ट्याक्सी चालकमाथिको यस्तो ज्यादती के तपाइ सहनसक्नुहुन्छ ?

– गाेकूल कार्की

घटना नम्बर १
पुरानो बानेश्वरमा अल्कोहलले लट्ठिएका एक व्यक्ति धुन्मुनिंदै मेरो ट्याक्सीमा बस्न आइपुगे । उनको गन्तब्य अनामनगर थियो । पुरानो बानेश्वरको बाटो हुँदै जाँदा नयाँ बानेश्वर चौक नपुग्दै अनामनगर जान दायाँपट्टी लाग्नुपर्ने हो । तर, अल्कोहलले फिट्टो प्यासेन्जरले अनामनगर जान तिनकुनेतर्फको बाटो देखाए । अलपत्र पार्लान भन्ने लागेर सम्झाउन खातिर रोकिरहेको सवारी चालकलाई औंल्याएर ‘’उहाँलाई सोध्नुस, अनामनगर जता पर्छ, उतै जाउँला’’ भनें । तर, महाशयको अनामनगर तिनकुनेतर्फ नै निर्दिष्ट भयो । ती सवारी चालक नयाँ अनामनगर तर्फ हेर्दै ट्वाँ परे ।

‘’रोक् ǃ रोक् ǃǃ रोक् ǃǃǃ’’ चौकबाट १००(२०० मिटर अगाडि बढ्दा(नबढ्दै उनि चिच्याए । सरको अनामनगर यतै रहेछ भन्ने लाग्यो । नजिक जेब्रा क्रसिंङ् थियो, पार गरेर गाडी रोकें । मिटरमा लगभग ९३ रुपैयाँ देखायो । भाडा देलान् जस्तो लागेको थिएन, जे होस् निराश चैं पारेनन । १०० को नोटमा ५ रुपैयाँ फिर्ता गर्न खोज्दा ‘भैगो, चिया खाऊ ǃ’ भन्न पनि भ्याए ।

उनलाई बिदावारीको हात हल्लाउँदा नहल्लाउँदै एक जना ‘अंकल’ उमेरका प्यासेन्जर भक्तपुर सल्लाघारी जाने(आउने भन्दै बस्नु भयो । उहाँले कतिमा जाने भने पछि मैले मिटरको कुरा गरेंता पनि उहाँले ‘फिक्स’ गरेरै जाऔं भने पछि, मैले ६०० रुपैयाँ भन्दिएँ । उहाँले ५०० रुपैयाँ दिने हुनु भयो । हामी अगाडि बढ्यौं । यति कुरा लगभग मिनेटभरमा भयो । ट्रलीको अफिस पुग(नपुगमा एउटा जेब्रा क्रसिंङ् भेटिन्छ, त्यही स्थलको सेरोफेरोमा भएको कुरा यहाँ निबेदन गर्दैछु ।

अगाडि बढ्दा(नबढ्दै ट्राफिक प्रहरीको सईले गाडी साइड लगाउन इशारा गरे । गाडी साइड लगाउँदा(नलगाउँदै पेटीमा उभिएका २(३ जना मानिसले ‘मिटरमा किन नहिंडेको रु’ भन्दै र्याख(र्याख पारे । यता सई साप ‘लाइसेन्स निकाल कि लाइसेन्स निकाल’ भन्दै थिए । प्यासेन्जर अंकलले ‘म आफै मिटरमा जान चाहन्न भनेको हो’ भनेपछि ‘मिटरमा जानूस्ǃ’ भन्ने आदेश जारी गरेर सरकारी कर्मचारी जस्ता देखिने मानिसहरु त्यतै कतै ओझेल परे । यता सई सापले भने मेरो सवारी चालक लाइसेन्स लिएर जेब्रा क्रसिंङ्मा रोकेको कसुरमा पर्ची थमाउनुभयो । म किङ्कर्तब्यबिमुढ़ भएँ ।

सल्लाघारी पुगेर आउँदा लगभग ८०० रुपैयाँ उठ्यो । उहाँले ६०० रुपैयाँ दिनुभयो । यद्यपी ५०० रुपैयाँ मै जान तैयार मान्छे म, चित्त दुखाइन । आफ्नो लागि सबैले भलो नै चिताउँछन् । प्रतिस्पर्धात्मक बजारमा आजभोलिका हर कोही प्यासेन्जर सचेत छन् । मिटर भन्दा कम दाममा सेवा प्रदान गर्दा तेश्रो पक्षलाई किन आपत्ति भन्ने प्रश्न राख्ने धोको छ । गाडी साइड लगाएर एक पटक उनै सई साप’काँ गएँ । जेब्रामा रोकेको आरोप सैह्य थिएन मलाई । जाममा परेको बखतमा त सकेसम्म जेब्रा अतिक्रमण नगर्ने मान्छे म । गुनासो गर्दा भन्नु भो, ‘जेब्रा भन्दा डेढ सय मिटर अगाडि या पछाडि मात्रै रोक्न पाइन्छ’ पानी पर्दा भैसी नुहाउने आहाल, घाम लाग्दा धुवाँधुलोको महाजाल मात्रै हैन, पिच गरेको १(डेढ महिना मै जताततै खाल्डो पर्ने सडकमा ‘रेखा’ खोज्न माइक्रोस्कोप नै लिएर हिंड्नुपर्ने अवस्था छ । भौतिक दृष्टिमा अत्यन्तै दरिद्र संरचना भएको सडकमा चालकलाई युरोप(अमेरिकामा जस्तै जरिवाना तिराउँछु, सबक सिकाउँछु भन्ने कुरा कति ब्यबहारिक हुन्छ, समीक्षा गर्ने जिम्मा सरोकारवाला मैं छोडौं ।

त्यसपछि २ दिन लगातार सरकारी बिदा परेकाले आइतबार एकान्तकुना गएँ । जरिवाना बापत २००० को बैंक भौचर भरे । कर्मचारीले रसिदका लागि ‘भोलि आउनुस’ भनेपछि भोलिपल्ट फेरि एकान्तकुना गएँ । रसिद लिएँ र लाइसेन्स लिन बग्गीखानामा आउनु भनेकाले त्यसतर्फ लागें । ६ नम्बर झ्यालमा घन्टौं लाईनमा बसेर आएको पालोमा जब जरिवाना बुझाएको रसिद देखाएँ, ‘यो त यहाँ हैन, यातायात बिभाग मिनभवन जानू’ भन्ने सल्लाह प्राप्त भयो । म त्यत्ता तिरै हान्निएँ । यसरी लाइसेन्स लिन ३ दिन धाउनु मेरो विवशता बन्न पुग्यो । मेरो काम गरी खाने समय यसरी बर्बाद भयो । त्यसमाथि आफुले गर्दै नगरेको कसुरको जरिवाना तिर्नुको पीडा त छँदै छ ।

घटना नम्बर २
मिर्मिरे साँझको बखत, बसुन्धराबाट चावहिल जाने क्रममा महाराजगंज चक्रपथको जाममा फसियो । जाम खुल्यो, अगाडि बढियो । यत्तिकैमा जेब्रा क्रसिंङ्मा बटुवाले बाटो काटेपछि मैले सवारी रोक्नु नैं पर्यो । गाडी बीचमा अड्कियो । अरु तर्फको सवारी आवागमन खुल्यो । गाडी किन बिचमा रोकेको भनेर ट्राफिकले चिट थमाए । मैले जति सम्झाउँदा पनि सुनेनन् । यो अवस्थामा मैले बटुवालाई मिचेर अगाडि बढ्नु पर्थ्यो या ‘लेन’ जम्प गरेर अगाडि बढ्नु पर्थ्यो रु समीक्षा गर्ने जिम्मा सरोकारवालाहरु मैं छोड्न चाहन्छु ।

घटना नम्बर ३
लाजिम्पाटबाट जमल आउने क्रममा ‘लेन’ अनुशासन कसरी उल्लङ्घन भयो भने, सोह्रखुट्टेपट्टिबाट आउने सवारीको लाइन केशरमहलदेखि लैनचौरको चौकसम्मै थियो । अब यो अवस्थामा मैले जमल जानलाई सुरक्षालाई ध्येयमा राख्दै तुलनात्मक रुपमा उपयुक्त स्थानमा सवारीलाई अड्याउनुको बिकल्प पनि थिएन । भनेको मतलव, दरवारमार्गतर्फ जाने सवारीलाई अवरोध नगरिकन चौकभन्दा डेढ सय मीटर ओरै ‘हाप लेन’ कभर गरेर जाम खुल्ने प्रतिक्षामा सवारी रोकें । संयोगले त्यो दिन दरवारमार्गतर्फ जाने लेन खाली नैं थियो । जाम हुने अवस्था आएको थियो भने आवागमन रोकेर बस्ने विचार मेरो पनि थिएन ।

तर, यत्तिकैमा चौकतिरबाट उसेन बोल्टको गतिमा एकजना ट्राफिक प्रहरी मतर्फ आउनु भो, गाली गर्दै चिट थमाउनु भो । मलाई यसमा पनि ट्राफिक प्रहरीको कदम ब्यबहारिक भएन भन्ने गुनासो छ । ओल्लो चौकदेखी पल्लो चौकसम्म जाम हुने अवस्थामा अर्को सडकबाट मिसिन आइ पुगेका सवारीलाई ‘लेन जम्प’ गर्ने बिधि बताउने मात्रै हैन, ब्यबहारिक पनि हुन जरुरी छ ।

घटना नम्बर ४
जावलाखेलबाट आउने क्रममा यात्रु ओराल्न भोटाहिटी चौकमा गाडी रोक्दा नजिक उभिएका ट्राफिक प्रहरी चोर औंला उज्ज्याउँदै मतिर हान्निएर आए । जबकि चौक पूरै खाली नै थियो । खाली चौकमा प्यासेन्जर ओराल्दा पनि फरार अपराधीलाई जस्तो यो दुर्ब्यबहार किन रु प्यासेन्जरलाई चाहेको ठाउँमा ओर्लन नदिएर घुमाएको घुमाई गर्नु भन्ने ट्राफिक आदेश हो रु ‍… अनि लगत्तै त्यही घटनासँग जोडिएको किस्सा,,,,,, त्यहिनिरबाट सोह्रखुट्टे जाने भन्दै २(३ जना महिला चढ्नु भयो । तिनै प्रहरीले निहुँ खोज्न थाले । यिनीहरु मिटरमा हिंड्दैनन खै मिटर भन्दै ट्याक्सी वरिपरि फन्को मार्न थाले । जबकि, जावलाखेलबाट आउँदा मिटरमा उठेको लगभग १८६ रुपैयाँ उनकै अगाडि प्रत्यक्ष थियो । ‘यिनीहरुले लामो(लामो बाटो घुमाएर पैसा धेरै असुल्छन्’ भन्दै मलाई अपमान गरियो । ट्राफिक प्रहरी कुन जमानामा छ रु गुगल म्यापमा गुड्ने आजको प्यासेन्जरलाई हजुरबुबाको पालाको कथा सुनाउन आवश्यक छैन, हरेक गल्ली(गल्ली बारे यात्रु जानकार छन् भन्ने स्कुलिंङ ट्राफिक प्रहरीलाई कसैले प्रशिक्षित गराओस । समाज असल र खराबको समिश्रण हो । ड्राइभर सबै असल अनि खराब हुन्छन् भन्ने हुँदैन । जो जस्तो हुन्छ, त्यै अनुसारको ब्यबहार पाउनुपर्छ । ट्याक्सीमा छुटेको लाखौ रुपैयाँ फिर्ता गर्ने ट्याक्सी ड्राइभर पनि यही सडकमा गुडेका हुन्छन् भन्ने हेक्का कहिले रहने हो रु

यसका अलवा ट्राफिक प्रहरीबाट भएका दुर्ब्यबहारका अनगिन्ती घटनाहरु मानसपटलमा घुमिरहेका छन् । लम्की र झम्की, तँ(तँ र म(मदेखि लिएर गाडीमा महिला यात्री देख्दा देख्दै अश्लिल शब्द, जुन समाजमा बोल्न बर्जित छन्, आक्रोशको क्रममा ट्राफिक प्रहरीबाट ओकल्ने गरेका छन् । कतिपय चिनारु यात्रु हुन्छन्, ट्राफिकको ब्यबहारले आत्मसम्मानमा चोट पुगेको महशुस हुन्छ र आफ्नै पेशाप्रति बितृष्णा जागृत हुने गरेको छ । कालिमाटीबाट डल्लु आउने क्रममा परोपकार र ताहचल जोड्ने पुलमा ड्युटी गर्ने ट्राफिक प्रहरीबाट यस्ता अपशब्द निक्लिएको मेरो अनुभवमा छ ।

ट्राफिक प्रहरी किन यसरी आक्रामक बनेका होलान त रु
एकातिर ‘मुस्कानसहितको प्रहरी’ भन्ने नारा छ । अर्कोतिर ती मुस्कानलाई बादल लगाउने आक्रोशको बहार छ । सेवाग्राहीका भागमा जहर नै जहर छ । आँखिर किन यस्तो रु प्रश्न अस्वभाविक नहोला ।

आफुले ड्युटी गरेको सडकमा सवारी आवागमनमा बिना अवरोध सुचारु रहोस् भन्ने चाहना ट्राफिक प्रहरीमा हुनु स्वभाविक नै हो । तर, भैदिन्छ जाम त्यसमाथि धुवाँ(धुलो, तातो घाम, अनि त टाउको तात्तिने नै भयो । प्रदुषणमा रहेर ड्युटी गर्दा गर्दा ७५ पर्सेन्ट भन्दा बढी ट्राफिक प्रहरीमा स्वास(प्रश्वासको समस्या देखिएको रिपोर्टले उनीहरुप्रति हरकोहीमा सहानुभूति जागृत हुनुपर्दछ । निश्चय नै सडकमा खटिने प्रहरीलाई हरकोहीले सहृदयी भई सहयोग गर्नुपर्छ । यसमा दुर्इमत छैन । चन्द्रमालाई नियाल्दा उज्यालो भन्दा दाग बढी देखिन्छ । यही तथ्यलाई मनन गर्दै ट्राफिक प्रहरीले पनि सजगता अपनाउनु पर्छ । जनगुनासोलाई तत्काल सुन्नुपर्छ । जनउत्तरदायी प्रहरीले सुधार्नु पर्ने कुरामा पहल गर्नुपर्छ ।

किन हुन्छ सडक जाम रु कसको कब्जामा छ सडक रु
गाडी धेरै भएर नि ǃ प्रश्नको उत्तर यही हुन सक्छ । एकातिर सडकभरि गाडी छन्, अर्कोतर्फ गाडी नै पाइएन भन्दै यात्रुहरु प्रतिक्षालयमा घन्टौं कुरिरहेका हुन्छन् । यो बेथिति कसरि भयो त रु यात्रुले सवारी नपाउने, अनि सडकमा चै कसको सवारीले जाम बनाएको छ त रु एक पटक उपत्यकामा चल्ने सवारीको लेखाजोखा गरौँ ।

भर्खरै संचार माध्यममा प्रकाशित विवरण अनुसार उपत्यकामा ९बागमतिमा दर्ता भएका० चल्ने सवारीका विवरण यस प्रकार छन् स्(
बस स्( १०,३७९
मिनीबसमा स्(९,८३५
ट्रक, मिनीट्रक स्(१८,९२९
क्रेन, रोलर,एक्जाभेटर स्(६,५३५
कार, जिप, भ्यान स्(१,२५,४३९
पिकअप स्(१७,१७०
माइक्रोबस स्(२,१२३
टेम्पो स्(२,५२८
ट्याक्टरस्(२,९०८
एम्बुलेन्स स्(५४७
सिडी युएन स्(३,७८७
९श्रोत स्( नयाँ पत्रिका दैनिक ०
यो आँकडालाई नियाल्ने हो भने उपत्यकामा लगभग २ लाख गाडीजन्य सवारी गुड्ने गर्दछन् । त्यसमा क्रेन(रोलर(एक्जाभेटर जस्ता सवारी निर्माणका औजार हुन् । एम्बुलेन्स(दमकल भनेका आपतकालीन सवारी हुन् । ठुला बस तथा ट्रकहरुलाई भित्रि सडकहरुमा प्राय निषेध नै गरिएको छ । यद्यपी उपत्यकामा चल्ने सार्बजनिक सवारीको संख्या ट्याक्सी सहितलाई गणना गर्नु पर्दा लगभग ३७,००० को हाराहारीमा देखिन्छ । त्यसैगरि सरकारी कार(जिप(भ्यान(एयरपोर्टमा चल्ने कार( सस्थानका कार(सिडी यूएन समेत गरी लगभग १५(२० हजारको संख्यामा देखिन्छन् । ट्याक्टर( मिनीट्रक(पिकअप जस्ता वस्तु ढुवानीका साधन पनि निश्चित स्थान र समयमा गुड्न पाउंछन् ।

अब कुरा गरौँ, उपत्यकाको गल्लि(गल्लीमा निर्बाध चल्ने रातो प्लेटधारी निजि कार(जिप(प्राडो(पजेरोको । यसको संख्या लगभग एक लाखको हाराहारीमा देखिन्छ । एकातर्फ सम्पूर्ण सार्बजनिक सवारी साधन, सरकारी सवारी, संस्थानका सवारी, कुटनैतिक नियोगका सवारी, एम्बुलेन्स(दमकल, बस(मिनिबस (ट्याक्सी( ट्याम्पो, ट्रक(मिनीट्रक र अर्कोतर्फ यी राता प्लेट्धारी कार(जिप(प्राडो(पजेरो, गणना गर्ने हो भने रातो प्लेटकै पल्लाभारी देखिन्छ ।

उपत्यकामा कति छन् रातो प्लेटको कार चढ्नेको संख्या रु
एक लाख कार हुनुको अर्थ एक लाख परिवारले कारको प्रयोग गर्दै आएका छन् । अब औसतमा एउटा परिवारमा ५ जनाको संख्याले हिसाब गर्ने हो भने उपत्यकामा लगभग ५ लाख मानिसले यसको प्रयोग गरेको देखिन्छ । एकातिर ५ लाख मानिसले १ लाख निजि सवारीको प्रयोग गरेको देखिन्छ भने अर्को तर्फ उपत्यका देशको राजधानी पनि भएकाले कुनै न कुनै रुपमा ७५ जिल्लाबाटै आउने २ करोड साठी लाख मानिसहरु जम्माजम्मी ३७००० को संख्यामा रहेको सार्बजनिक सवारीमा कोच्चिन बाध्य भएका छन् ।

सडकमा पहिलो प्राथमिकता निजि सवारीको कि सार्बजनिक सवारीको रु
अन्यत्र मुलुकमा के छ, थाहा छैन तर हाम्रो देशको सडकमा पहिलो प्राथमिकता निजि सवारीलाई हो कि जस्तो प्रतित हुन्छ ।चौक(गल्लि(दोबाटो एबम साँघुरो गल्लीमा भेट भयो भने निजि सवारी चालकहरुले सार्बजनिक सवारीलाई मिचेर अगाडि बढ्न खोज्छन् । प्यासेन्जर चढाउने(ओराल्ने क्रममा उनीहरुको आवागमनमा एकछिन मात्रै रोकावट भयो भने गालीगलौज गर्ने, हेप्ने,आँखा तर्ने जस्ता ब्यबहार खेप्नु पर्ने हुन्छ ।

मसँग भर्खरै घटेको ताजा अनुभव छ । एक जना बुढी आमैलाई नयाँ बानेश्वर स्थित भरोसा हस्पिटलमा ओराल्ने क्रममा बिपरित दिशाबाट कारमा हुँइकिंदै आएका महाशयको आवागमन निमेषभरका लागि अबरोध भयो । तिनले अपशब्द बोलेपछि मैले प्रतिबाद गरें र सल्लाह गर्न कारबाट ओर्लन चेतावनी दिएँ । तर उनी बाटो लागे । बुढी आमै एक्लै थिइन्, अस्पतालको ढोकामा पुर्याएर म आफ्नो बाटो लागें । थरथर काँपेको देख्दा सायद उनी ब्लड प्रेसर अथवा मुटुको रोगी हुनुपर्छ । यो हदको बेमतलवी दुनियाँ छ । यो त प्रतिनिधि उदाहरण मात्रै हो । यस्तो घटना दैनिक हुन्छन् ।

यसरी निजि सवारीले सार्वजनिक सवारीलाई हेप्नु भनेको एक लाख परिवारले बाँकी ४०(५० लाख परिवारलाई हेप्नु जस्तै कुरा हो । निजि सवारीले त हेपे(हेपे, हाम्रो समाजले पनि सार्बजनिक सवारीलाई त्यत्ति इज्जत दिएको देखिँदैन । निजि सवारी देख्दा तुरुन्तै बाटो छोडी दिने बटुवाहरु सार्बजनिक सवारीलाई बाल दिंदैनन । र, ट्राफिक प्रहरीले समेत निजी सवारीलाई भन्दा सार्बजनिक सवारीलाई पेलेको देखिन्छ । नो पार्किंङमा सात ओटा निजि सवारी छन् र एउटा मात्रै ट्याक्सी छ भने, पहिलो निशाना ट्याक्सी नै परेको देखिन्छ ।

आफुलाई परेको बेलामा बीर अस्पताल कसले पुर्याउँछ रु प्रशुतिगृहसम्म कसले पुर्याउँछ रु गंगालाल(न्युरो अनि केएमसी अस्पतालसम्म कसले पुर्याउँछ रु निजि सवारी तपाइको सेवाको लागि पक्कै हैन । अनि आफ्नै सेवाप्रदायक साधनमाथि हेय भाव किन रु बरु के कुरा बुझ्नु पर्यो भने, निजि सवारीको कारणले आफुहरुले प्रयोग गर्ने सार्बजनिक सवारी सधै जाममा पर्ने गरेको छ । जसको कारणले गन्तव्यमा पुग्न एक घण्टा, फर्कदा एक घण्टा गरी प्रत्येक मानिसको कम्तिमा दैनिक दुर्इ घण्टा समय नष्ट भएको छ । अढाई करोड मानिसको दुर्इ घण्टा समय बर्बाद हुनु भनेको दैनिक ५ करोड घण्टा समयको बर्बादी हुनु हो । त्यो ५ करोड घण्टा कुनै उत्पादनमुलक काममा लगाउने हो भने एउटा प्रोजेक्ट सम्पन्न हुन सक्छ । यसको मुल्य कुनै पनि अंकमा गणना गर्न सकिन्न ।

सडक(जाम हटाउने उपाय स्
सडक जाम खुलाउने नै हो भने सर्बप्रथम सार्बजनिक सवारी बढी चल्ने समयमा रातो प्लेटका निजि कार(जिप(प्राडो(पजेरोहरुलाई रिङरोड प्रबेशमा रोक लगाउनु पर्छ । यसो गरेमा अहिले गुडेका सवारी चापमा ५० प्रतिशतले कमि आई यातायात आवागमनमा सहजता हुन्छ । अथवा एकै चोटी यसो गर्नु भन्दा पहिला सम्भावित उपायको खोजि पनि हुनै पर्छ । जस्तो कि, निजि कारमा जोर(बिजोर लागु गर्ने, कार्यालय समयमा गुड्न नदिने आदि आदि । र यी उपायबाट भएन भने स्थाई रुपमै रिंगरोड प्रबेशमा रोक् लगाउने ।

यो अभियान सजिलो छैन । जनता नउठी सम्भव छैन । राज्यको नीति नियम बनाउने निकायका पदाधिकारी स्वयं त्यस्ता निजि कार आफ्नो घर कम्पाउण्डमा सजाउन सौखिन छन्, बाध्य पार्न जनधक्काको सख्त जरुरत छ ।सार्वजनिक सवारी क(कसलाई चाहिन्छ, व्यापक जनदवाबका लागि फिल्डमा उत्रनुको बिकल्प छैन । किनकि घन्टौंको जामले हाम्रो समय नष्ट भएको छ । बिरामी बोक्ने एम्बुलेन्स, आगो निभाउने दमकल जस्ता सवारीहरू बीच बाटोमै अलपत्र परेको, बाटोमै बिरामीको मृत्यु भएको, बस्ति खरानी भएको जस्ता दुखद घटनाहरु हामीले देखेका छौं । सरकारलाई ‘कर’ बापत मोटो रकम बुझाएको भन्दैमा सिमित संख्यामा ९३७०००० गुड्ने सार्बजनिक सवारीलाई आवागमनमा अबरोध हुने गरि आएको निजि कारको बाढी अब सह्य हुन सक्दैन ।

यसमा मानव अधिकारको कुरा पनि निस्किएला ।पैसा तिरेर बस्तुको उपभोग गर्न नपाउनु भन्दै उपभोक्ताबादी संघ संस्थाहरु प्लेकार्ड बोक्दै सडकमा पनि उत्रेलान । गाडीका स्वरूमधनीहरु आक्रोशित पनि बन्लान् । बिदेशी कम्पनी देखि लिएर उत्पादक देशका दुताबासबाट सरकारमाथि दवाव सिर्जना पनि गरिएला । देश विदेशको नजीर पनि पेश गरिएला । तर पनि १ लाख परिवारको साधनले बाँकी ५० लाख परिवारको बाटो अबरोध गराउनु, ढिला सुस्तिमा पार्नु भनेको अल्पसंख्यकले बहुसंख्यकमाथि गरेको अप्राकृतिक हमला हो । के उनीहरुको चै मानव अधिकार हुँदैन र रु राज्यले खरबौ खर्चिएर बनाएको सडकमा एक लाख परिवारको सवारीले ५० प्रतिशत हिस्सा ओगट्दै कपर्दी खेल्नु भनेको विश्वासै गर्न गाह्रो गतिबिधि हो । यसलाई सायदै कसैले लेखा जोखा गरेका होलान । तितो सत्य यही नै हो ।

यति मात्रै हैन, अलि विगततिर फर्किने हो भने आयल निगम घाटामा जानुमा यी निजि सवारीका साधनको पनि ठुलो भूमिका थियो । आयल निगमले पेट्रोलियम पदार्थ घाटामा बेच्थ्यो । महंगोमा ल्याएर सस्तोमा बेच्दा, जनताको नाममा निजि सवारीले कति इन्धन उपभोग गरे होलान रु हिसाब निकाल्न सानोतिनो डिजिटको क्यालकुलेटरबाट सम्भव हुँदैन । सरकारले अनुदान दिने, अनि आयल निगमको आधा हिस्सा तेल निजि सवारीले कुम्ल्याएर बाटो तताउने । यो सुक्ष्म हिसाब जति मसिनो गरि नियाल्यो, पहाड बनेर देखा पर्न सक्छ । अतस् राज्य माथिको यो भार अन्त्य गर्ने बाटो खोज्दै दीर्घकालिन योजना अब ल्याउनै पर्छ ।

त्यसै गरि सडक जाम हुने अर्को मुख्य कारण ट्राफिक प्रहरीको गलत कदम पनि उत्तिकै जिम्मेवार देखिन्छ । त्यो के भने सडक जाम नहुने स्थानमा, आवागमनलाई असर नपर्ने गरि अड्याइएका सवारी साधनलाई मोबाइल(गस्ती गर्दै त्यहाँबाट खेदाउने क्रमसंगै चौक(चौकमा सवारी चाप बृद्दि हुने गर्छ ।

ट्याक्सी ड्राइभर मिटरमा जान किन नमानेका होलान् ǃ
मानी लिऔ, एउटा ट्याक्सी पुरानो बानेश्वरबाट प्यासेन्जर लिएर न्युरोड गएको छ । न्युरोडमा प्यासेन्जर ओर्लन्छ अब ट्याक्सी खाली हुन्छ । चालकले दायाँ(बायाँ आँखा लाउँछ । अर्को प्यासेन्जर पाई हाल्ने भन्ने हुँदैन । ट्राफिकको आँखा छलेर किनारामा रोकी त हाल्छ । ट्याक्सी ड्राइभरको यो व्यवहारसंग ट्राफिक प्रहरी चिरपरिचित छ । मुर्मुरिंदै ट्राफिक आउँछ, ट्याक्सी चम्पट ठोक्छ । अब जाने भनेको जमल(दरवारमार्गतिर नै हो । त्यहाँ पनि यस्तै लुकाछिपी चल्छ । ट्राफिकले अपराधीलाई झैँ चोर औंला तेर्स्याएर चेतावनी दिए पछि ड्राइभर सराप्दै आफै भित्र भुत्भुताउँदै कमलपोखरी(नक्साल(बालुवाटार(भाटभटेनी(मैतीदेवी पुग्छ । यो बिचमा कति ड्राइभरहरु जरिवानामा फस्न पुग्दछन् । अन्त्यमा त्यहाँ पनि बस्न पाइने हैन । बानेश्वरमा बिहान जहाँबाट निकालिएको थियो, ग्यारेज भित्रै हुलेर अर्को प्यासेन्जर खोज्नु पर्ने बाध्यतामा अहिले ट्राफिक ब्यबस्थापनले पुर्याईदिएको छ । जहाँबाट गयो, प्यासेन्जर नपाएर त्यै स्थानमा खाली फर्कनु पर्दा ट्याक्सी चालकले पैसा कमाउने भन्दा पनि पम्पको पेट्रोल बेच्न हिंडेको जस्तो अवस्था बिध्यमान छ । ट्याक्सी ड्राइभरहरुले बढी पैसा अर्थात् आउजाउ कै भाडा असुल्न खोज्नु यो पनि एउटा कारण हो । नो पार्किङ्मा रोक्दा अनि बढी भाडा असुल्दा कारबाही भोग्दै आएका छन् । तर पनि यो हर्कत बन्द भएको छैन । किन त भन्दा, जब सम्म सार्बजनिक साधनले पार्किङ्को सुबिधा पाउँदैनन, जहाँबाट आयो, खाली(खालि उतै लखेट्ने काम हुन्छ, ड्राइभर सुध्रिन नसक्ने बाध्यतामा पुग्छ । यो लेख लेख्दै गर्दा पत्रिकामा ट्याक्सी ड्राइभरले ठगेको कुरा आयो । यातायातले जरिवाना कम गरेकाले नसुध्रेको कुरा लेखियो । ३००० नाथे जरिवाना ड्राइभरले एकै दिनमा कमाउने भनेर हावादारी समाचार बनाएको देखियो ।

औसतमा गाडी साहुले दिनको १००० रुपैयाँ लिने गरि ड्राइभरलाई आफ्नो गाडी दिएका हुन्छन् । दिनभर पेसिंजर भन्दा बढी खाली गुडाउनु पर्दा ७(८ सयको इन्धन खर्च हुन्छ । मुस्किलले २०००(२२०० रुपैयाको जम्माजम्मी कारोबार हुन्छ । आफ्नो श्रम(शीप(दक्षताको प्रयोगबाट दिनको ३(४०० रुपैयाँ भन्दा बढी एउटा ड्राइभरको खल्तीमा नसिव हुदैन । तर कुप्रचार किन यति ठुलो स्केलमा हुन्छ रु ताजुव लागेर आउँछ । यो सबै हुनुमा यातायात ब्यबस्थापन बिभाग जिम्मेवार छ । सडक क्षमता भन्दा बढी सवारी दर्ता किन गरियो रु के यो कर असुलेर कर्मचारी पाल्ने नियत हैन रु जनतालाई सुबिधा दिने योजना बनाउन नसक्ने कर्मचारी आँखिर कुन प्रयोजनका लागि हो रु

एक लाख निजि कार दर्ता गरेर सार्बजनिक सवारीलाई चल्ने(चट्पटाउने ठाउँ समेत नदिनु भनेको बास्तवमा यातायात विभागको एउटा अक्षम्य प्रकृतिको सामाजिक अपराध हो । यसको प्रतिकार जनस्तरबाट हुन जरुरि छ । ट्याक्सीलाई पार्किङ्गको ब्यबस्था उपलब्ध गराई दिने हो भने अहिलेको भाडा दर भन्दा पनि कममा सेवा प्रदान गर्न तैयार हुन सक्छन् भन्ने मेरो बिश्वास छ । त्यसैले यसै सेरोफेरोमा ट्याक्सी चालक – ब्यबसायीहरु आन्दोलित बनेका छन् । यसलाई ठग्न पाऊँ भन्ने आन्दोलन हो भन्ने जस्तो नकारात्मक दृष्टिले नहेरीदिनुहुन सम्पूर्ण यात्रु महानुभावहरुमा बिनम्र आग्रह छ । यसको लागि सिमित घरानिया बर्गले प्रयोग गर्ने निजि कार(जिप(प्राडो(पजेरोले सडक खाली नगरी हामी सर्ब साधारणले चढ्ने सार्वजनिक सवारीको दिन सहज हुँदैन, र सार्बजनिक सवारीको दिन सहज नबनी तपाई(हाम्रो अमुल्य समय जाममा झोक्राउँदै बिताउनुको बिकल्प पनि रहँदैन भन्ने बुझेर त्यै अनुसार अगाडी बढ्नु हाम्रो लक्ष हुनु पर्छ भन्ने अनुरोध बिसाउन चाहन्छु । आउनुहोस्, तपाई हामी अढाई करोड जनले चढ्ने लगभग ३७००० सार्बजनिक सवारीलाई जामरहीत सहज आवागमन गराउन लगभग ५ लाखले मात्रै चढ्ने ठुलाबडाको एकलाख निजि कार(जिप(प्राडो(पजेरोको कपर्दीलाई आजैबाट निषेध गरौँ । किनकी, सडक ५ लाख मान्छेका लागि भन्दा अढाई करोड जनका लागि उपयोगी हुनु पर्छ । यातायात मजदुर एबम ड्राइभरहरुलाई चेपुवामा पारेर कदाचित समस्याको समाधान हुन सक्दैन । सम्बन्धितहरुमा चेतना रहोस् ।
(गोकुल कार्की
२०७३(६(११