सरकार ! जनतालाई भोको पेटको महसुुस नहोस

कोरोना अहिले बिश्वब्यापी रुपमा अनगिन्ती रुपमा फैलिरहेको बेला रोकथाम र नियन्त्रणका लागि नेपालमा लगडाउन गरिएको करिव तिन महिना पूरा हुन लाग्दा नेपाली नागरिक घर भित्र या रुम भित्रै बन्धको रुपमा बस्नु परेको छ । धेरै जसो उधोग धन्दा, कलकारखाना सरकारी तथा निजी संघ संस्थाहरु सबै ठप्प भईरहेको अबस्थामा छ ।

खाधान्न लगायत अति आवस्यक भनी तोकिएका क्षेत्रहरु खोलिए पनि सिमित समय तोकिएका कारण व्यवसायी संचालन गर्न पनि एकदमै कठिनाई भईरहेको अबस्थामा छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु यति बेला उधोग धन्दामा काम गर्दै जिविका पार्जन गरिरहेका कारण धेरै जसोका भान्सामा चुलो नबल्ने अबस्थामा पुगेका छन् ।

सामान्यतया नेपाली नागरिकलाई तीन बर्गमा बिभाजन गरिएको छ । पहिलो बर्ग जो हुनेखाने धनाड्य पर्दछन् र यो वर्गलाई लगडाउन को कारण बाट कुनै पनि प्रभाव परेको छैन । उनीहरुको भान्सा मनोरञ्जनात्मक संग बितिरहेको छ । दोस्रो वर्ग जो मध्यमस्तरका नागरिक पर्छन् । धेरै जसो नागरिक यो बर्गमा पर्छन् । उनीहरू सरकारी तथा निजी संघसंस्था मा काम गर्ने व्यापार चलाउने आफ्नो परिवार को सामान्य खानपिन तथा शिक्षा दिक्षाको व्यवस्था गर्छन् ।

र यस्ता परिवार कतिपय एक जनाको कमाई मा ६/७ जना पालिएका हुन्छन् । उधोग धन्दा कलकारखाना काम गर्ने कर्मचारी बैकिङ व्यबसाय सरकारी तथा बोर्डिङ स्कुल सरकारी तथा गैह्रसरकारी संघसंस्था निजि अस्पताल लगायतका कर्मचारी ले यसै बाट दिन चार्य गुजारा चलाएका हुन्छन् । “यति बेला प्रत्येक मध्यम र निम्न बर्गका परिवार को भान्सामा चुलो निभ्ने स्थिति औइरहेको छ । महामारी भने फाेर्स गाडी सरिको गतिमा दौडिरहेको छ ।

अझै कति दिन लगडाउनमा बस्नु पर्छ त्यो भने अनपश्चित छ । समय परिस्थिति कता लम्किन्छ कसैलाई थाहा छैन बाँच्नकै लागि नागरिकलाई कठिन हुँदै गएको छ । एकातिर बेरोजगार को स्थिति छ अर्को तिर कर्मचारी ले तलब पाएका छैनन् । कतिपय यसै रोजगारी ले पेट गुजारा गर्दै आएका छन् । अर्को तिर उधोग धन्दा पुर्णरुमा बन्द भएका छन् यस्तो अवस्था मा भोको पेटल लिएर गरिव जनताले Covid 19 संग कसरी बिजय हासिल गर्न सक्छन् । यो गम्भीर विषय हो यति बेला गरिव जनताको पहिलो शर्त जनताले बाँच्न पाउनु पर्दछ । नेपालमा अहिले पनि निर्वाहमुखी कृषि प्रणाली बाट खेति गर्छम ।

अनि किसानले बाली लगाउन , उठाउन नपाएमा यो अबस्थामा छ । कृषिको अभाव,मल अौषधी उपार समय मा गर्न नपाएका कारण ले पनि किसानहरु प्रभावित भएका छन् । भने लकडाउन कै कारण फ्नो उत्पादन बजारसम्म लैजान सहज बाताबरण नहुँदा कतिले बस्तुलाई खुवाउने गरेका र कतिपयले जमिनमै गाडिको समचार पनि आइरहेका छन् । त्यसैगरी तेस्रो बर्ग जो बिहान बेलुकाको छाक टार्नकै लागि दिनरात पसिना वगाउने बर्ग पर्छन ।

जो दिन भरि श्रम बेचेर बेलुका भान्सामा चुलो बाल्ने यो बर्गलाई सरकारी गैह्रसरकारी तथा ब्यक्तिगत तवरबाट सिमित क्षेत्रमा केही राहत बितरण गरिए पनि जन बर्गले राहत पाउनु पर्ने हो । त्यो बर्गले पाउन नसकेको गुनासो पनि सुनिन्छ । कुनै कुनै गाउँपालिका र नगरपालिका मा त गाउँपालिकाको मातह मा वडाको खबर पनि सुन्न आइरहेको छ जनु अाफु बाहिर जिल्ला र पाइपर्ने शहर बाट खरिद गरि भाडा ज्याला छुट भन्दै गरिव लाई चामल बेच्ने को खबर ले हामी सम्पुर्ण युवा बर्ग र नागरिक यसको गहिरो दुःख प्रकट गर्दछौं ।

साथै राहत को नाम मा आफ्ना पार्टीका कार्यकर्तालाई बाड्ने गरेको गुनासो पनि सुन्न आएको छ यस्ता वर्गमा परिवार पनि ठूलो हुने भएको र सिमित राहतले उनीहरु को पेट नभरिने हुनाले यस्ता परिवारहरु यति वेला आर्थिक मात्र नभएर कसरी परिवारको पेट भरौं र कोरोना संक्रमितका बिरुद्ध लडौं भन्ने मानसिक तनाव बडेको छ ।

तर्सथ यतिबेला रोगबाट बच्नका लागि संघर्ष गरिरहेका जनताले अब भोकका लागि संघर्ष गर्दागर्दै अप्रिय घटना नघट्ला भन्न सकिन्न यतिबेला प्रत्येक मध्यम र निम्न बर्गिय परिवार भान्सामा चुलो निभ्ने पक्का पक्कि भएको छ । महामारी झन फोर्स गाडी सरि दैडिरहेको छ । अझै कतिदिन लगडाउन बस्नु पर्छ त्यो अनिश्चित छ । समय परिस्थिति कता जाने हो थाहा छैन बाँच्ने कै लागि नागरिक लाई ठूलो कठिनाई हुँदै छ । एकातिर बेरोजगार को अबस्थामा अर्को तिर कर्मचारी तलब पाएका छैनन् । र यति बेला पहिलो सर्त जनता बाँच्न पाउनु पर्छ ।

अन्त्यमा :- यस्तो कठिन घडिमा सरकारले गाँस बाँस कपास को ग्यारेन्टी गर्नु पर्छ नत्र गरिव जनता रोगले नभएर भोकले मर्ने संख्या बढि हुनेछ । मध्यम तथा निम्न बर्गिय नागरिक लाई लक्षित गर्दै राहत प्याकेजको कार्यक्रम ल्याउनु नितान्त जरुरी छ । यस्तो कठिन घडीमा जनताको जीवन रक्षाको लागि फितलो रुपमा प्रस्तुत हुने र भोलि नेपाल र नेपाली ले मानविय क्षेति बेर्होनु पर्यो भने हामी स्थानीय सरकार देखि केन्द्रीय सरकारलाई नेपाली जनताले कदापि क्ष्यामा दिने छैनन् । 

शासकवर्ग पुरै मोज मस्ती मा छन उनिहरु लाई थप अवसर मिलेको छ जनताको पसिना मा रमाइरहेका छन राहतको नाममा बिचौलियाले राजनितीमा राज गरेका छन ।  बिगबिगी मौलाएको छ राहतको नाममा सकिन्छ भने म हैन हाम्रो सोचौ राजनीति कसैको ठेक्का होइन राहतको नाममा राजनिती नगर सकिन्छ भने राहतमा सम्पुर्ण लाई समेट्ने गरि रोजगारमुलक कृषि कार्यक्रम ल्याउ नेपाल कृषि प्रधान देश हो जनता को पसिना मा नरमाउ