मानव केन्द्रित राजनीति मानव सभ्यता संकट र सन्देश

मानव प्रजातिको उत्पती बिकास र बिकसित सभ्यताको बिकासबारे धेरै मानब समाजशास्त्रीहरुका किताबको ऐतिहासिक अध्यन गर्ने बिश्व मानव जगतलाई मिलेको छ । सात मानव प्रजाती मध्य सबैभन्दा कान्छो र सचेत प्रजाती मान्छे भएको तथ्यांक अध्यन गर्ने गरिन्छ ।

जब मान्छेले आफ्नो सचेत मानव जातिमा बिकास गर्‍यो उसले आजभन्दा सत्तरी हजार बर्ष पहिलेदेखी चेत मुलक सोचाइमा बिकास गर्न थाल्यो । भनिन्छ मानव समाजको घुमन्ते जंगली सभ्यता पारगरेर आदिम सभ्यतामा प्रवेश गर्‍यो । मान्छेले आफ्नो समुदाय ब्यबस्थापन गर्नका लागी प्रकृति बिपत्तिसग संघर्षको चरणमा प्रतिकुलतासँग समुदायको अनुकूल ब्यबस्थापन गर्न आफ्नो केही मिथकहरु किरियट गरेर आफ्नो सामाजिक सभ्यताको सचेत बिकास गर्‍यो ।

आदिम मानव सभ्यताको धेरै चरणमा धेरै मिथकहरु पार गरेर समाज ब्यबस्थापन गर्‍यो कृषि , पशुपालन मध्ययुगको बर्बर चरण अगाडीसम्म मानव सभ्यताको सामुहिक सामुदायिक युगमा समाजलाई युद्ध बिहिन तरिकाले ब्यबस्थापन गरेको थियो । त्यसपछिका दासयुग सामन्तबादियुग र पुजीवादी युगमा मान्छेले जब निजि सम्पत्तिको मिथक तयार गर्‍यो त्यहाबाट मानव सभ्यताको युद्धको युग सुरुभएको पाइन्छ ।

दासयुगमा दास मालिकहरुले कथेका मिथकमा दासहरु अत्याचारको दलमा परे सामन्तबादी युगमा सामन्ती तथा धार्मिक पादरीहरुको मिथकमा गरिब भुमिहिन मोहि तथा निजि हलि किसान श्रमिक बर्गहरु नारकिय तरिकाले आफ्नो जिबनको सयौं बर्षहरु पार गरे । त्यसपछि उदय भएको पुजीवादी युगमा पुजिबादका विभिन्न चरणहरुमा औजार मेसिनको र बिज्ञान प्रबिधिको बिकासको गतिसँगै गरिब मजदुर श्रमिक श्रमजीवी किसानबर्गहरुको अत्यन्तै डरलाग्दो तरिकाले जीवनकाल गुज्रिएको देखिन्छ ।

ब्यापारीक पुजिबादपछि बिकास भएको औद्योगिक प्रतिस्पर्धातमक पुजिबादको बिकासले हजारौं मजदुरको माग तथा सयौं मेसिनको बिस्तार गर्नुपर्ने अबस्थाको बाध्यता थियोे । त्यतिबेला प्रतिस्पर्धामा मालको उत्पादन जसको लागि मेसिनको मजदुरको जरुरी परेपछि पुजिबादी मिथकहरुले नारी स्वतन्त्रता भातृत्वको सद्भाव नागरिक स्वतन्त्रता आदि जस्ता मिथकहरुबाट महिला बन्धनदेखी बाहिर र सामन्तीको निजि हलिबाट मजदुरको भुमिकामा प्रवेश गर्‍यो त्यतिबेलाको पुजिबादले सर्बहारा मजदुरमाथी गरेको स्वइच्छाचारी अत्याचरको विरुद्धमा अथवा मानबले मानव माथी भएको अत्याचार श्रम शोषणबाट सर्बहाराबर्गको मुक्तिको लागी सन १८४८ मा माक्र्स एङ्गेल्सले बैज्ञानिक समाजबादी अबधारणाको घोषणा गर्नुभएको हो ।

जसलाई माक्र्सवाद भनेर भनिन्छ माक्र्सवादको उदय सगसगै मजदुरबर्गमा बिद्रोह र मुक्तिकोलागी वर्गसंघर्ष सुरुहुनथालेका थिए कतिपय पुजीवादी बिश्लेसकहरुले अबस्तुबादी दार्शनिक समेतको आरोप लगाए बिस्तारै प्रतिस्पर्धातमक पुजिबादले एकाधिकार पुजिबादमा प्रबेस गरिसकेको थियोे । माक्र्सवाद जसलाई पुजीवादी साम्राज्यबादिहरुले माक्र्सवादको असफलता त्यसैलाई मानेका थिए लेनिनले एकाधिकार पुजिबादलाइ साम्राज्यवादको संकटको युग र माक्र्सवादको ब्यबहारिक प्रयोगको युग समाजबादी क्रान्तिको युग भनेर परिभाषित गर्दै सन १९१७ रुसमा महान अक्टोबर क्रान्ति सम्पन्न गर्नुभयो ।

लेनिनले भन्नुभएको थियो एकाधिकार पुजिबाद भनेको पुजिबादी गुटहरु एकआपसमा युद्धको कारण समाप्त हुनेछन् र सर्बहारा बर्गको मुक्तिको युग सुरु हुनेछ । सन १८४८ देखि सन १९४९ सम्मको युग सर्बहारा बर्गको मुक्ति र साम्राज्यबादिहरुको एक अर्कामा युद्धको युगनै रहयो पहिलो र दोस्रो विश्व युद्धको परिणाम र साम्राज्यबादी एकाधिकार पुजीवादी मिथकहरु पराजित भएपछि पुजीवादी आर्थिक सामाजिक सास्कृतिक आर्थिक पद्धतिमा सुधारगरेर नब उदारबादको बिकास गरेको हो ।

जस्ले आबदिक निर्वाचन स्थिर सरकार जिम्मेवार प्रतिपक्षी प्रजातन्त्र मानबअधिकार आतंकवाद समृद्धि बिकास जस्ता नारा अलापेर साम्राज्यवादले आफ्नो नीति सिधाान्त मार्फत सम्पुर्ण विश्व कब्जामा लिने रणनीति अबलम्बन गरेको हो । जुन कुरालाई स्टालिन र गोर्भाचोभले बुझ्न नसकेर रुसि समाजबाद प्रतिक्रान्तिमा परिणत भयो ।

रुस विघटनको दिशामा गयो। त्यसपछिका समाजबादी आन्दोलनमा देखिएको खडेरी र पुजीवादी ब्यवस्थापनमा देखिएको अराजकताले बिश्वब्यापी मानव सभ्यताको संकटका परिदृष्यहरु अत्यन्तै भयानक र डरलाग्दो छ। कस्ताकस्ता छन पुजीवादी साम्राज्यवाद र बिज्ञान प्रबिधिले गरेको बिकास र बिश्वब्यापी श्रमिक बर्गको भबिष्य अबको बाकी अभ्यास के हुन जरुरी छ ।

साम्राज्यबादी पुजीवादी राज्य ब्यबस्थापन तिर बिश्वब्यापी पुजीवादी प्रजातान्त्रिक अभ्यास चलिरहेको यो अबस्थामा एकथरी चिन्तक भन्छन नबउदारबादलाई अपनत्व गरेरै जानुपर्छ ।

जसले नागरिक स्वतन्त्रता बहुदलीय प्रतिस्पर्धा संसदीय अभ्यास स्थिर सरकार जिम्मेवार प्रतिपक्षी त्यो भित्र बुझ्ने कोसिस गर्दैननकि अमेरिकी साम्राज्यवादको रणनीति बहुराष्ट्रिय पुजिबाद मार्फत बिश्वब्यापी रूपमा आफ्नो राजनीति सामाजिक सास्कृतीक आर्थिक तथा सैनिक उपस्थित जनाउन पहिलो र दोस्रो बिश्वयुद्ध शीत युद्धको सार र अनुभवबाट प्रजातन्त्र, मानव अधिकार , आतंकबादको योजनामा रणनीति चाख पुरागर्न धेरै देशहरूमा साम्प्रदायिक धार्मिक जातीय छेतृया भाषिक गुटहरु तयार पारेर युद्धको उत्पादन गराउने र आफ्नो प्रवेश ढोकाको मार्गप्रस्त गर्ने रणनीतिमा प्रवेश गरेपछि धेरैजसो बिकास उन्मुख देशहरूले त्यसको सिकार भएको तितो इतिहास छ ।

माक्र्सवादी सिधाान्त तथा बैज्ञानिक समाजबादमाथी आक्रमणको पहिलो प्रहार साम्राज्यवादको रणनीतिक उदेश्य हो रुसी समाजवाद चीनिया नौलो जनबादी क्रान्ति भियतनामि साम्राज्यवाद बिरोधि क्रान्तिका इतिहास अमेरिकी साम्राज्यवादलाई अनुभव छ । त्यसैको परिणाम साम्राज्यबादी सासकहरुले बैज्ञानिक समाजबादी दृष्टिकोण असफल पार्न बहुराष्ट्रिय पुजीवादी कम्पनी मार्फत सिमित कम्युनिस्ट नेताकार्यकर्तालाई किनेर दलाल पुजिबादको नयाँ खेलमा नचाउने नयाँ खेल खेलिरहेको छ । त्यसको सिकार बिश्वका बिकास उन्मुख कुनैपनी राष्ट्र अछुतो छैन ।

जसले बिश्वब्यापी मानव सभ्यता नितान्त अमेरिकी सास्कृतिक आर्थिक नितिमा बाध्न साम्राज्यवाद कसिलो तरिकाले लागेको छ । अहिलेसम्म मानव सभ्यता र पृथ्वीसमेतलाई चुनौती दिनेगरी मानव केन्द्रित अतिबादले बिकास गरेको छ । बिज्ञान र प्रबिधिको बिकासले बाताबरण सन्तुलनमा कतिसम्म प्रतिकुल असर पारेको छ त्यो पुजिपती बर्गलाइ थाहा छैन ।

किनकी उसलाई नाफाखोर सिद्धान्तममात्रै सिमित हुन्छ पहिलो र दोस्रो विश्व युद्धपछि सिङ्गो मानव जगतमा परेको प्रभाव र त्यसपछिका हरेक घटना जतिपनी मानव सभ्यताको प्रतिकुल्ता थोपरी रहेका छन । त्यो सबै पुजीवादी उत्पादन प्रणालीको चरम उपज हो भन्नेतिर धेरैको ध्यानाकषिर्त भएको देखिदैन । अबको बिज्ञान प्रबिधिको मालिक पुजीवादी सासक र साम्राज्यवादनै छ । त्यसलाई सामाजिक रूपमा हस्तक्षेपकारी भुमिकामा जान नसक्ने हो ।

भने मानव जगत पृथ्वीको आयु समेतको खतरापूर्ण भबिश्य छ किनकी यसका तथ्यांकहरु समेत छन । स्टेफन हकिङले भनेको कुरा अनुसार अबको ६०० बर्षपछी पृथ्वी तातिएर मानव बस्तिनै बस्न सक्ने अबस्थामा रहने छैन । अर्को डारफर सम्मेलनमा हरारेले पृथ्वी र मानव सभ्यता अर्को संकट बिज्ञान प्रबिधिको सन्चय पुजिपती सगै धेरै हुन्छ ।

पुजीवादी अमानवीय अतिबादले बिज्ञानको गलत प्रयोग भएर मानव सभ्यता सकिनेछ । आखिर हामीले अध्यन गर्ने हो भने मानव सभ्यता र पृथ्वी समेतको खतरा भनेको चार कारण छन । पहिलो कारण मास पिण्ड जुधेर ,दोस्रो कारण मानबले मानवलाई सिध्याउन प्रयोग गर्ने अनु प्रमाणु युद्धको प्रयोग ,तेस्रो कारण पर्यावरण नोक्सान ,चौथो बिज्ञान र प्रबिधिको कारण मानव अतिवाद हो । जसलाई रोक्न बिश्व मानव जगतलाई जुन बिचार सिद्धान्त र दर्शनले ब्यबस्थापन गरेको छ । त्यसलाई बदल्नु अनिवार्य जरुरी छ ।

पर्यावरण बिनास ७०५ भएको छ त्यसलाई रोकेर बिस्तार गरेर ६०५ ब्यबस्थापन गर्न सकिन्छ ।मास पिण्ड लाई रोक्नपनी सकिन्छ भनेर बिश्वका बैज्ञानिकहरुले भनिसकेको कुरा हो । जहाँ विश्वभरीको बिज्ञान प्रबिधिको केन्द्रित गरेर मास पिण्डको बाटो बदल्न सक्ने संभावना छ । बाकी मानव सभ्यता जगत खतरामा रहने भनेकै बिज्ञान प्रबिधिको साम्राज्यवाद तथा बर्तमन पुजीवादी सासकसग केन्द्रित रहनु र त्यसको उन्माद र घमण्डको कारण प्रमानु युद्ध र मानव अतिबादको खतरा हो ।

जसको प्रयोगले मानव जगतनै नरहने स्थिति रहन्छ । यदी त्यो अबस्थामा नपुगेपनी पोलियो कोरोना मात्रै होइन यो भन्दा कुरुप र महा बिपत्ति निम्तिन सक्छन यसलाई माक्र्स लेनिनले भनेजस्तै सम्पुर्ण अधिकार जनताको अधिनमा हुने सिद्धान्तनै उचित छ । किनकी सरोकारवाला निर्णय गर्ने र प्रतिनिधिले लागुगर्ने नितिको बैज्ञानिक बिधिनै बैज्ञानिक समाजबाद हो सरल भाषामा भन्दा जनताको अधिनमा बिज्ञान प्रबिधी र पुजि सम्पुर्ण सामाजिक अधिनमा रहनुपर्छ जसले मानव सभ्यता र युद्धको अन्त्य गर्दछ।