सञ्चारकर्मी मल्लको पहलमा बाल मन्दिरमा न्यानो सामाग्री बितरण

काठमाडौ, प्राज्ञ एवं गायिका सञ्चारकर्मी चादनि मल्लको पहलमा पुस १५ को अवसर पारेर बाल मन्दिरमा न्यानो सामाग्री बितरण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकि प्राज्ञ तथा सुदूरपश्चिमन्चाल लोक संस्कृति संरक्षण मञ्च नेपालकी अध्यक्ष गायिका तथा समाजसेवी चादनी मल्लले काठमाडौको नक्साल रहेको बाल मन्दिरमा बितरण गरेकी हुन ।

सुदूरपश्चिमेलिहरुको महत्त्वपूर्ण चाड पुसे पन्द्र अर्थात पन्नरिरातका अवसरमा आफुले सो पर्व मनाउन लाग्ने खर्चले बालमन्दिरमा रहेका बालबालिका र तिनीहरुलाई न्यानो माया बाडनुको साथै सबै आमाहरु र बालबालिकाहरुलाइ टोपी , मोजा केही खानेकुराहरु दिएर खुसी ब्यक्त गरिएको थियो ।

सुदूरपश्चिमान्चाल लोक संस्कृति संरक्षण मञ्चले बेलाबेला विभिन्न ठाउँमा सहयोग गर्दै आएको र निरन्तर यसैगरि अरुको दुखमा सकेसम्म साथ सहयोग गर्ने समेत संघका अध्यक्ष चाँदनी मल्लले बताइन । साथै उनले लामो समय देखि आफू सुदुरपश्चिमको कला र संस्कृति र परम्परा जोगाउन लागि परेको समेत जानकारी दिइन।

हामीलाई जाडोमा तालु र पैतलाबाट बडी चिसो लाग्ने हुदा सानानानीहरुको पनि टाउको मा टोपी र पैतलामा मोजा लगाउदा केही मात्रा मा भएपनि राहात होस भन्ने भावनाले सहयोग गरेको कुरा संस्था का सचिव एवं गायक शंकर सिह बिष्टले बताए ।

न्यानो वितरण कार्यक्रममा सुदूरपश्चिमान्चाल लोक संस्कृति संरक्षण संघका अध्यक्ष चादनी मल्ल , सचीव शंकर सिंह बिष्ट , कोषाध्यक्ष , दिपेन्द्र खत्री , लगायत अन्य पधाधिकारिहरुको उपस्थित थियो।