आखिर कहिले आउला त भारतबाट पाइपमा पेट्रोल ?

नेपाल भारतबीच निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि पर्यावरणीय दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण मानिएको पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइपलाइन निर्माणको कार्यले अपेक्षित रूपमा गति लिन सकेको छैन।

पाइपलाइन निर्माण गर्न आवश्यक पर्ने जमिन वनले ढाकिएकोले रुख फँडानीको काम सुस्त गतिमा अघि बढ्दा निर्माणकार्यमा ढिलाइ भइरहेको प्राविधिकले बताएका छन्। रुख कटानको जिम्मेवारी पाएको टिम्बर कर्पोरेशनले झाडी सखाप पारेको दुई किलोमिटर दूरीमा भारतीय आयल निगमको ठेकेदारले पाइप ओछ्याउने कार्य सम्पन्न गरेको छ।

अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोदेखि पथलैयासम्म साढे ८ किलोमिटर दूरीमा पर्ने त्रिभुवन राजपथ र पूर्व पश्चिम राजमार्गको छेउ हुँदै पाइपलाइन निर्माण गर्न निकुञ्जको क्षेत्रमा रुख फँडानी गर्नुपर्ने भएकोले करिब तीन महिना निर्माण कार्य ठप्प रहेको थियो। वैशाखदेखि पाइपलाइन मार्फत भारतको रक्सौलबाट इन्धन आयात गर्ने तयारी गरिएपनि ढिलाई हुने भएको छ।

ुअहिले नै हामी नयाँ डेडलाइन तोक्न सक्ने अवस्थामा छैनौुं, परियोजना इन्जिनियर शरद पौडेलले भने, ुवन क्षेत्रको कारणले दुई महिनासम्म काम ठप्प भएकोले मार्च महिनाको डेडलाइनमा चुक्यौं, अहिले वन क्षेत्रको रुख कटानीको काम पनि अरु ९टिम्बर कर्पोरेशन० माथि भरपर्नुपर्ने भएकोले यसपटकको म्याद तोक्न कठिनाई भएको छ।ु

मन्त्रिपरिषद्बाट अनुमोदन गर्न ढिलाइको कारण रुख काट्ने कार्य फागुन तेश्रो साताबाट मात्र सुरु भएको हो। संघीय सरकारको मन्त्रिपरिषद्को माघ ३ गते सम्पन्न बैठकले १४ हजार रुख काट्ने प्रस्ताव स्वीकृत गरेपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रुख काटेर पेट्रोलियम पाइपलाइन विस्तार गर्ने अनुमति दिएको थियो।

टिम्बर कर्पोरेशनले जिम्मा लिएपनि अझैसम्म रुख कटानको कामलाई तीव्रता दिन सकेको छैन। रुख नकाटिएकोले पाइपलाइन निर्माणको योजना लक्षित समयमा सम्पन्न गर्न अवरोध भएको छ। भारततर्फ मोतियारीदेखि सीमावर्ती भारतीय बजार रक्सौल सम्म पाइपलाइन निर्माण कार्य सम्पन्न भइसकेको नेपाल आयल निगमका अधिकारीले जानकारी दिएका छन्।

मोतियारीदेखि पटनासम्मको क्षेत्रमा पाइपलाइन निर्माण कार्य अझै पनि जारी छु, इन्जिनियर पौडेलले भने, ुमोतियारी टर्मिनलमा पटनाबाट पाइपलाइन मार्फत् इन्धन ढुवानी गरेर नेपालको लागि आपूर्ति गर्ने भारतीय आयल निगमको तयारी छ।

भारतको सीमावर्ती सहर रक्सौलमा अवस्थित भारतीय आयल निगमको डिपोदेखि पथलैयासम्म पर्ने २८ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्न भएको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए।

नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगन्जसम्मको कुल दूरी ६९ किलोमिटर रहेको छ। यो मध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३२ किलोमिटर पाइपलाइन निर्माण भइरहेको छ। भारततर्फ अब जम्मा ३ किलोमिटर दूरीमा मात्र पाइपलाइन निर्माण कार्य बाँकी रहेको छ। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेकको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने कार्य चार महिना अघि नै सम्पन्न भइसकेको छ।