खपी नसक्नु छ।सरकार तथा सरोकारवाला निकायले कोभिड-१९ महामारी नियन्त्रण गर्ने सम्बन्धमा आवस्यक योजना बनाउन नसक्दा रोग नियन्त्रण गर्नमा नराम्ररी चुकेको देखिन्छ।अव पनि सरोकारवाला निकायले अझै पनि बेलैमा आवस्यक ठोस योजना निर्माण गरेर महामारी नियन्त्रण गर्न सकिएन भने यसले भयाभह स्थिती शिर्जना नहोला भन्न सकिदैन। यो बिषयमा सबै गम्भीर हुन जरुरी छ।