नेपालगंज मुस्लिम समाजले बाड्यो ७ सय घरपरिवारलाई राहत सामाग्री

नेपालगन्ज,बाँके नेपालगन्ज मुस्लिम सामाजले दुईदिनको अन्तरालमा करिब ७ सय परिबारलाई राहत सामाग्री बितरण गरेको छ । नेपालगंजको विभिन्न वडाहरूमा नेपालगंज मुस्लिम समाजको तर्फबाट राहत बितरण गरेको हो ।

त्यस्तै पहिलो चरणमा राहत नेपालगंज मुस्लिम समाजले पहिलो दिन ३ सय घरपरिबारलाई राहत समाग्री बितरण गरेको थियो । भने दास्रो दिन ४ सय परिबारलाई बाडेको थियो ।

नेपालगंजका बिभिन्न वडाका टोलहरू इन्द्रपुर,खजुरा रोड ,धम्बोझी क्षेत्रका बिभिन्न टोल, परसपुरका, सृष्टी हल नजिक लोनियन टोल , घरवारीटोल, अप्सरा होटल पछाडी, बसपार्क नजिक, न्युरोड ,गणेशपुरका टोल, घोशीटोल, देवा फुलवारी, टिबी हस्पिटल रोड , जिन्नात बाबा टोल, बेहनन टोल, रामनगर ,बच्चुपुर्वा एकमिनार मस्जिद रोड, बुलबुलिया समशानघाट, भट्टाटोल,एकलैनी,गगनगन्ज, बांकेगाउ र जैसपुर लगायतका टोलहरूमा वितरण गरेको थियो ।

त्यस्तै राहत बितरणमा मुस्लिम सामाजका अगुवा समाजसेवी मुन्ना मंसुरी, मेराज अहमद हिमालय, हकीम हल्वाई,बाबुनेता हल्वाई, शरीफ बागवान, जुबैर राई, करीम खान, अब्दुल वाहीद अंसारी,हाजी सकील जसगढ, इम्तियाज सिद्दीकी, मेराज सिद्दीकी, तौशिफ सिद्दीकी,जमील जसगढ, सोनु राही हल्वाई, रहमान मिया ,हाजी मोबीन हल्वाई साइकल वाले, जाहीद हल्वाई अन्डावाले, मोबीन पिन्कू हल्वाई, सेराजुल हसन अंसारी, मुबारक राई,माराडोना हल्वाई, लुकमान अंसारी, ज्याउल हक हल्वाई, छोटकाऊ हल्वाई, इस्हाक हल्वाई र हाजी इनाम बेहना लगायतको सहयोग र सहभागितामा रहेको थियो ।