कोहलपुरका व्यवसायीले भने,–‘मन्सुरी नेतृत्वको प्यानललाई भोट’

नेपालगञ्ज,कोहलपुरका प्रतिष्ठित उद्योगी, व्यवसायी एवं कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीले अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानललाई भोट दिने भएको छ।उद्योगी ब्यवसायीका लागि चुन्न नेतृत्वको प्यानल योग्य भएकोले भोट दिने बताएका हुन ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का प्रदेश सदस्य एवं कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, बरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा, उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव तेजप्रशाद अधिकारी, कोषाध्यक्ष सुनिल खनाल, सल्लाहकार बिष्णु खनाल, सदस्य निर्मला मल्ल, सल्लाहकार पोष्टराज भुषाल, आर्थिक सल्लाहकार सुर्य सापकोटा, सदस्यहरु टिकाराम देवकोटा, नविन खड्का, भरतराज कठायत, कार्यसमिति सदस्य अन्जना धिताल, कोहलपुर कपडा व्यवसायी संघका अध्यक्ष मेघराज अधिकारीले लगायतको टिमले समावेशी प्यानलले सिङ्गो बाँके जिल्लाका उद्योगी, व्यवसायीको हितको पक्षमा लाग्ने भन्दै एकमतका साथ भोट दिनुपर्ने जिकिर गरे ।

बाँके जिल्लाको आर्थिक विकास र व्यवसायीक हितका लागि समावेशी प्यानलका प्रत्येक उम्मेदवारलाई मत दिन कोहलपुरका व्यवसायीले आग्रह गरे ।नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वमा रहेको समावेशी प्यानलको तर्फबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष ९वाणिज्य० तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष ९उद्योग० तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गरेका छन ।

त्यस्तै सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवारी दर्ता गरेका छन ।बस्तुगत तर्फ भिमलाल कँडेल ९होटल व्यवसायी संघ बाँके अध्यक्ष० , सिद्धान्तजङ्ग राणा सिद्धु ९टेन्ट व्यवसायी संघ बाँके०ले मनोनयन दर्ता गर्नुभएको छ । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीले उम्मेदवारी दर्ता गरेका छन ।