क्रान्तिको प्रचार र त्रासबारे

– विप्लव

कमरेडहरूको भनाइअनुसार माओवादीबाट क्रान्तिविरोधी तŒवहरू केही मात्रामा त्रसित भएका छन्् । त्यसैगरी राज्यले पनि जनतालाई केही त्रास दिन खोजेको छ । जनयुद्धको समयमा भागेर बचेका, कारबाहीमा परेका, सत्ताको आडमा गाउँँ फर्किएका र विभिन्न धन्दा चलाएर मोटाएका भ्रष्ट, तस्कर, फटाहा, जमिनदार, दलाल आदि माओवादीको पुनर्गठनपछि केही न केही रूपले त्रसित र आतङ्कित भएका छन्् । उनीहरूले हाम्रा कमरेडअगाडि मुख लुकाउने, छलिने, निरासा व्यक्त गर्ने, कुरा बुझ्न खोज्ने गरिरहेका छन्् भने उनीहरूले सरकारी अड्डाअदालत, प्रहरीप्रशासन आदिमा कुरा लगाउने, उक्साउने, जासुसी गर्ने गरेका छन्् । अर्कोतिर राज्यका तर्फबाट प्रहरीहरूले माओवादी समर्थक र कार्यकर्तामा आतङ्क उत्पन्न गर्न खोजेको छ । उनीहरू नगर, गाउँमा जाने, माओवादी पार्टी समिति नेता, कार्यकर्ताको नामावली सङ्कलन गर्ने, नाम सोध्ने, नाम टिप्ने गरेका छन्् । एकजना कमरेडको भनाइअनुसार एउटा प्रहरी चौकीबाट आएका कनिष्ट अधिकृतसँग बाझाबाझ नै भयो । उनले पार्टी समितिहरूको रिपोर्ट र नेताहरूको नाम सोधेपछि कमरेडले पनि प्रहरी अधिकृत र सिपाहीहरूको नाम, ठेगाना सोध्नुभएछ । उनको नाम, प्रहरी चौकीमा कार्यरत अधिकृत र जवानको नाम, ठेगाना सोधेपछि बाझाबाझ नै भएछ ।
यो सही हो, माओवादीले नयाँ क्रान्तिका लागि आवश्यक पर्ने क्रान्तिकारी राजनीतिक कार्यदिशा र नीतिहरू अगाडि सारेको छ । क्रान्तिलाई सङ्गठित गर्ने नीति पनि पारित गरेको छ । सम्भवतः जनविरोधीहरू यो बुझेर केही मात्रामा त्रसित पनि भएका हुनसक्छन्् । हामीले स्पष्ट गरेकै छौँ, शान्तिप्रक्रियामा आएपछि माओवादीलाई निःशस्त्र पार्दै सङ्क्रमणकालको सिद्धान्तविपरीत संसद्वादी शक्तिले एकलौटी सत्ता कब्जा गर्न पुगेका छन्् । यद्यपि त्यसलाई माओवादीले नमान्ने घोषणा गरेको छ । यसबाट स्वाभाविक रूपले जनविरोधीहरूमा त्रास पैदा हुन पुगेको छ । यसमा माओवादीहरूले अन्यथा सोच्ने कुरा छैन । तर राज्यको सुरक्षा शक्तिले जनता र कार्यकर्तालाई आतङ्कित गर्न खोज्नु राजनीतिक स्वतन्त्रता, राजनीतिक अधिकार र शान्तिसम्झौताविपरीत कार्य हो । क्रान्तिको नेतृत्व गरेर आएको जनप्रतिनिधि पार्टीलाई यो व्यवहार गर्नु राज्यको निरङ्कुश, युद्धवादी क्रियाकलाप त हो नै, सँगसँगै राजनीतिक सर्वोच्चताको उल्लङ्घन पनि भएको छ । यसको प्रतिवाद कमरेडहरूले गर्नुपर्छ । फटाहाहरूको उक्साहटमा लागेर प्रहरी प्रशासनले यसखाले उग्र व्यवहार गर्नु हँुदैन भनेर प्रशासनलाई सम्झाइबुझाइ गर्नुपर्छ । नमानेको खण्डमा कमरेडहरूले प्रतिवाद गर्नुुपर्छ ।
४) पार्टी निर्णयहरूको कार्यान्वयनमा तदारुकता
पार्टी पुनर्गठन भएपछि पार्टी समितिहरू केन्द्रीय समितिका निर्णयहरू कार्यान्वयन गर्नेमा तदारुकताका साथ लागिपरेको पाइयो । शान्तिकालमा आइसकेपछि पार्टी निर्णयहरू केवल औपचारिकताका लागि पठाइने र कार्यान्वयनमा कुनै जबाफदेही नहुने अवस्थाबाट समितिहरू अगाडि बढ्नु खुसी र सन्तोषको कुरा बनेको छ ।
राजनीतिक विचारको सकारात्मक प्रभाव
हाम्रो पार्टीले नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरेपछि सकारात्मक प्रभाव पर्न पुगेको प्रतिक्रिया दिनुभयो । खासगरी हामीले नेपाली समाजको विश्लेषणमा मध्यमवर्ग, गाउँँ र सहर, दलाल पुँजीपति, देशभक्त, जनजाति, दलित, मधेसी, मुस्लिम आदि विशेषताहरूबारे गरेको विश्लेषणलाई सबैले गम्भीरतापूर्वक ग्रहण गरेको बुझियो । कमरेडहरूले मेहनतका साथ विषयहरूलाई जनतासम्म पु¥याउन पनि कोसिस गरेको सुनाउनुभयो । बाहिरबाट पार्टीलाई दिएको सुझावमा पार्टीले नेपाली विशेषताहरूलाई पकडेर नै क्रान्ति गर्नुपर्छ । अबको क्रान्तिमा मध्यमवर्ग, राष्ट्रवादी, सहर सबैलाई साथमा लिएर अगाडि बढ्नुपर्छ । प्रहारको निशानामा दलालहरूलाई बनाउनुपर्छ भन्ने सुझावहरू रहेका छन्् । यो हाम्रा लागि खुसी र उत्साहकै कुरा हो ।
सङ्गठन सुदृढीकरणको प्रारम्भ
भेटघाटमा कमरेडहरूले जिल्ला, इलाका, प्रारम्भिक समितिहरू क्रमशः पुनर्सङ्गठित हुन थालेको बताउनुभयो । वास्तवमा शान्तिकालका नौ वर्ष सङ्गठन निर्माण र सुदृढीकरणका दृष्टिले भताभुङ्ग भएको काल हो । समितिको सट्टा व्यक्ति हाबी हुने, पद्धतिको सट्टा अनाधिकारिक सम्बन्ध बलियो हुने, समितिको नेताभन्दा सम्बन्धको नेतामा भरपर्ने, राजनीतिक सम्बन्धभन्दा भावना र आर्थिक सम्बन्ध मुख्य हुने, वर्ग विचारभन्दा मनोवैज्ञानिक सम्बन्ध फैलिने खालको अवस्था रह्यो । यसले कमबेसी सबै माओवादीलाई प्रभाव पारेको अवस्था रह्यो । पार्टी पुनर्गठन गरेपछि हाम्रोमा यसको प्रभाव क्रमशः घट्दै गएको छ तर मुक्त भएको भने होइन । अहिले हाम्रा कमरेडहरूले सङ्गठनलाई जनतातर्फ फर्काउन मेहनत गर्न थाल्नुभएको पाइयो । कम्तीमा समितिहरू बन्न थालेको पाइयो । धेरै जिल्लाको जानकारीमा समितिहरू बन्दै गएको पाइयो । यसलाई अरू मेहनत गर्नुपर्ने सबैको अनुभूति देखियो । यो खुसीको कुरा हो ।
सङ्घर्षको कार्यान्वयन
हामीले पार्टी पुनर्गठनपछि तय गरेका सङ्घर्षका कार्यक्रमहरू प्रायः सबै कार्यान्वयन भएका छन्् । राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार, महँगी, कालोबजारीविरुद्ध गरेका सङ्घर्षहरू प्रभावकारी रहन पुगेका छन्् । आजसम्मको रिपोर्टमा फागुन महिनासम्म तीन दर्जन जनकारबाहीहरू सम्पन्न भएका छन्् । त्यसमा काठमाडौँमा भएको ग्यास वितरण, लोकमान सिंहको कार्यालय घेराउ, नेपाल आयल निगमको कार्यालय घेराउ, पोखराको ग्यास वितरण, उपल्लो कर्णाली, उपल्लो मस्र्याङ्दी, कोसी उच्च बाँध, बाँकेको जग्गा कब्जा, डोटीको घर कब्जा, गोरखाको फटाहाको घर कब्जा, कञ्चनपुर अदालतको घेराउ, भोजपुरामा जमिनदारको जग्गा कब्जा, चितवनको चुनढुङ्गा खानीमाथिको कारबाही, वसन्तपुरमा दुई किशोरीमाथि तेजाब प्रहार गर्नेविरुद्धको प्रदर्शन र किशोरीहरूलाई अनेरास्ववियू (क्रान्तिकारी) ले गरेको एक लाख १० हजारको नगद सहयोग, दलाल तथा जलमाफिया राजेन्द्र किशोर क्षेत्रीको कारबाही, सामन्त दिवाकर चन्द (हाल मृत्यु) स्वामित्वको जग्गा कब्जा आदि बढी लोकप्रिय र चर्चित वने । केही राज्य र जिल्लाले आफ्नै सिर्जनशीलतामा थप कारबाहीहरू पनि गरे । नागरिकहरूले पार्टीले चलाएका सङ्घर्षहरूलाई सकारात्मक रूपमा लिनुका साथै साथ दिएको पाइयो ।
७. छद्म संशोधनवादीका आरोप र भ्रम
हाम्रो पार्टी बनेपछि राज्य र विरोधी पार्टीहरूले अनेकौँ भ्रमपूर्ण प्रचार गर्दै हिँडेको पाइयो । विशेषतः ड्यास माओवादीका मान्छेहरूले लम्पट तालले असैह्य हुने गरी भ्रम छर्दै हिँडेको रिपोर्ट कमरेडहरूले गर्नुभयो । त्यस्ता प्रचारले जनता र कार्यकर्तामा केही मात्रामा भए पनि गलत प्रभाव पार्न खोजेको जानकारी गराउनुभयो ।
राज्यका तर्पmबाट माओवादी युद्धमा जाँदैछ, युद्धको तयारी हुँदैछ, गिरफ्तार गर्नुपर्छ कि, यो पार्टीमा लाग्नु हँुदैन आदि प्रचार गरिएको छ भने ड्यासका मान्छेहरूले चीनसँग साँठगाँठ रहेको, भारतसँग साँठगाँठ रहेको, अमेरिकासँग जोडिएको, राजासँग जोडिएको, बाबुरामसँग एकता गर्ने, सत्ता बार्गेनिङका लागि पार्टी फुटाएको, सङ्घीयता र जातीय मुक्ति छोडेको, युद्धमा लगेर ध्वस्त हुने, नेतृत्वमा आत्मकेन्द्रित व्यक्तिवाद रहेको, रूपमा वाम खोल ओढेको दक्षिणपन्थी आदि अनेकौँ प्रचार गर्दै हिँडेको पाइयो । उनीहरूको मुख्य नीति नै हाम्रो पार्टीको भन्डाफोर गर्ने रहेको बुझियो ।
राज्य र राज्य सञ्चालनमा रहेका प्रतिक्रान्तिकारी, दलालहरूले क्रान्ति र क्रान्तिकारी पार्टीको सन्दर्भमा गलत हल्ला मच्चाउनु र जनतालाई भ्रम पार्न खोज्नु स्वाभाविक हो । आफ्नो सत्ता र स्वर्ग रक्षा गर्न युद्धमा जाँदैछन्् भनेर प्रचार गर्नु, माओवादीविरुद्ध कारबाही सञ्चालन गरिन्छ भन्नु, गाउँँमा गएर नामसूची तयार गर्दै सोझासीधा नागरिकलाई त्रसित र भ्रमित पार्न खोज्नु अनौठो भएन । त्यसलाई हामीले वर्गदुस्मनको कर्तव्य नै ठान्नुपर्छ । यो साँचो हो– हामी प्रतिक्रान्ति स्वीकार्नेछैनौँ । नेपालको सर्वहारावर्ग र जनताले कदापि पुरानै संसदीय व्यवस्था स्वीकार्ने छैनन्् । दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध क्रान्ति छेडिनेछ र जनताको राज्यसत्ता स्थापना गरिछाडिनेछ । राज्यले भ्रम छरे पनि भ्रमहरूको चिरफार गर्नुपर्छ, प्रतिक्रान्तिको भन्डाफोर गर्नुपर्छ, दलालहरूका भद्दा मुकुन्डोहरू उदङ्ग्याउनुपर्छ, प्रतिक्रान्तिको जबाफ क्रान्तिद्वारा दिन तयार हुनुपर्छ । उसले गरेको भ्रम प्रचारप्रति हाम्रो कुनै गुनासो पनि छैन । राज्यसत्ता त्रूmर हुन्छ । उसले आफ्नो रक्षाका लागि सबै अस्त्रहरू प्रयोग गर्छ । भ्रम पनि एक अस्त्र नै हो उसले क्रान्तिकारीका विरुद्ध त्यसको प्रयोग गर्छ । भ्रमको जबाफ तथ्यहरूद्वारा दिनुपर्छ । यसमा कुनै गुनासो छैन ।
एउटा विडम्बना भनौँ किरणजीको नेतृत्व रहेको पार्टीले हाम्रो पार्टी र नेतृत्वबारे जस्तो विषवमन, तुस ओकल्ने र भ्रम छर्ने धृष्टता गरिरहेको छ, योचाहिँ बडो लज्जास्पद, घृणास्पद, लिच्चड, गद्दारीपूर्ण अनुभव हुन्छ । उनीहरूको मुखपत्रबाट स्पष्ट हुन्छ, यो पार्टीको नीति नै हाम्रो पार्टीको भन्डाफोर गर्ने रहेको छ । के छर्लङ्ग भएको छ भने किरणजीहरूसँग क्रान्तिकै सन्दर्भमा आधारभूत रूपले नै विचार मिल्न सकेन । पार्टीको सबैभन्दा ठूलो आधार विचार हुन्छ । पार्टी विचार मिल्नेहरूले चलाउने हो र क्रान्ति विचार मिल्नेहरूले गर्ने हो । विचार नमिल्नेहरू पार्टीमा रहनु भनेको निजी स्वार्थपूर्ति गर्न झुन्ड वा जत्था बनाउने कुरा मात्र हो । किरणजीको पार्टी क्रान्ति सम्भव छैन भन्नेमा पुग्यो । हामी क्रान्ति सम्भव छ भन्नेमा पुग्यौँ । विचार नै नमिलेपछि हामी अलग भयौँ । हाम्रो सोचाइ थियो र छ– विचार नै नमिलेपछि आआफ्नो विचार र दृष्टिकोणअनुरूप अगाडि बढौँ, इतिहासले जसलाई सही साबित गर्ला स्वीकार गरौँला । किरणहरू पुराना र पाका नेताहरू हुन्, किन धेरै खुइल्याउनेतिर जाने, आखिर लड्नुपर्ने मुख्यतः दलाल पुँजीपति, प्रतिक्रान्तिकारी, प्रतिक्रियावादीहरूसँग हो । मुख्य दुस्मनसँग सङ्घर्ष हँुदै जाँदा धेरै सच्चाइ अगाडि आउला भनेर हामी आफ्नै काममा अगाडि बढ्यौँ । हामीले बाहिर पनि भन्यौँ– हाम्रो विचार नै नमिलेपछि पार्टी अलग भएको हो । व्यक्तिगत रूपले किरण, बादल, गौरव र गुरुङसँग हाम्रो केही छैन । वास्तवमा हामीलाई कसैको कुरा काटेर अस्तिŒव धान्नुपर्ने र दिन कटाउनुपर्ने कारण पनि छैन । किरणहरूसँग फजुलमा बिताएको दुई वर्षको काम पनि युद्धस्तरमा गर्नु पर्नेछ । हामी त्यसैमा छौँ । अपसोच ! कुकुरलाई घिउ पच्दैन भनेजस्तै यी पाखन्डी, लिच्चड, दक्षिणपन्थी, कायर, आत्मसमर्पणवादी कुतŒवहरूलाई हाम्रो सदासयता पचेन । यी तŒवहरूले भनेका शब्द र गरेका प्रचार हेर्दा लेनिनले एकपटक गद्दारहरूका बारेमा भनेको खुब सम्झना आउँछ । लेनिनले आन्दोलनमा कहिलेकहीँ पागलपन आउँछ भन्नुभएको थियो । यो वास्तवमै हाम्रा दक्षिणपन्थी, लोभी, पापी, भ्रष्ट, आत्मसमर्पणवादीसँग दुरुस्तै मिल्छ । वास्तवमा दक्षिणपन्थी, कायर र गद्दारहरूमा पागलपन नै आउँछ । उनीहरू जब दुस्मनसँग आमनेसामने भिड्न डराउँछन््, जब दुस्मनलाई अजङ्गको देख्दै सातोपुत्लो छोड्छन्् अनि उनीहरू कोसँग लड्ने हो, कोसँग एकता गर्ने हो भन्ने नै बहुला कुकुरले जस्तो भुल्न पुग्छन्् र जसलाई पायो, उसलाई टोक्न पुग्छन्् । यिनीहरू मुख र मुटु प्रतिक्रान्तिकारीतिर जोडेर क्रान्तिकारीमाथि जासुसी गर्न, हमला गर्न उत्रिन्छन्् । यी यति निर्लज्ज र कुरूप तरिकाले ओर्लिन्छन्् कि यिनको गद्दारीपूर्ण, अवसरवादी, पुच्छरवादी, आत्मसमर्पणवादी चरित्रलाई क्षतविक्षत हुने गरी उदिङ्याउनु र फोहोरको टोकरीमा मिल्काइदिनुबाहेक अर्को विकल्प रहँदैन । यस्तालाई माओले भनेझैँ बहुला कुकुरलाई जसरी लौरैलौरोले ढाड भाँचिने गरी कुट्नुपर्छ र पानीमा बगाइदिनुपर्छ । यी दक्षिणपन्थी, जो प्रयोगत्मक दृष्टिले नै असफल, अक्षम, अयोग्य, बेकम्मा साबित भइसकेका छन््, जसको बजारभाउ नै शून्यमा झर्दै गएको छ अनि आफ्नो क्षमता र पौरख व्यवहारमा, वर्गदुस्मनसँगको लडाइँमा देखाउनुको सट्टा हाम्रो भन्डाफोर गर्ने के कर प¥यो ? सुनिँदैछ हाम्रो भन्डाफोर गर्ने अरे ! पाखण्डी महानुभावहरू, आफ्नै धोती खुस्केर बेहाल भइसक्यो, आफ्नै आत्मसमर्पणवादी कुरूप अनुहार उदाङ्गिएर भन्डाफोरमात्र होइन, गुप्ताङ्ग नै देखिइसक्यो, हाम्रो केको भन्डाफोर ! कट्टु नभएकाले अर्काको इज्जतको कुरा गरेको कसले सुन्ला । हे ‘भगवान्’ ! यी पाखण्डीहरूलाई जीवन गुजारा गर्ने बुद्धि त देऊ !
भारतसँग वार्ता गर्ने टोली यी नकच्चराहरूले बनाउँछन््, कूटनीति गर्ने भन्दै लाजै पचाएर भारतीय दूतावासमा गएर मासु र भात भिकारीले जसरी थाप्छन््, जस्तो कि गुरुङ बारम्बार भारतीय दूतावासमा गएका थिए । कुरा बुझ्नुप¥यो भन्दै ‘र’ का मान्छेसँग लहसिन्छन््, जस्तो कि गौरवले ‘र’ को मान्छेलाई भेटेका थिए । दिल्लीसम्म पुगेर बिन्ती बिसाउँछन्् । जब मालिकले टेरपुच्छर लगाउँदैन अनि लाज पचाउन अरूलाई भारतले उचालेको, खेलेको भन्दै बर्बराउन लाज मान्नु पर्दैन ! यी निर्लज्जहरूले आफ्नो अनुहार ऐनामा हेर्नु पर्दैन ? यी तŒवभित्र त भारतका मान्छेहरू उपल्लो तहमै बिराजमान छन्् भन्ने कुरा त व्यक्तिगत भेटघाटमा किरणले रुन्चे मुख लगाएर भन्ने गर्थे । के यिनले एकपटक ‘र’सँग भेटेको वा कुनै कुरा भएको प्रमाण पेस गर्न सक्छन्् हामीलाई ? अनि बेकारका लिच्चड कुरा गर्ने ?! छिः !
अमेरिकाले उचाल्योभन्दा तिमीहरू आफैँ कोबाट सञ्चालित छौ भन्ने बुझ्नु पर्दैन ! सर्वहारा वर्गीय सत्ताको कुरा छोडेर घरि विघटित संविधानसभा ब्यँुताएर जानुपर्छ, ८० प्रतिशत जनताको संविधान बनिसक्यो, १० प्रतिशत हो बाँकी भन्दै आउने, घरि सङ्घीयता र धर्मनिरपेक्ष भए पनि हुन्छ भन्दै कुद्ने, रातिराति फ्रि तिब्बतियनसँग भोज खाने, देश टुक्र्याउनेसम्मको अधिकार दिनुपर्छ भन्दै हिँड्ने, अमेरिका र युरोपका मान्छेको पुच्छर बनेर बैतर्णी तर्ने कोसिस गर्ने अनि अर्कोलाई अमेरिकाले उचालेको भन्ने ! हैन, यी तŒवहरूलाई क्रान्तिबाट यति धेरै वितृष्णा किन बनेको हो हँ ! यिनको राजनीतिलाई एक्सरे गरेरै हेर्नुपर्छ भन्ने लाग्छ ।
जहाँसम्म चीनको कुरा हो, चीनले नै क्रान्ति गरिदिने होजसरी आस गरेर बस्ने, हामी खुब क्रान्तिकारी हौँ, चीनले मानसम्मान गर्नुपर्छ जस्तो गरी जुजुमान बन्ने, अरूका कुरा काटेर खाउँला भन्ने सोच्ने अनि चीनले यिनको बुद्धि नापेर टेरपुच्छर नलगाएपछि हुतिहारा तालले चीनले उचाल्यो भन्ने ! अझ वाक्क लाग्दो त पूर्वराजासँग साँठगाँठ छ भन्ने पो छ त ! यिनको बुद्धि कस्तो छ भने भन्न पनि लाज लाग्छ । यिनले सुरुमा पूर्वराजा राष्ट्रवादी हो भन्दै ऊसँग गोप्य वार्ता गर्न पाखण्डीको नेतृत्वमा टोली बनाए । राजाले नेपाली सेनालाई हामीतिर मिलाइदेला कि भन्ने आस गरे । राजा सम्मानित भएर बसिदेलान् र सत्ताचाहिँ आफैँले चलाउन पाइएलाजस्तो ठाने तर जब राजाले पनि सुन्ने कान नलगाएको पाए, तब छट्पटिँदै सरकारी स्वाद कताबाट पाइएला भन्दै भौँतारिँदै हिँडेका छन्् । वास्तवमा तिमीहरू यस्तो मूर्खतापूर्ण कल्पना गर्ने लाचार मान्छे होइनौ ?! अनि को हो राजावादी ! लाज मान्नु पर्दैन ?
यी लाचारहरू बाबुरामसँग एकता हुन्छ भन्ने प्रचार गर्छन् । सुरुमै यति भन्नु उपयुक्त हुन्छ, यी मान्छेहरूको बुद्धि र आँट बाबुरामजति भए पनि राम्रै हुन्थ्यो । कम्तीमा बाबुरामले त आफ्नो कुरा खुलस्तै भनेका छन्् । उनले आफ्नो लेखमा लेखे– ‘एउटा नयाँ क्रान्तिकारी लाइन बाबुराम र प्रचण्डको हो । अर्को जे भए पनि विप्लवहरूको पुरानो क्रान्तिकारी धार हो’ । यी कूपमण्डुकहरूको यति इमानदारी पनि छैन । जब कि पार्टी फुटको वरिपरि प्रचण्ड–बाबुरामलाई गद्दार लेख्नुपर्छ भन्थे । हिजोआज एमाओवादीसँग बिहानै एकता, बेलुकै एकताको हावा फैलाएका छन्् । जुन पार्टीमा बाबुराम नै मुख्य नेतामा छन्् । प्रचण्ड पनि बाबुरामकै लाइनमा छन्् अनि एकता गरेर बाबुरामको तलुवा चाट्न तयार भएका छन् । अपसोच ! प्रचण्ड–बाबुरामले पनि यिनलाई कुनै भाउ दिन्छन्् कि दिँदैनन्, भन्न सकिँदैन । यस्ता लाचारले उल्टो हामीलाई बाबुरामसँग एकता गर्न पार्टी फुटाएको भन्दै प्रलाप गर्न लाज मान्नु पर्दैन ? मूर्ख महानुभाव ! हामी कोसँग एकता गर्ने, कोसँग सङ्घर्ष गर्ने, कसरी अगाडि बढ्ने आफैँ भन्न सक्छौँ । तिमीहरू आफ्नै कुरा त राम्रोसँग भन, अर्काको कुरा किन काट्नुप¥यो ?
हामीलाई भन्ने नै हो भने यिनको कुरा गर्ने मन पनि थिएन तर कुरूप र भद्दा हल्ला गरेपछि भन्नैपर्छ– जसको सिङ छैन, उसकै नाम तिखेजस्तो गर्ने ? के निहँु खोजेको हो ? हो भने हामीले भन्नैपर्छ, यिनको इतिहास र वर्तमान कस्तो छ त ? किरणको कुरा गरौँ । हामी राजनीतिक मोर्चामा नआउँदै पुरानो पिँढीले नै दक्षिणपन्थी र अक्षम भन्दै महामन्त्रीबाट हटाएको र हटेका होइनन् ? अनि आफैँले प्रचण्डको पुस्तकको भूमिकामा आफूले नसकेरै प्रचण्डलाई नेतृत्व दिएको स्वीकार गरेका होइनन् ? अनि दुई वर्षसम्म स्वतन्त्र नेतृत्व गरिसकेपछि सिन्को भाँच्न नसकेको, बरु घोर दक्षिणपन्थीको पुच्छर बनेर पार्टीलाई अकर्मण्यताको सिकार बनाएका होइनन् ? अनि कसलाई भन्डाफोर गर्ने ? सीपी गजुरेलको त कुरै नगरौँ । यिनलाई तीस वर्षअगाडि पाँचौँ महाधिवेशनवरिपरि नै दक्षिणपन्थी बिल्ला लागेको होइन ? अनि दक्षिणपन्थी भएकै कारणले किरणले महामन्त्री छोड्दा यिनलाई नबनाएर प्रचण्डलाई महामन्त्री बनाएको होइन ? आफ्नो धुलो नै टकटक्याउन नभ्याएकाले कसको भन्डाफोर गर्ने ? बादलको कुरा किन गर्नुप¥यो, यिनका लागि निकै दुःख पाइयो, इतिहास नै पर्याप्त छ । गुरुङ त्यो पार्टीका सबैभन्दा पाखण्डी मान्छे हुन् भन्ने सबैले बुझ्न जरुरी छ । प्रचण्डले गृहमन्त्री र बाबुरामले अर्थमन्त्री नदिएपछि रुँदै हाम्रो पछि लागेका यिनै होइनन् ? पार्टीले दुःख गरेर चन्दा उठायो अनि लाज छैन पार्टीको लाखौँ पैसा लगेर बाहन किन्ने यिनै होइनन् ? अनि अरूलाई आर्थिकका लागि जे पनि गर्ने भन्ने ? छिः ! कमरेडहरू, यिनै मान्छे हुन्, जसले आजीवन मन्त्री हुँदा र श्रीमती सभापति हुँदा लगभग चार लाख मासिक बुझ्थे तर एक पैसा पार्टी (विचार समूह) लाई सहयोग गरेनन् । कति दुःखले प्रचण्डसँगको लडाइँ चलाइयो, एकरत्ति व्यवस्थापन गरेनन् अनि आएर शुद्धताको वाहियात ढ्वाङ फुक्ने ? यिनै होइनन् गोरखामा सबै साथी प्रहरीको घेरा तोड्दा पनि गिरफ्तारी दिने अनि जहिले पनि क्रान्ति सम्भव छैन भन्दै उफ्रिने ? पीबीमा समेत बल प्रयोग सम्भव छैन भनेर बकबास बोल्ने ! अनि यिनै होइनन् प्रचण्डको अगाडि विचारक भन्दै प्रशंसा बर्साउने अनि प्रचण्डपथ पारित भएपछि अर्को कोठामा गएर सिरकभित्र बलिन्द्रधारा आँसु बगाउने ? उनैले बढी बकबास गर्ने ? यस्ता दक्षिणपन्थी बकबासलाई पागलपन नभनेर के भन्ने त ! जहाँसम्म कमलप्रसादको कुरा हो, जनयुद्धकालमा भागेर भारतमा बस्ने, क्रान्तिलाई जहिले पनि असम्भव देख्ने, प्रचण्डले जाबो सभापति दिएन भनेर कोटपाइन्ट फुकालेर बालुवाटारमा फाल्ने दक्षिणपन्थीका माउ यिनै लिच्चड होइनन् ? डिप्रेसनको औषधिले बर्बाद भएका यिनै मोहदय होइनन् ? अनि बडो विश्लेषक बन्ने !
हरिभक्तको कुरै छोडौँ । जनयुद्धमा ६ महिना भागेबापत पीबीबाट बर्खास्तै भए बिचरा ! कहिल्यै बुद्धि पलाएन । यस्तोले हाम्रो भन्डाफोर गर्ने ! यो दक्षिणपन्थी, आत्मसमर्पणवादी, यथास्थितिवादी, सुधारवादी, रूढिवादी, सङ्कीर्णतावादी, व्यक्तिवादी, पुच्छरवादी, विसर्जनवादी रुवाबासी र विलापबाहेक के हुनसक्छ ! लौ यिनलाई यतै छोडौँ ।
माओवादीले सङ्घीयता वा जातीय मुक्ति छोड्यो भन्ने प्रचार पनि गरिएको छ । यसमा कोही पनि भ्रममा पर्न जरुरी छैन । कम्युनिस्ट पार्टी मात्र यस्तो पार्टी हो, जसले समाजमा भएका सबै उत्पीडनका विरुद्ध सङ्घर्ष गर्छ । सबै उत्पीडनबाट मुक्तिका लागि लड्छ । हाम्रो समाज र देशको मुख्य उत्पीडन वर्गीय उत्पीडन हो । यो हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोण हो । त्यसैले हाम्रो पार्टी मुख्य रूपले वर्गीय उत्पीडनको विरुद्धमा लड्छ । यद्यपि हाम्रो देशमा जातीय उत्पीडन, लैङ्गिक उत्पीडन र क्षेत्रीय उत्पीडन पनि छन्् तर यहाँ कुनै जातिले अर्को जातिलाई जातिकै कारणले उत्पीडन गरेको भन्दा सामन्ती एवम् दलाल पुँजीवादी राज्यसत्ताको जनविरोधी, राष्ट्रविरोधी नीतिका कारणले बढी जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडन हुने गरेको छ । यसर्थ पार्टीले दलाल पुँजीवादी राज्यसत्ताकै विरुद्ध सङ्घर्ष गर्दै, सत्तालाई नै बदल्दै जनताको सत्ता स्थापना गर्ने र देश र जनतालाई सबै खालका उत्पीडनबाट मुक्त गर्ने विचार र नीति लिएको छ । जबसम्म जनताको राज्यसत्ता वा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना हँुदैन, तबसम्म वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनबाट मुक्ति पाइँदैन । पहिले जनताको राज्यसत्ता अनि मात्र सबै उत्पीडनको अन्त्य । यो हाम्रो दृष्टिकोण हो । यसलाई कसले भन्छ जातीय मुक्ति छोडेको भनेर !
केही मान्छे खासगरी ड्यासका मान्छे के भन्छन्् भने सङ्घीयता नमानेकाले जातीय मुक्ति छोड्यो, सङ्घीयता भए पुग्छ । यसमा हाम्रो प्रस्ट धारणा छ, जनताको सत्ताबिनाको सङ्घीयता हुन्छ भन्नु पुच्छरवाद र संसद्वाद हो । वैज्ञानिक समाजवादबिनाको सङ्घीयता वास्तवमा प्रतिक्रियावादी सङ्घीयता हो, जसले जनतालाई क्रान्तिबाट बिमुख गर्न र जनतालाई पुँजीवादको दास बनाउन मात्र काम दिन्छ । पुँजीवादभित्रको सङ्घीयताले विश्वमा कहीँ पनि जनताको अधिकार दिएको छैन, बरु पुँजीवादको दास मात्र बनाएको छ । जहाँसम्म सङ्घीयता नै जातीय मुक्तिको अन्तिम व्यवस्था हो भन्ने प्रचार गरिन्छ यो भ्रम मात्र हो । के भारतमा सङ्घीयता भएर, अमेरिकामा सङ्घीयता भएर जातीय मुक्ति भयो त ? भएन नि त । हो, सङ्घीयता जातीय मुक्तिको एउटा व्यवस्था हो तर योभन्दा अर्को नयाँ संरचना आउँदैन भनेर भन्न सकिँदैन । हामीले यसबारे अनुसन्धान गर्नैपर्छ । हाम्रो सङ्घीयता जनताको एकता, जातिहरूबीचको एकता र वर्गको एकतालाई मुख्य बनाउँदै सबै उत्पीडनहरूलाई हल गर्ने सङ्घीयता हुनुपर्छ ।
जातीय मुक्तिबारे यति प्रस्ट हुँदाहँुदै जातीय मुक्तिको नीति छोडे भन्नुको के अर्थ छ ? जो पार्टी र नेताहरू संसदीय राजनीतिको टाङमुनि छिर्दैछन््, संसदीय संविधानलाई नै स्वीकार्दैछन््, सकीनसकी सरकारको रसस्वादन गर्न मरिहत्ते गरिरहेका छन््, ती पार्टी र नेताहरूले आफू जातीय मुक्तिका पक्षमा भएको तर जसले क्रान्ति अगाडि बढाउने तयारी गर्दैछ र जनताको सत्ता निर्माणको उद्देश्य लिएको छ ऊचाहिँ जातीय मुक्तिको विरुद्धमा हुने भन्ने कसरी हुनसक्छ ? प्रचार गर्नेले पनि लाज मान्नु पर्दैन !
सत्ता साझेदारीका सन्दर्भमा पनि खुबै भ्रम प्रचार गरिँदैछ । यसमा पनि ड्यास नै कन्दनी कसेर लागेको छ । उनीहरूले के प्रचार गरेका छन्् भने नयाँ माओवादीले केही समय ड्याङडुङ पारेर, बार्गेनिङ गर्दै सत्तामा पुग्न खोजेको छ । सत्ताका लागि नै पार्टी फुटाइएको हो । यो प्रचारले हाँसो पनि लाग्छ । हाम्रा दक्षिणपन्थी साथीहरू के बुझ्दैनन् भने कम्युनिस्ट पार्टी सङ्गठित भएको र अगाडि बढेको नै सत्ताका लागि, जनताको सत्ताका लागि नै होइन त ? अनि सत्ताका लागि लडेको हो भन्दै गर्दा यसमा के अनौठो भयो त ? हामी वैज्ञानिक समाजवादी सत्ताकै लागि लडेको त हो । जहाँसम्म सत्ता साझेदारीको कुरा छ, यो हामीले पालुङटार विस्तारित बैठकमा उठाएको तर्क हो । यसको हाम्रो सार माओले छुङकिङ सम्झौतामा उठाएको पक्षसँग जोडिएको छ । त्यहाँ माओले च्याङ काई सेकसँग राखेका सर्त राख्नुभयो– राज्यले जनताको सेना, जनताको सत्ता र जनसत्ताका कर्मचारीहरूलाई मान्यता दिएमात्र सहकार्यमा जाने अन्यथा सम्झौता सम्भव नहुने । त्यसको जबाफमा च्याङ काई सेकले केही समय माने पनि कम्युनिस्ट पार्टीसँग उसले दुईवटा सर्त राख्यो– पहिलो जनमुक्ति सेना बुझाउनुपर्ने, दोस्रो जनसत्ताहरू विघटन गर्नुपर्ने । अन्ततः कम्युनिस्ट पार्टीले सर्त मान्न अस्वीकार ग¥यो र सम्झौता भङ्ग हुन पुग्यो । कम्युनिस्ट पार्टीले क्रान्ति पूरा ग¥यो र चीनमा नयाँ जनवादी व्यवस्था स्थापना भयो । हामीले राखेको सत्ता साझेदारीको सोझो अर्थ संसद्वादी शक्ति वा पुरानो राज्यसँग माओवादीले गर्नुपर्ने र मान्नैपर्ने सत्ता साझेदारीको कुरा थियो । सत्तामा सहकार्य गर्ने हो भने जनमुक्ति सेना, सत्ता, प्रशासन, अर्थतन्त्र सबैतिर माओवादीको समान हैसियत हुनुपर्छ भन्ने हो । यसलाई सबै माओवादीले सहजै सही ठानेका थिए । आज पनि हामीले भनेको साझेदारीको अर्थ यही हो भन्ने बुझ्दाबुझ्दै वा बुझपचाएर अर्को तर्क गर्नेलाई के भन्ने !
अनौठो त के छ भने जसले सत्ता साझेदारीको लुकीछिपी विरोध गरिरहेका छन््, ती कति निकृष्ट छन्् भने सत्ताको कुरै छाडौँ, सत्ता पाए त यी नाक रगड्दै हुइँकिनेवाला छन्् । सरकारको चर्चासम्म चल्दा पनि लालायित हुन्छन्् । रातारात प्रतिक्रान्तिकारीसँग साँठगाँठ गर्न कुनै विलम्ब गर्दैनन्, जोसँग पाए पनि सरकारमा कुद्न तयार हुन्छन््, मन्त्री हुनका लागि लाजै पचाएर रातारात बिन्तीभाउ गर्न घरघर कुद्छन्् । बालुवाटारमा पुग्यो वा वार्तामा बस्यो भने एउटा कर्मचारीका लागि पनि ¥याल काढ्छन्, अँध्यारोमा भागबन्डा गर्न हिँड्छन्, यिनैले अझ सत्ता साझेदारीको विरोध गरेको जस्तो गर्छन् । के यो दुई लाइन सङ्घर्षमा विचार सकिएपछि पिसाबको न्यानो गरेको होइन ? सबै पाठकले बुझून्, यी सत्तासाझेदारीका विरोधी होइनन्, विरोधीको अगाडि यो पूरा हँुदैन, बरु जे पाइन्छ, फाइदा लिइहालौँ भन्ने स्वार्थी तŒवको लाचारीपूर्ण तर्क मात्र हो ।
८) पार्टी बनेपछि ध्यान दिनुपर्ने पक्षहरू
देशभरिका भेटघाटमा कमरेडहरूले व्यक्त गरेका धारणाअनुसार पार्टीमा नेता र कार्यकर्ताहरूले निम्नअनुसारका समस्याहरूमा ध्यान दिनुपर्ने देखिन्छ ः
सङ्गठनमा औपचारिकतावादी खालको समस्या
माओवादी पार्टी शान्तिप्रक्रियामा प्रवेश गरेपछि कहिल्यै पनि पार्टी सङ्गठनलाई कम्युनिस्ट पार्टीको मान्यता र ढाँचामा सङ्गठित र सञ्चालन गरिएको छैन । नयाँ पार्टी पुनर्गठनपछि मात्र एक प्रकारले पार्टी निर्माणको सुरुआतजस्तो भएको छ । यद्यपि अहिले पनि सङ्गठन सञ्चालनमा पुराना समस्याहरूको रोग केही मात्रामा बल्झिरहेको छ । त्यो यति बेला अलि बढी औपचारिकतावादी खालको समस्यामा व्यक्त भइरहेको छ । जस्तो कि बैठक बसेपछि परिपत्र पढ्ने, परिपत्र पठाउने, निर्र्णय सुनाउनेजस्तो मात्र हुने खालको देखिन्छ । सबै समितिहरूलाई व्यवस्थित गर्ने, निर्देशन र अनुगमन गर्नेमा कमी देखिन्छ । जब कि पार्टी नेतृत्व र सङ्गठन चुस्तदुरुस्त हुन अनिवार्य छ ।
सङ्घर्षमा रक्षात्मक मनोवृत्ति
माओवादी आन्दोलनमा गहिरिएर हेर्दा वर्गसङ्घर्षमा रक्षात्मक मनोवृत्ति बढेको देखिन्छ । पार्टी अन्तरसङ्घर्ष आक्रामक, वर्गसङ्घर्षमा रक्षात्मक मनोवृत्ति बढेको छ । यो कुनै व्यक्तिविशेषको कुरा मात्र नभएर आन्दोलनले ल्याएको समस्या हो । नेतृत्वमा देखापरेका विचलन, विरोधीहरूले गरेका घेराबन्दी र जालझेल, जनताको जीवनमा कायम रहेको अभाव, गरिबी आदि कारणले यो भइरहेको छ । कयौँ कमरेडहरूमा यो समस्या अरूलाई आलोचना गर्ने र अरूबाट हुनुपथ्र्यो भन्ने अर्थमा व्यक्त हुने गरेको छ । जस्तो कि पार्टी सुधारवादी काममा अल्झिनु हँुदैन । छिटोभन्दा छिटो क्रान्तिमा अगाडि बढ्नुपर्छ । पार्टीले जुन दिन हतियार उठाउँछ, आउन तयार छौँ वा छु, पार्टीले साँच्चै गर्ने हो कि होइन आदिमा व्यक्त हुन्छ । जब योजनाहरू कार्यान्वयनको समय आउँछ, आफँैले केही न केही भाग लिनुपर्ने हुन्छ अनि मेरो यो समस्या छ, त्यो समस्या छ । म यो भयो भने गर्छु, त्यो भयो भने गर्छु आदि तर्कहरू अगाडि आउन थाल्छन्् । वास्तवमा यो पार्टी आन्दोलनमा देखापरेको रक्षात्मक मनोवृत्ति हो । यसलाई पार्टीभित्र नेता र कार्यकर्ताहरूले सच्याउन जरुरी छ ।
अर्थवादी प्रवृत्ति
माओवादी आन्दोलनमा देखापरेको चर्को समस्या अर्थवादी प्रवृत्ति पनि हो । जब पार्टीको जिम्मेवार तहमै आर्थिक विचलन देखापर्न पुग्यो, तब पार्टीका सबै तहहरूमा अर्थसम्बन्धी थुप्रै विकृति र विचलनहरू हुर्किन पुगे । हाम्रो पार्टीमा यसको मात्रा निकै कम हँुदै गएको भए पनि थुप्रै अवशेषहरू बाँकी नै छन्् । आर्थिक हिसाबकिताब संस्थागत नगर्नु, उठाएको जति पैसा सोधपुछ नगरी सबै खर्च गर्नु, मुख्य काममा प्रयोग नगर्नु, पैसा आउने भयो भने गलत कार्यमा हात हाल्नुजस्ता अर्थवादी समस्याहरू देखिन्छन्् । पार्टी सञ्चालन र क्रान्ति अगाडि बढाउन आर्थिकको जरुरत पर्छ, यसमा कुनै समस्या होइन तर आर्थिकलाई मात्र केन्द्रबिन्दुमा राखेर पार्टी सञ्चालन गर्न खोज्नु वा पैसा भए मात्र सक्रिय हुनु राम्रो होइन । यो अर्थवादी प्रवृत्ति हो । यसलाई पार्टीमा कडाइका साथ सच्याउनुपर्छ ।
व्यवहारवादी समस्या
माओवादी आन्दोलनमा आएको विचलनले क्रान्तिकारी पङ्क्तिभित्र केही मात्रामा व्यवहारवादी समस्या उत्पन्न गरेको छ । क्रान्तिमा आएको समस्यालाई वैचारिक र राजनीतिक विषयवस्तुका रूपमा भन्दा पनि नेताविशेष र व्यक्तिविशेषमा मात्र बुझ्नाले यो समस्या बढिरहेको छ । जस्तो कि जब प्रचण्ड–बाबुरामले वैचारिक रूपले क्रान्ति असम्भव देख्न पुगे र राजनीतिक रूपले नयाँ जनवाद र वैज्ञानिक समाजवादलाई त्यागी लोकतान्त्रिक गणतन्त्रलाई पकड्न पुगे, परिणाम क्रान्तिको पराजय र पार्टी आन्दोलनमा विचलन देखा पर्न पुग्यो । हामीले यो समस्यालाई सच्यायौँ र क्रान्तिको बाटोलाई सही प्रकारले पकड््यौँ भने नेपालमा क्रान्ति विकास भएर आउन सक्छ । विषयलाई यसरी नबुझ्दा कि निरास भएर बस्ने कि त गलत प्रवृत्तिकै पुच्छर बन्ने समस्या बढ्ने गर्छ । कयौँ कमरेडहरूका कस्ता समस्या देखिए भने एमाओवादीको राजनीतिक लाइन त ठीक होइन तर लागिहालियो, केही समय हेरौँ । राजनीति त माओवादीको ठीक हो तर क्रान्तिमा गएर फेरि उस्तै हँुदैन भनेर कसरी विश्वास गर्ने ? पहिले क्रान्ति अगाडि बढोस् अनि हेरौँला जस्ता सोचाइ देखापर्ने गरेका छन् । यो मान्छेको थुप्रो र काम हेरेर निर्णय गर्नेखालको व्यवहारवादी समस्या हो । पार्टीले आन्दोलनमा बाँकी रहेको यस्तो समस्यालाई सफा गर्दै लैजानुपर्छ । क्रान्तिका लागि पहिलो सर्त क्रान्ति हुन्छ र सम्भव छ भन्ने विचार हुन्छ । मालेमाप्रति विश्वास राखियो र क्रान्तिलाई अगाडि बढाउने आत्मविश्वासका साथ अगाडि बढियो भने क्रान्ति सम्पन्न हुनसक्छ । क्रान्तिमा नेतृत्व, कामकार्यको महŒव पनि हुन्छ तर भएपछि मानौँला, गरेपछि विश्वास गरौँला, लागिहालियो केही समय पर्खौं भन्ने सोचाइहरू हेर्दा उचितजस्ता देखिए पनि यी सही विचार होइनन् । यी व्यवहारवादी समस्या हुन् ।
पार्टी एकताको प्रचार
केही समययता सबै माओवादी पार्टीहरूका बीचमा एकताको प्रचार चलेको छ । यसमा हाम्रो पार्टीको स्पष्ट धारणा के छ भने माओवादी आन्दोलनको ध्रुवीकरण आवश्यक छ र त्यो हुँदै गएको पनि छ । तर यहाँ सबै पार्टीहरूबीच जस्ताको तस्तै एकता वा सबैको स्थिति एकै भएजस्तो गरी एकता सम्भव छैन । प्रचण्ड–बाबुराममा विचलन आएपछि उनीहरूसँग सम्बन्धविच्छेद गरियो । किरणको नेतृत्वसमेत क्रान्तिबाट भाग्न पुगेपछि पुनः पार्टीलाई पुनर्गठन गरिएको छ । पार्टी क्रान्तिकारी कार्यदिशा, नीति र नेतृत्वसहित क्रान्तिको दिशामा अगाडि बढिरहेको छ । देशैभरिबाट क्रान्तिकारी माओवादीहरू क्रान्तिको झन्डावरिपरि गोलबन्द बन्ने प्रक्रिया अगाडि बढिरहेको छ । हामीलाई पूर्ण विश्वास छ, क्रान्तिकारी माओवादी आन्दोलन छिटै एक भएर अगाडि बढ्नेछ । यो प्रक्रियामा क्रान्तिकारी राजनीतिक कार्यदिशा, विचार, नीति र कार्यक्रमसहित अगाडि आउने पार्टी, नेता, कार्यकर्तासँग निःसर्त एकता हुने पनि प्रस्ट छ । योबाहेक अरू कुनै पनि सर्तमा पार्टीएकता हुन सक्दैन । यसप्रति सबै पार्टीपङ्क्ति स्पष्ट हुन आवश्यक छ ।
निचोड
पार्टी पुनर्गठनपछि क्रान्तिकारी मार्गमा अग्रसर भइसकेको छ । पार्टीमा एक विशेष खालको विश्वास उत्पन्न हुन पुगेको छ । पार्टीवरिपरि क्रान्तिकारी पङ्क्तिको केन्द्रीकरण अगाडि बढेको छ । जनता, सहिद परिवार, बेपत्ता योद्धा एवम् घाइते योद्धाहरूको विश्वास र आशा बढेको छ । पार्टीले लिएका निर्णयहरू क्रमशः लागू हुने अवस्था सिर्जना भएको छ । यति हुँदाहुँदै पनि प्रतिक्रियावादी, अवसरवादी, आत्मसुरक्षावादी, दक्षिणपन्थी, राष्ट्रघाती, सारसङ्ग्रहवादी, सङ्कीर्णतावादी, रूढिवादी, कूपमण्डुकवादी, धोकेबाज छद्म अवसरवादीहरूले केही नचाहिँदा, बेतुकका, पागलपूर्ण भ्रमहरू पनि फैलाइरहेका छन्् । हामीले ती भ्रमहरूलाई स्पष्ट पार्दै, तिनलाई निर्ममतापूर्वक चिर्दै क्रान्तिलाई दृढतापूर्वक अगाडि बढाउन जरुरी छ । हामीले अझ राम्रो पार्टी, अझ राम्रो जनताको सेना, अझ राम्रो नीति र कार्यक्रम बनाउनुपर्छ । साथै क्रान्तिलाई पूरा गरिछाड्ने अठोट लिनुपर्छ । क्रान्तिको सफलता सुनिश्चित छ ।
चैत, २०७१