यसरी आउदैछ बजारमा शाहीको ‘ज्यानै दिने मान्छे’

नेपालगन्ज,गायक राजबाबु शाहीको  पहिलो प्रस्तुती  ‘ज्यानै दिने मान्छे’ बजारमा आउने भएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा म्युजिक भिडियो छायाँकन गरीएको उक्त गित बजारमा आउने लागेको दुर्गा खत्रीले जानकारी दिएकी छन ।

खत्रीका अनुसार केही समय लगत्तै बजारमा आउन लागेको ज्यानै दिने मान्छे गितको म्युजिक भिडियो पर्यटकीय नगरी गाभर भ्यालीमा छायाँकन गरिएको छ ।

गायक राजबाबु शाहीले पहिलो प्रस्तुतीक रुपमा उक्त गित बजारमा ल्याउने तयारी गरेका छन । राजबाबु शाही र संगिता सुमनको आवाजमा तयार पारीएको गितको म्युजिक भिडियोमा दुर्गा खत्री र मिलन विकले मुख्य भुमिका निभाएका छन ।

गणेश कुमार मुस्कानको शब्द तथा दल बहादुर र मोती मुस्कानको संगित रहेको उक्त गितको म्युजिक भिडियो यहि फागुन १६ गते युट्युवबाट सार्वजनिक गरीने बताईएको छ ।