यसकारण नेपाली समाजमा क्रान्ति अनिवार्य छ

हाम्रो समाजमा क्रान्ती भनेको बन्दुक/गोली पडकाउनु समाजमा आतंक फैलाउनु हो । भनेर एकथरी पागल बिद्धृत तर्क छ यो तर्कलाई म ठाडै अस्विकार गर्दछु । क्रान्तिका रुपहरु समय र परिवेश अनुसार महत्त्वपुर्ण र फरक हुने गर्दछन् । कृषि क्रान्ति, आर्थिक क्रान्ति, निल क्रान्ति, हरित क्रान्ति, शैक्षिक क्रान्ति, स्वास्थ्यमा क्रान्ति आदी तर नेपाली समाजमा एउटा यस्तो बिस्मतको भ्रमको खेति गरियोकी क्रान्तिको जरुरी छैन शान्तिपूर्ण राजनीतिमा लागौ भनेर, त्यसोत नेपाली जनतालार्इ बिष हालेको तरकारी खुवाउने जनताले चुपचापले बस्ने यो मुलधारको राजनीति रहेछत कि भ्रष्ट खुपिया तन्त्रको चुपचापले समर्थन गर्नु भनेको हो ।

हामीले हरेक पटक सोध्ने गर्छौ चिन बिकास किन र कसरी भयो भन्दा त्यसको एउटामात्र उत्तर छ चिनिया नौलो जनबादी क्रान्तिले चिनका भुमाफिया महाँसामन्त तथा दलालहरुलार्इ तहसनहस पारेर नयाँ जनबादी राज्यको स्थापनाको प्रमुख श्रेय हो भन्ने हुन्छ । रुसको बिकास र शक्ति महाँन अक्टोबर क्रन्तिको श्रेय हो ।

नेपाल गरिब र अबिकसित किनभयो ? यसको सजिलो उत्तर हो नेपालमा हरेक राजनीति परिवर्तन बिदेशी अनुकूलतामा गरिनु र दलाल भु माफिया टुक्रे सामन्तबादले पुरानै रजार्इ गरिरहनु खुपियातन्त्र तथा एनजीओबादी राजनीति पार्टीको बर्सच्व कायम रहनु क्रान्तिका हरेक मुद्दाहरु राजनीति नेताहरूले ब्यापार र मोलमोलार्इ हुनु समस्या देखिन्छन् । नेपाली राजनीतिमा ब्याक्ती परिवर्तन अनिवार्य भएको हो तितो सत्य ब्यबस्था परिवर्तन भने कदापी भएको होइन नेपाली जनतालार्इ चाहिएको ब्याक्ती र ब्यबस्था एकैसाथ परिवर्तनको खाचो छ ।

संसारका प्राय मुलुकहरूमा एक युगको अन्त्यसँगै नयाँ युगको सुरुवात भएको अनिवार्य छ । दुर्भाग्यबस् हाम्रो देशमा सामन्तबादको गर्भभित्र दासयुगको अस्तित्व यथावत रहेको थियो त्यसपछि पुजीवादको गर्भभित्र सामन्तबादको अस्तित्व यथावत रहयो सैद्धान्तिक कोणबाट सामन्तबाद भनेको राजतन्त्रलाई प्रमुख सत्रु ठानेपनी शाँसकको पुरानै रुढीबादी चिन्तन कार्यसैली र प्रमपराबादी सोचाइलाई ठम्याउन नसक्नु नेपाली राजनीतिको प्रमुख समस्या छ ।

हरेक समयमा जनस्तर बाट राजनीति मुद्दाहरूको समग्र परिवर्तनको लागि नेपाली जनताको उल्लेखनीय सहभागिता र बलिदान त्यतिकै रहेको छ । दुर्भाग्य राजनीति नेतृत्वले जनताको भावना बिपरित शासन ब्यबस्थाको संचालन गर्नुले समय समयमा जनतामा कुन्ठा निराशा उत्पादन हुनु स्वभाबिक हो । हरेक कम्युनिस्ट पार्टी हौ भन्नेहरूले अबलम्बन गरेको सैद्धान्तिक पाटोलाई शुस्म अध्यन नगरी समाजमा निकासाका कुनैपनी सबल दुर्बल पक्षहरु भेटाउन गार्‍हो हुन्छ ।

अबको नेपाली समाजलाई हामीले सिङ्गो उदारबादी बिकसित तथा साम्राज्यवादको आँखाले अध्यन गरियो भने त्यो भाबी आउँदा समयको राजनीतिक परिवर्तन र परिणाम पनि सफल हुन सक्दैन् । उदार पुजीवादी कोण र सर्बहारा वर्गसंघर्षको कोणलाई एकैठाउँमा राखेर अध्यन गर्न सक्ने हो भने प्रतिक्रियावादी साम्राज्यवादको बैषाखी चढेर बचेको नेपाली सामन्तबाद बाट सम्पुर्ण रूपमा मुक्तिको लागि बैज्ञानिक समाजबादको उचित हल हो भन्नेमा कोहि बौद्धिक कोण अपुरो नहोला । धेरै थोरै कम्युनिस्ट सिद्धान्त र राजनीति दस्तावेजका पाटाहरु हेर्दा अबको वर्गसंघर्ष राष्ट्रिय मुक्ति आन्दोलन र सर्बहाराबर्गको सत्ता स्थापनाको लागि अत समाजबादमा पुग्नको लागि कुन बैचारिक बाटो सहि भन्नेमा बिचार गर्न जरुरी छ ।

सत्ताधारी नेकपा र नेपाली समाज

नेपाली समाजमा एउटा बेकुफ हल्ला के फैलाइएको छ भने नेपाली समाजले पुजीवादी क्रान्ति सम्पन्न् गर्‍यो अब समाजबादमा जानको लागि नयाँ बाटो तयारी भयो भनेर यस्को छोटकरी उत्तर के हुन्छ भने राष्ट्रिय सामन्तबादको अन्त्यपछि बिकेन्द्रिकृत प्रतिक्रियावादी सामन्तबादको उदय भयो र त्यस्को बचाउको लागि माके र एमालेको शैद्धान्तिक स्खलन पछि दलाल पुजीवादको मुकुण्डोमा सामन्तबादको बिकेन्द्रिकृत तरिकाले जनतामा बर्मलुट पैदा गर्‍यो हिजो छोटे सामन्तको प्रारुप अहिलेको सरकारले निर्माण गरेका निजि स्वास्थ सस्थाँ शिक्षा प्रणालीमा भएको निजीकरण गाउगाउमा खोलेका बितियँ आर्थिक सहकारी जलस्रोत, जमीन, जडिबुटी, बन, कृषि हरेक तहमा उत्पादन भएको बिचौलिया सामन्तबादको बिगबिगी यथावत हुदाँहुदै त्यहीँ वरिपरि राजनीतिक दलहरूले भन्ने गरेको समाजबादी संविधान आफैमा द्वयत चरीत्र बोकेर जनताको खुन पसिनामा बर्मलुट पैदा गरेको छ। संसदबादी दलहरू सबै बर्तमान संविधानको कार्यानयन प्रक्रियामा असफल भएको पुष्टि यो मानेमा देखिन्छ कि

नेपाली समाज र बर्तमान नेपालको संविधान अत्यन्तै बिपरित धुर्बमा देखिन्छ । नेपाली समाजमा देखिएको मुल समस्या के हो ? आवस्यक के छ भन्ने हो भने राष्ट्रियता, जनतन्त्र र जनजिविका हो । संविधान र सरकारले यसको हल भन्दापनी तिनवटै समस्यालाई अझै सङ्टमा पार्दै लिएको छ । बैचारिक हिसाबले सत्ताधारी नेकपा अहिलेसम्म आफैं कुन बाटोमा हिडेको छु भन्ने कुरानै कन्फ्युजन छ । जनताको जनबाद भनेकोनै संसदिय बहुदलीय ब्यबस्थालार्इ अस्विकार गर्नु हो ।

जति भनेपनी दलाल पुजिबाद तथा भुमाफियाको घेराभित्र आफ्नो ब्यबस्थालार्इ सन्चालन गरेर जनताको जनबाद र समाजबाद भनेको क्रान्तिकारी कार्यकर्ता आफ्नो वरिपरि घुमाउनु बाहेक अर्को होइन् । बैचारिक अस्पष्टताको ज्वलन्त उधारण के देख्न सकिन्छ भने सत्ताधारी नेकपा र चिनिया कम्युनिस्ट पार्टीको सँयुक्त प्रशिक्षणको परिणाम चिनीको लामो इतिहास हेर्दा त्यहाका दलाल सामन्ती नोकरशाही भुमाफिया बिचौलिया तथा चिनिया जनता र राष्ट्रका शत्रुहरुलार्इ माओत्सेतुङको नेतृत्वमा संचालित नौलोजनबादी क्रान्ती र महाँन चिनिया सर्बहारा संस्कृतिक क्रान्तिले तह लगाइएको थियो र त्यसैको जगमा चिनिया बिकास र सँमृद्धि सम्भब देखिएको हो । नेपालमा कथित कम्युनिस्टको नाममा नेपाली जनताको भोट जितेर सत्तामा पुगिसकेपछी प्ररम्पराबादी सामन्तबादको नवीकरण रूपमा देखापरेको सरकारी कम्युनिस्ट आफै गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ र रोजगारमा बिचौलिया भुमाफिया तथा बिदेशी खोपिया एजेन्टबाट संचालित भएको देखिनुले यो बेमौसमी हुर्दी बैमानी छलकपट मात्रै हो ।

राष्ट्रको भुमी, जल, प्रकृर्तिक स्रोत साधनमा बिदेशी हस्तक्षेप देखिँदा देखिदै राष्ट्रियता र जनतन्त्र बलियो छ भन्नु अत्यन्तै नित्कृष्ट प्रपोगान्डा हो । उत्पादनका साधन स्रोत, उत्पादक शक्ति सामन्तबादी तवरले सन्चालन गर्ने संविधानमा समाजबाद उन्मुख भन्नु आफैमा झेली हो भन्ने कुराको पुष्टि हुन्छ । यहाँनेर के भुल्नु हुन्न भने मेडिकल माफिया, शैक्षिक माफिया, कृषि बिचौलिया, ठेकेदार, तस्करको नियन्त्रणमा सरकार र संसदबादी राजनीति दलहरू बाधिएका छन । उनीहरुको इसरामा संविधान बनेको छ, यो संविधान र यो राजनीति परिपाटीले राष्ट्रले निकास पाउन सक्दैन भन्ने स्पष्ट छ ।

एकीकृत जनक्रान्तीको सार के हुन्छ ?

हरेक राजनीति मुद्दाहरूको पछाडी संकट र सम्भावना उदयमान देखिन्छन् । राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित रहेर एउटा निकासको बाटो देखिन्छ तर सारमा पुनरउत्थानबादी तथा दलाल प्रतिक्रियावादी भुमाफियाको बारेमा किटान छैन । बिपिले उठान गरेको मुद्दा पनि त्यतिबेला त्यहीँ थियो अन्तत २०१७ सालमा आफैले त्यस्को गम्भीर दुर्घटना खेप्नुपरेको थियो । नेपाली समाजको हजारौं समस्याहरुलार्इ बिज्ञान प्रबिधि र त्यो अनुसारको उत्पादन प्रणाली सँग र प्रम्पराबादी चिन्तन र शैलिलार्इ २१ औं सताब्दिको बिश्वब्यापी उत्पादन, त्यहीँ अनुसारको बैज्ञानिक वर्गसंघर्षको स्वरुप निर्धारण हुन जरुरी छ । एकीकृत क्रान्तिमा राष्ट्रियता, जनतन्त्र, जनजातिका सँग सवाल राख्ने सबैको सहभागिता रहन्छ ।

राष्ट्रियताको मुद्दामा सामाजिक सामन्तहरुको सहभागी हुन्छ तर उसको जनतन्त्रको मुद्दामा बिमती रहन्छ । फेरि सत्ता र सरकार उनै पुरानो सामन्तीहरुको घेराबन्दीमा पर्छ । जुनकुरा अहिलेको कथित कम्युनिस्ट सरकारले भोगेको दुरगती भोग्नुपर्छ । यतिबेला सामन्तबाद नवीकरण गरेर समृद्धिको बर्को ओडाएर जनतामा ब्रमलुट गरिरहेको छ । एकीकृत जनक्रान्ती पछि फेरिपनी आधुनिक रोलमा जनतामा त्यो भुत आउने अनिवार्य देखिन्छ ।

एकीकृत क्रान्ती भनेको अर्को अर्थमा जनयुद्धको बाटो होईन र यसले वर्गसंघर्षको मुद्दालाई आंशिक सम्बोधन गर्दछ । जतिबेला जनयुद्धले उठान गरेको एउटा टोटल वारभित्र ब्युझिएको वर्गसंघर्ष २०६३ सालमा बिधिवत अन्त्य भएको हो, त्यसपछि कम्युनिस्ट मुद्दाहरु स्थापित बन्न नसकेकै कारण नेपाली समाजमा पुजिबादको बिकास भयो अब समाजबादी क्रान्तिका लागि तयारी भनेर पश्चगामी काल्पनिक समाजबादको ढवाङ्ग पिट्नेहरु सँग नेपाली समाजलाई बिकेन्दिकृत सामन्ती भुमाफिया र राष्ट्रिय रूपमा दलाल खुपिया तन्त्रबाट मुक्त गराउन बैज्ञानिक उचाइमा पुगेर जनबादी क्रान्तिको जग दरो बनाउन मालेमाबादी क्रान्तिकारीहरु सम्पूर्ण रूपमा केन्दिकृत बहसमा जान जरुरी देखिन्छ ।

क्रान्तिकालागी नयाँ बहस के के हुन जरुरी छ ?

पहिलो कुरा साम्राज्यवाद र सामाजिक साम्राज्यवाद बिचको अन्तरबिरोध, दोस्रो नेपाली भुराजनिती सिङ्गो एसियाली मुलुक मध्य संबेदनसिल अबस्थामा रहेको नेपाल र त्यसको भुमिका र भुमरीको बारेमा छलफल नेपाली समाज पुर्नरुपमा पुजिबादमा प्रवेश गरेको हो या युद्ध उदारीकरणको सिकार भएको हो यसको उचित समाधान ।

उत्पादन प्रणाली र मजदुर बिचको सम्बन्ध बिच्छेद र बिज्ञान प्रबिधिमा श्रमिक किसान मजदुर उत्पीडित बर्ग समुदायलाई जोडने उचित बहस समाजको सहि वर्गीकरण र वर्गसंघर्षमा बैज्ञानिक्ताको अनिवार्य बहस, प्रतिक्रान्ती पछि पुनक्रान्ती कसरी गर्नुपर्ने हो समाजमा रहेको बैचारिक अस्पष्ठ कन्फ्युजनको नयाँ शिक्षा नेपाली समाजको हिमाल पहाड तराईमा प्रतिक्रियावादी संसदिय राजनीति दलहरूले पैदागरेको धार्मिक सामाजिक सस्कृतिक र जातीय अंतर्विरोधको बैज्ञानिक समाधान र निकासाका लागि बृहत नेपाली बहस, भुमिहिन गरिब किसान, मजदुरको वास्तविक समाधान र निकासाका लागि नयाँ बहस मुलत नेपाली राजनीतिमा जबर्जस्त देखापरेको एनजीओबादी राजनीति सस्कारको जनस्तरबाट कसरी बहिष्कार गर्न सकिन्छ गम्भीरता पुर्बक बहसमा जान जरुरी छ ।

अब फेरिपनी वर्गसंघर्षलाई जनयुलाइनको माध्यममा नगएर सचेत जनताको पहलमा ब्यबस्था र ब्याक्ती परिवर्तनको लागि बैज्ञानिक तवरले नेपाली जनबादिक्रान्तिको अनिवार्यता जरुरी छ । जनबादी क्रान्तिका लागि राजनीति मुद्दामा जनताको सचेत पुर्न सहभागिता र सचेत क्रान्तिकारी आन्दोलनको जरुरी छ ।