ढुंगा ठोक्किएर आगलागी, आधा दर्जन घाइते

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३, रुन्मामा आगलागी हुँदा आधा दर्जन घाइते भएका छन् । चात्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा आज दिउँसो एउटा ढुंगा खसेर अर्को ढुंगासँग ठोक्किँदा बलेको आगोमा परेर ६ जना  घाइते भएका हुन् ।

घाइतेहरुमा दाँत बुढामगर, उज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर, पुत्र बुढामगर छन् । आगो निकै फैलिएकाले उनीहरुको उद्धार गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले बताइन् । 

घटनास्थलमा हेलिकोप्टर लैजाने प्रयास भइरहेको उनले जानकारी दिइन् । ‘अहिले आगो धेरै फैलिसकेको छ । सुर्खेतबाट हेलिकप्टर लैजान प्रयास गरिरहेका छौं तर सकेका छैनौं । घाइतेहरुको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र लैजाने तयारी भइरहेको छ’, उनले भनिन् । जनआस्था