जमुनाहाबाट ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालगञ्ज, आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन ।
आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको लाई चेकजाँच गर्दा खजुरा गाउँ पालिका- ३ बस्ने २० वर्षीय तुल बहादुर गुरुङ को साथबाट ९०० मिलिग्राम र जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका – २ खोलिगाउँ बस्ने २८ वर्षीय रमेश चौधरीको साथबाट १ मिलिग्राम ब्राउन सुगर पक्राउ गरेको प्रहरी जनाए ।

मुख भित्र लागुऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गुरुङको साथबाट ९००मिलिग्राम र दाहिने हातमा १ ग्राम लुकायर ल्याउँदै चौधरीलाई पक्राउ गरेर जमुनाहा प्रहरी इन्चार्ज माधव प्रसाद रिजालले बताए

पक्राउ परेका बिरुद्ध लागु औषध ओसारपसार अन्तगर्त कारबाही र थप अनुसन्धान का लागी जिल्ला प्रहरी कार्यालय बाँके पठाएको प्रहरी इन्चार्ज रिजाल ले जानकारी दिए।