मानव सभ्यता, मान्छे, जात र नेपाली राजनीतिको बुर्जुवा पाठ

जात ब्यवस्था कसरी निर्माण भयो

इतिहासमा मानव शास्त्रका खोज अनुसन्धान र जगतमा सजिव तथा जिवित जिबहरुमा सबैभन्दा कान्छो र सचेत प्राणी मान्छेलाई लिइएको छ । मान्छेका पनि सात प्रजाती छन, ती सात प्रजातिको सबैभन्दा सचेत र बौद्धिक जाती मान्छे हो । यो बैज्ञानिक अनुसन्धान र खोजले सिद्ध गरेको छ। 

इसा पुर्ब ३२०० बर्ष अगाडिको मानव सभ्यताको इतिहास अनिवार्य अध्यन गर्न जरुरी छ ।  भारत र पाकिस्तानको बिचमा पर्ने सिन्धु घाटिको सभ्यता भित्रमा मोहन जदाडो र हडप्पा सभ्यताको इतिहास जहाँ आश्रत र द्रबिट मुलका सभ्यतामा आधारित भएको देखिन्छ ।  त्यसपछि युरोप नजीक युराल पर्बत आसपास पर्ने युराल सभ्यतामा हुर्केका आर्यहरु जस्ले आफुहरुनै मानव सभ्यताको सर्बश्रेष्ठ मानव भएको दाबी गर्थे त्यहीँ कारण युरालबासी आर्य र हिब्रोहरु बिचमा भएको युद्धको प्राजयको कारण आर्यहरु भागेर सिन्धु नदिको आसपास बसोबास गरेको ऐतिहासिक तथ्यांकमा पाइन्छ ।

सयौं बर्षपछी आर्य र आशृत द्रबिड मानबहरुमा युद्ध भएको र सयौं बर्षसम्म युद्ध रहिरहेको पाइन्छ त्यतिबेला युद्ध जित्नेहरु मालिक र हार्नेहरु दास बन्ने अवस्था थियोे सयौं बर्षको युद्धपछी आर्यहरु बिजय भएको र द्रबिट आशृत मानबहरु दास भएको पाइन्छ योत भयो कुन सभ्यताको मानवहरु कसरी कहाँबाट आय कसरी बिजय भय प्रजय भय भन्नेमा थोरै लेखेको छु बर्णश्रम ब्यबस्था जात ब्यबस्था छुवाछूत बर्गिय मतभेद जातिय बिभेदको बारेमा दक्षिण एसिया नेपाल र त्यसको समाधानबारे थोरै चर्चा गरौँ ।

जात ब्यवस्था कसरी निर्माण भयो

मान्छेहरू धेरैलाई जातको उत्पादन भगवानको देन हो भनेर नित्कृष्ट भ्रमको खेती गरिरहेका छन । मानव उत्पत्तिको इतिहासको झन्डै ७० हजार बर्ष पहिलेदेखि मानव केन्द्रित मिथकहरु किरियड गर्दै निर्धामाथी बलियाले शासनको विधि निर्माण गरेको पाइन्छ । जल, थल, स्थल, हावा र आगो प्रकृतिको उपज हो । यो कुनै अलौकिक देन होईन बिज्ञानले नै पुष्टि गरिसकेको कुरा हो । 

राज्यमा जनसंख्याको वृद्धिको कारण राज्यको सासकले आफू सजिलोसँग शासनमा रहिरहन मान्छेहरुलाइ चारभागमा राखेर श्रमको बिभाजन गर्‍यो मानबसमाजलाइ श्रमको बिभाजन गर्दासम्म छुवाछूत सुरुवात गरेको थिएन र होईन पनि ।

पहिलो ब्राह्मण – जस्ले ज्ञान आर्जन गर्ने पुजापाठ गर्ने राज्यको कानुन बनाउने बर्गमा राख्यो ।

दोस्रो छेत्री – सासक प्रशाशक हुनपाउने ब्राह्मणहरुको सुरक्षा र सहयोग गर्ने ।

तेस्रो वैश्य – जसले ब्यापार ब्यबसाय गर्ने खेतीपाती गर्ने राजा महाराजा शासक प्रसासकलाइ पाल्न सेवामा समर्पित बनाइयो ।

चौथो शुद्र(- भाडाकुडा बनाउने औजार निर्माण गर्ने राज्यको सेवामा हातहतियार बनाउने र राज्यलाइ बुझाउने आदि चार प्रकारले श्रमको बिभाजन गरेको पाइन्छ ।

राज्यको बिस्तार सगसगै एसियाली युरोपेली तथा धेरै मुलुकहरूमा श्रमलाई इच्छाधिन बनायो जसलेगर्दा सबैले शिक्षा राजकाज कृषि ब्यापार ब्यबसाय प्राबिधिक श्रममा भागलिने मौका पाए शिक्षा स्वास्थ बिकास आदिमा छिटो बिकास गर्ने मौका पाए ।

दुर्भाग्य दक्षिण एसियाली मुलुकमा अन उलंघनिय श्रमको बिभाजन सगै कानुनी ब्यबस्था गरिएको पाइन्छ निन्दनीय कुरा के छ भने शुद्र र बैश्यले ज्ञान र धन आर्जन गर्न नपाउने कानुनी ब्यबस्था गरेको छ ।

मनुस्मृतिमा यतिसम्म पाखण्डी तरिकाले पढाइदिने गरेको पाइन्छ ब्यक्तिगत सम्पत्ति र शिक्षा वैश्य र शुद्रले आर्जन गरे भने मृत्युदणड दिनु भनेर लेखेर राज्यलाइ कानुनी ब्यबस्था गरेको पाइन्छ .

सयौं बर्षसम्म बैष्य र शुद्रले ब्यक्तिगत सम्पति राखेको कारण मृत्युदण्ड पाउनुपर्ने अबस्थामा रहिरहे बिस्तारै चेतनाको बिकाससगै राज्यले अन उलंघनिय श्रमको विरुद्धमा वैश्य र शुद्रहरुले बिद्रोह गरेको पाइन्छ ।

जातको आधारमा छुवाछूतको प्रमुख कारण के हो ? 

अहिले दक्षिण एसियाली मुलुकहरूमा प्राय बर्णको आधारमा भेदभाव गरेको देखिन्छ त्यसको एउटा सत्यता युराली पर्बतिय आर्य सभ्यताको मानिसहरूले हडप्पा र मोहनचदारो सभ्यताका आशृत र द्रबिट सभ्यतामाथी बिजय प्राप्त गरेपछि मोहन चदारो र हडप्पा सभ्यताका मान्छेहरुलाइ दास बनाइएको थियो  .

पछि तिनै हडप्पा र मोहनचदारो सभ्यताका मान्छेहरुलाइ श्रमको उलंघन गर्न नपाइने गरेर राज्यको सेवामा माल समान आदानप्रदान गर्ने जसलाई ब्यापार र कृषिको जिम्मा र एउटालाई राज्यको सेवामा हातहतियार र मेसिन औजार निर्माण गर्ने श्रमको जिम्मेवारी दिएर जसलाई वैश्य र शुद्रको नामकरण गरेको पाइन्छ प्राकृतिक बसोबास र हावापानीको कारण आर्यहरुभन्दा आशृत र द्रबिटमुलका मानिसहरू होचा र गहुगोरा थिए भनिएको छ ।

बिस्तारै वैश्य र शुद्रहरुले ब्यक्तिगत रूपमा शिक्षा र सम्पती आर्जन गर्नपाउने भनेर बिद्रोह गरेपछि श्रमको उलंघन गरेबापत बिद्रोह गर्ने वैश्य र शुद्रहरुमाथी पानीको कुवा बार्ने गाउँ निकाला गर्ने चुलो चौको बार्ने राज्यको निर्देशनमा छुवाछूतको व्यबहार गर्न थालिएको पाइन्छ ।
महत्त्वपूर्ण कुरा के छ भने वैश्य र शुद्रले जतिबेला शिक्षा आर्जन गर्न पाउनुपर्छ .। 

आफुलाइ बाच्नकालागी पुग्नेगरी सम्पती राख्न पाउनुपर्छ भनेर मागराखेर बिद्रोह गरे बापत श्रमको उलंघन गरेकाहरु कानुन नमानेकाहरु भनेर राज्यबाट अछुत घोषणा गरेर त्यो वैश्य र शुद्र समुदायमाथी जातीय छुवाछूत गरेको हो भन्ने ऐतिहासिक तथ्यहरुबाट प्रमानित गर्न सकिन्छ । त्यतिबेला श्रमको उलंघन गरेबापत भनेर बिद्रोह गर्नेजतिलाइ अछुत घोषणा गरेको र पछि राज्यलेनै वैश्य र सुद्र जतिसबैलाइ अछुत घोषणा गरेको तथ्यहरु छन।

नेपालमा जात ब्यबस्था र छुवाछूत प्रथा 

दक्षिण एसियायी मुलुकहरू मध्यको नेपालमा बर्णश्रम जात ब्यबस्था र जातीय भेदभावपूर्ण छुवाछूत प्रथालाई भौगोलिक रूपमा तिनभागमा राखेर अध्यन गर्न सकिन्छ । बागमती उपत्यकाबाट जात र बर्णको सुरुवात लिच्छविकाल भएको पाइन्छ  । छुवाछूतको सुरुवात समेत लिच्छविकाल देखिनै भएको पाइन्छ ती लिच्छविहरु भारतको बैसालिबाट नेपाल प्रवेश गरेको त्यसपछिका मल्ल बसका राजा जयस्थिती मल्लले कामको आधारमा जातीय भेदभाव राज्यबाट निर्देशन गरेर सस्थागत गरेको पाइन्छ ।

तराईमा भारतबाट उर्बर कृषिको लागी जमिनको खोजीमा र पसुपालन गर्दै नेपालको तराईमा प्रवेश गर्दा उनिहरुले धर्म सस्कार बोकेरै आएका र उनिहरुले नेपालका आदिवासी मुलका मान्छेहरूसग बर्णको आधारमा छुवाछूत र भेदभाव गर्नेगरेको पाइन्छ ।

अर्को पश्चिम् ककस माउन्टेन सभ्यताबाट प्रवेश गरेका आर्य समुदायहरुले जहाँ जहाँ बसोबास गर्दै हिडे त्यहा छुवाछूत र बर्णको आधारमा जातीय भेदभाव र छुवाछूत गरेको तथ्यांकहरु छन नेपालका मस्टो पुजक खस सभ्यता र ककस आर्य सभ्यताको धेरै भिन्नता छन पछि बिस्तारै नेपाल एकीकरण पछि जङ्ग बहादुरको उदय पछि १९१० को मुलुकी ऐनले जातीय छुवाछूत र बर्णश्रम जात ब्यबस्थालाइ राज्यको मुल कानुनले ब्यबस्थित गर्ने गरेको पाइन्छ ।

बिकेन्दिकृत नेपाल हुदा सिमित हिन्दु धर्मावलम्बी समुदायमा सिमित रहेको पाइन्छ नेपाल एकीकरण पछी जङ्ग बहदुरले ल्याएको मुलुकी ऐनलेनै जबर्जस्त जातीय भेदभाव र छुवाछूतलाई लादिएको हो।

१९१०को मुलुकी ऐन बर्गिय मतभेद र जातीय विभेद राजनीति पाखण्डता

नेपालमा खासगरी जहानिया सत्ता टिकाउन जङ्ग बहादुरले १९१०सालको मुलुकी ऐनमा चार जात छत्तीस बर्णलाइ सयौं टुक्राटुक्रामा बिभाजन गरेर जातको बिभाजन गरेको छ । बाहुन भित्रमा माथिल्लो र तल्लो छेत्री छेत्री बिचमा माथिल्लो र तल्लो वैश्य वैश्य भित्रमा ठूलो र सानो जात शुद्र शुद्र बिचमा माथिल्लो र तल्लो जात अझ सबैभन्दा धेरै जात जातीय भेदभाव शुद्रहरुमा थोपर्ने काम जङ्ग बहादुरले गरेको पाइन्छ ।

जातीय छुवाछूत र पानी चल अचल छुइ छिटो नगर्नेलाइ मृत्यु दण्ड र देशनिकाला गाउनिकाला आदि ब्यबस्था गरेको थियो । बाहुनले र शुद्रले एकै प्रकारको गल्तिगरेपछी पानी नचल्ने कामी सार्की दमाई गाइने बादीलाई मृत्यु दण्ड र बाहुनले त्यहीँ गल्ती गरेमा दुई रुपैया जरिवाना जस्ता गलत जातीय आधारमा कानुन बानाएर नेपाली समाजमा घिनलाग्दो छुवाछूत प्रथालाई राज्यको कानुन सेना पुलिस प्रयोग गरेर जहाँ जात र छुवाछूत भन्ने थाहा नभएको वैश्य शुद्रमा समेत एक आपसमा छुवाछूत र भेदभाव गर्न लगाएको पाइन्छ ।

जङ्ग बहादुर राणाले १९१० सालको मुलुकी ऐन बनाउदा भारतिय बर्णा शंकर भट्टहरुको साथ सलहामा बनाउने गरेको पाइन्छ तागाधारी भित्रपनी धेरै जात मतवालिभित्रपनी धेरै जात मासिन्या मतवाली भित्रको धेरै जात नमासिन्या मतवाली भित्रपनी धेरै जात र जातको आधारमा पानी चल्ने चोलो बार्ने छुइ छिटो हान्ने गल्ती गरेमा मृत्यु दण्ड दिन मिल्ने नमिल्ने सबै जातको आधारमा कानुन बनाउने र जातको आधारमा सजाय दिने ब्यबस्था १९१० सालमा सुरुभएको पाइन्छ ।

धेरै राजनीति पार्टी बुद्धिजीवी समाजशास्त्रीहरुले जातीय भेदभाव किन अन्त्य हुन सक्तैन भनेर प्रश्न गरेमा उत्तर दिनुहुन्छ नेपाली समाज सामन्तबादमा आधारित छ बिस्तारै हुन्छ भनेर उत्तर दिन्छन् सबैभन्दा राजनीति बेइमानी र पाखण्डता यहिनेर छ रुस चीन युरोप राष्ट्रका सामन्तबाद र दक्षिण एशियाली समाज अझै नेपाली समाज जातको आधारमा निर्मित सामन्तबाद हो ।

जतिठुलो जात त्यति धेरै धनी र जति सानो जात त्यति धेरै गरिब हुनुपर्छ भन्ने चिन्तन ग्रस्त नेपाली समाजको बनोट छ । त्यसलाई अन्त्यका लागी उपल्लो जात माथिल्लो बर्ग हो भनेर बुझ्न् सकिन्छ अझैसम्म डोटिको द्लित धनि नै किन नहोस त्यस्को पुर्खा सामन्ती थिएन भन्ने देखाउछ एकजना छेत्री गरिबनै किन नहोस उसको पुर्खा हलि कमारो होईन । बन्ने कुरा नेपालको जात ब्यबस्थाले प्रमानित तथ्यले साबित गर्दछ ।

नेपालको सामन्तबाद जातमा आधारित भएकै कारण त्यस्को समाधान तल्लो जात तल्लो बर्ग हो र तल्लो बर्गको समस्या समाधानगर्न आधुनिक राजनीति सिद्धान्तमा बैज्ञानिक सिद्धान्त अनिवार्य आबस्यक छ भन्ने अनिवार्य बुझ्न जरुरी हुन्छ । प्रजातान्त्रिक संविधान र लोकतान्त्रिक गणतन्त्रमा वाक स्वतन्त्रताको नाममा कथित उच्च जात र बर्गको मान्छेले तल्लो बर्ग जात समुदायमाथी अघात चोट पुग्नेगरी बोल्नेहरुप्रती जातिय भेदभाव छुवाछूत गर्नेमाथि राज्यलेनै सुरक्षा र संरक्षकत्वको भुमिका निर्वाह देखिन्छ ।

अहिलेसम्म जातीय तथा बर्गिय मुक्तिको बारेमा धेरै राजनीति पार्टीको सिद्धान्त र व्यबहार राम्रोसँग बुझ्दा भोट र कुर्सी मात्रै ताकेर राजनीति गरेर दलित आदिवासी बर्गमाथी थप अत्याचारको तानाबाना बुनिरहेका छन ।

दलित र आदिवासी जनजाती बर्गमा देखिएको मुल समस्या 

दलित आदिवासी जनजाती बर्गले नेपाली राज्यब्यबस्था र नेपाली समाजको मनोबिज्ञान जातको आधारमा निर्माण गरिएको छ । त्यो मनोबैज्ञानलाई भत्काउन जुन समुदायलाई एकताको जरुरी छ । त्यो समुदायनै बैचारिक तथा राजनीति रूपमा गम्भीर समस्या देखिन्छ । नेपालमा बर्तमान सरकारमा रहेको नेकपा (नेकपा ) प्रतिपक्षी काग्रेस लगायत कतिपय धर्मप्रधान राजनीति गर्ने पार्टीको भोट बैंक र तालि बजाउने जागीरे सिपाही प्रवृत्तिबाट ग्रसित दलित आदिवासी जनजाती बर्गले माथी उठ्न नसक्ने समस्या देखिन्छ ।

बुर्जुवा तथा पुजीवादी पाखण्डिबर्गहरु आफुहरुलाइ कुर्सीमा दिगो समयसम्म रहिरहन आफुहरुलाइ राजनीति ट्रेडमार्क तयार गर्नको लागि लामोसमयसम्म नेपाली समाज जातीय बिभिदता भैराखोस भन्ने सोचाइमा छन त्यो चिन्तन र प्रवृत्तिबाट दलित आदिवासी जनजाति माथी उठन अनिवार्य जरुरी छ ।

अबको जातीय बिभेदजन्य समस्या समाधान के हो ?

हामिले समजका समस्या र अहिलेसम्मकै धेरै प्रयोगका बिधि सिद्धान्त फेल भएको छ जसरी जङ्ग बहादुर रानाले जातीय छुवाछूत विभेदकारी ब्यबस्थालाइ सेना पुलिसलाई प्रयोग गरेर एकसय चार बर्ष र त्यसपछिका पन्चायत बहुदल अहिलेको लोकतान्त्रिक गणतन्त्र भनेर चिनिएका सरकार सासक र तिनका सिद्धान्त रानाहरुकै मुलुकी ऐनको बैज्ञानिक र कपटपूर्ण छ ।

अब जातीय मुक्तिको आन्दोलन राजनीति सिद्धान्तको बैज्ञानिक बहसमा पुगेर बैज्ञानिक समाजबदनै नेपाली समाजको सुन्दर ब्यबस्थापन गर्न अन्तिम बहसमा र इतिहासका ऐतिहासिक तथ्यमा टेकेर जातीय र बर्गिय मुक्तिको बहसमा बैज्ञानिक बौद्धिक सम्मेलन हुन जरुरी छ । बर्तमान अस्तित्वमा देखिएका काग्रेस नेकपा (नेकपा )  सैद्धान्तिक तथा ब्यबहारिक रूपमा असफल साबित भएको देखिन्छन् ।