शीत युद्धका तीन नीतिसंगै शान्ति प्रस्ताव

१९५४ मा स्टालिनको निधनपछि शोभियत कम्युनिस्ट पार्टिमा मार्क्सवादी बिचार र राजनीतिमै संशोधन गर्ने र नगर्नेमा ठुलो बहस भएको थियो । तत्कालिन शोभियत नेता ख्रुस्चेभले शान्तिपूर्ण सह अस्तित्व ,शान्तिपुर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण संक्रमण भनेर अगाडि सारे ।

चिन र विश्वका कम्युनिस्टहरु सहभागी भए र अन्ततोगत्वा शोवियत संघले बाटो बदल्यो। यसमा विश्वका धेरै मुलुकहरु कम्युनिजम् आई सकेकोले सशस्त्र संघर्षको आवश्यक्ता रहेन भन्ने निष्कर्ष हो ।

त्यतिबेला अमेरिकाले दुनियाका देशमा जहाँ अशान्ति ,युद्ध वा संघर्ष हुन्थे त्यो दोष समाजवादि देश शोभियत रुस दिन्थ्यो र भन्दथ्यो समाजवादी रुसका कारण विश्वामा अशान्ति हुन्छन् ।

यदि शोभियत संघ शान्तिपूर्ण बाटोमा आए विश्व शान्ति हुन्छ ।  विश्व दुई ध्रुवमा विभाजन र शोभियत संघको समाजवाद विस्तार अभियानका कारण विश्वमा अशान्ति छ र उ पछि हटे विश्वमा शान्ति कायम गर्ने जिम्मा अमरिका ले लिन्छ आदि आदि।

अमरिकाको आरोप र प्रस्तावको प्रभाव पर्यो त भन्न सकिन्न तर अमेरिकाको दोस्रो विश्वयुद्धपछि १९४५ मा आएको नितिगत परिवर्तन र ट्रिक बुझ्न नसक्नु शोवियत संघको कमजाेरी हो।

अमरेकाले दोस्रो युद्ध समाप्ति संघारमा रहेकै बेला पराजित उन्मुख जापानमा बम हानेर ध्वस्त पार्यो त्यो उसको जापान र अन्य देश माथिको प्रतिकात्मक कारवाही थियो कि अब अमेरिका यस्तो भईसक्यो ।

शक्तिशाली जर्मनी ,ईटालि र जापान बिरुद्धको युद्धमा शोवियत संघ मोर्चा गरेको अमरिकाले अवको दुश्मन शोभियत संघ र समाजवादि सत्ता भन्ने निष्कर्ष निकाल्यो। युद्धको समाप्तिपछि अमेरिकाले शीत युद्धको नीति ल्यायो,जसमा उसका मुख्य गरि ३ उदेश्य लुकेका थिए ।

यस्ता छन तिन उदेश्य

१.विश्वबाटै समाजवादि सत्ता समाप्त पार्ने ।
२.विश्वमा पुजिवादि सत्ता कायम गर्ने
३.विश्वका सबै मुलुकमा अमेरिकि नेतृत्व शु निश्चित गर्ने ।

यो लक्ष्य अमेरिकाले १९९० लगभग आएर पूरा गर्ने सुरु गर्यो । तत्कालीन शोवियत नेता मिखाईल गोर्वाचोभले खुलापन र पुन निर्माण पेरोईस्त्रिका र ग्लासनोस्टको नीति ल्याएपछि अमरिकि लक्ष्य हासिलि को कारण बन्यो । र उनी विश्व साम्राज्यवादवाट तालि पाए । एकल ध्रुविय विश्व र नेतृत्व आफुले गर्ने लक्ष्य लिएको अमरिकाको दिर्घकालिन योजना १९९० मा शोवियत संघ विघटन पछि पूरा भयो ।

आज अमरिकाका अगाडि शक्तिशाली शोभियत संघ र समाजवादि सत्ता छैन तर अमेरि नेतृत्व विश्वका सबै मुलुकमा कायम गर्ने अभियान चालू छ । अमेरिकि नीति लागु गर्ने र नेतृत्व कायम गर्ने शिलशिलामा इराक र अफगानिस्तानमा आक्रमण गरियो र आज ती देशमा अमेरिकि समर्थक नेतृत्व कायम छ।

यसै उदेश्य अन्तरगत आज विश्वासका मुलुकहरुमा ठुल्ठुला हत्याका वाडदात भईरहेका छन सिरिया त्यस्को पछिल्लो उदाहरण हो । समाजवादलाई अशान्तिको कारण ठान्ने अमेरिकाले आज दोष कसलाई दिन्छ ।

मानव जातिमा अब्बल ठान्ने ,धर्तिको रक्षा गर्न आएको ठान्ने र विश्वको न्यायाधीश ठान्ने अमेरिकाले किन यस्तो ताण्डव नृत्य देखाउदैछ । मानवाधिकार को समेत ठेक्का लिएको ठान्ने अमरिकाले गरेको यो हर्कत औपचारिक जिम्मा पाएका मानवाधिकारवादि हरु पनि बोल्नु पर्ने हो।