नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु

नेपालगन्ज,बाँके कारागारमा अपराधिक लाभ कसुरमा कैद भुक्तान गर्दै आई रहेका एक कैदीको मंगलबार बिहान मृत्यु भएको छ ।

कारागारका जेलर देबेन्द्र प्रसाद श्रेष्ठका अनुसार कारागारमा बिगत सवा दुई बर्षदेखी कैद भुक्तान गरि रहेका नेपालगन्ज–८ का ६० वर्षिय अस्फाक अहमद सिद्दिकी मंगलबार बिहान ७ बजे एक्कासी बेहोस भएपछि उपचारको लागि भेरी अस्पताल पुराए लगत्तै मृत्यु भएको हो ।

मृतक सिद्दिकी लामो समयदेखी उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित रहेको जेलर श्रेष्ठले जानकारी दिए । उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ । नेपालगन्ज कारागारमा ३ सय जना कैदी अट्ने क्षमता भएपनी हाल अहिले करीव ८ सय २५ जना कैदी रहेका छन ।