बाबाको चाहाना बन्यो मेरो उदेश्य !

भनिन्छ मानिस एउटा सामाजिक प्राणी हो । साथै विवेकशील प्राणी पनि हो । तर समय संग सँगै आज भोलि मानिशको अस्तित्त्व आलोचनामा चिन्नबिन  हुन लागेको मलाई महसुस हुन्छ । येथाचित मेरा कथनहरु सहनशिल नहोलान् कतिपय मानिसमा, तर सत्य यहीमा आधारित हुँदैछ ।

म आज कोठामा बसिरहेको थिए, सँगै मेरो हातमा एउटा किताब थियो र म पढिरहेको थिए । मेरा बाबा म पढिरहेको देख्नु भयो र भन्नुभयो छोरी -“ठूलो मान्छे बन्नु पर्छ ” । बाबाले मलाई यही शब्द भन्नु भयो र खुसि हुँदै आफ्नो अफिस तिर जानुभयो । अनि मेरो बाबाको शब्दले भनेको कुरा मेरो मन मा गड्यो । एकछिन म हत्तासिए, मनमा एकुलब्याकुल हुन लाग्यो, म आतिए। मेरा बाबाले म सँग एक शब्द नबोली छोरी ठूलो मान्छे बन्नु पर्छ भनेर खुशीको साथ मलाई हेरि खुसुक्क हाँसेर अफिस तिर जानु भयो ।

मेरा हातमा भएका पुस्तकका पाना आफै पल्टिँदै थिए । र मैले कलम समाते अनि कपी लिए र लेख्न शुरू गरे तर मलाई बाबाको म प्रतिको विश्वासले ठूलो मान्छे बन्न मन लाग्यो अनि मैले एकान्त कोठामा बसेर ठूलो मान्छेलाई सबैले माया, सम्मान पनि दिन्छन् होला है भन्ने कुरोले मेरा मनमा कौतुहल्ता जाग्यो । ठूलो मान्छे जातले हुन्छ : कि ! मनले हुन्छ कि ! कदले हुन्छ कि ! राम्री हुनुपर्छ ? यस्ता धेरै तर्कहरू मेरा मनमा खेलिरहेको थिए ।

म त्यो रात सुत्न सकिन् भोलिको दिन म बिहान छिट्टै उठे अनि : ममीलाई सोधे ममी ठूलो मान्छे हुनलाई मान्छे कस्तो हुनुपर्छ ? ममी मलाई हेरेर खिस्स पारेर हाँस्नु भयो अनि भन्नु भयो “तलाई किन जान्नु छ ” अनि मैले भने ममी मलाई पनि ठूलो मान्छे बन्न मन छ । ममी अर्को चोटी हाँस्नु भयो तर केही वोल्नु भएन ।

ममीलाई मैले भने ममी मलाई ठूलो मान्छे नै बन्नु छ । मेरा गुरु, गुरुआमाले पनि ठूलो मान्छे बन्नु पर्छ भन्नु हुन्छ:, हिजो बाबाले पनि मलाई ठूलो मान्छे हुनुपर्छ भन्नुभयो; ममी ठूलो मान्छे बन्न सबै किन चाहन्छन के सानो मान्छे राम्रो हुँदैन र ? के सानो मान्छे ठूलो मान्छे बन्न सक्दैन र ? ममी फेरी पनि हाँस्नु भयो तर मेरो मनलाई यस्तै यस्तै कैयौ प्रश्नहरुले घोचि रहेका थिए । म अडिक नै थिए म ठूलो मान्छे बन्छु भनेर । अनि, ममीले मलाई आफ्नो छेउमा बसालेर भन्नु भयो, ‘छोरी ठूलो मान्छे त्यस्ता मान्छे हुन् जस्ले महान् कार्य गरेका हुन्छन् ।

जो हिर्दय देखि नै महान् हुन्छन्, जस्को सोच अरु भन्दा फरक हुन्छ, जो सँग केही नयाँ काम गर्ने ऊर्जा शक्ति हुन्छ, जस्ले सबै मानिसलाई समान देख्छ, जो कर्ममा बढी आधारित हुन्छ जो लगनशिल हुन्छ’ आदी कुराहरू ममिले मलाई भन्नुभयो तर पनि मलाई कतै केहि छुट्यो जस्तो लाग्यो ।

चित्त बुझेन फेरि पनि सोधे : ममी हामी सब ठूलो मान्छे बन्न खोज्छौ तर ठूलो मान्छेले नै सानो मान्छेलाई आफ्नो अधीनमा राखेकाे हुन्छ ठूलो मान्छेले आफ्नो शक्तिको नराम्रो सँग समाजमा कुरिर्ती, सामाजिक आलोचना फैलाएको छ रे त : ममी । ममी ; निर्मलाको हत्या काण्डमा पनि त ठूलै मान्छेको हात थियो रे ! विचारी निर्मलाको के दोष थियो र ममी ! उनलाई मार्दिए ठूला मान्छेले ।

उनलाई पनि त ठूलो मान्छे बन्ने चाहना थिएन होला र ममी ? ममी ठूला मान्छे के राम्रा हुन्छन् होलान् त : फेरि राम्रा भाका भए समाजमा, हाम्रो देशमा उन्नति, पर्गती, समाजमा : मानिस-मानिस बीच मेलमिलाप, दिदी, भाई जस्तै मायाको साइनो किन छैन ममी आदी सबै कुराहरू ममीलाई भने मैले अनि ममिले मलाई भन्नुभयो छोरी : तिमी त ठूली भएछेउत यति ठूला अनि चाहिने कुरा सोध्यौँ मलाई म खुसी छु छोरी तिमी प्रति तिमी जस्तो राम्रो सोच भएकी छोरीकि आमा जो भएकी छू । अनि ममीले मलाई भन्नु भयो छोरी सबै मानिस एउटै हुँदैनन् । छोरी यता हेरतः मेरो हातको औँला सबै औँला एउटै आकारको छन् त ! अनि मैले छैन ममी भने ।

अनि ममिले मलाई भन्नुभयो : हो सबै हातको औंलाको आकार एउटै हुँदैन नि त्यसै गरी सबै ठूला मान्छे एउटै हुँदैनन् । ममीको कुरा सुनेर म खुषी भए मलाई पनि ठूलो मान्छे बन्न मन लाग्यो त्यो पनि असल मान्छे । म हर्षित भए र मनमा ठूलो मान्छे बन्ने उत्साह, उमङ्ग, न्यानोपन, सितलता आदिले मेरो मनमा राम्रो भावहरु पैदा भयो ।

ममी भनेर मैले मन्द मुस्कान मेरा ओठमा उर्लिए । अनि मैले ममीलाई भने “ममी अब म पनि ठूलो मान्छे बन्छु” गरीब, दुखी , असायहरुलाई सहयोग गर्नेछु । न्याय नपाएकालाई न्याय दिलाउन मा सहयोग गर्नेछु । मानिस कालोगोरो, आसानो, ठूलो, ठूलो जात, सानो जात, शारीरिक असहज भएका , सबैसबै अन्योलमा रहेका र देश प्रति म केही गर्नेछु म ठूलो मान्छे बन्नेछु ।