अब बुटवलमा बजारमा बिजुली बस सरर…

बुटवल, सुन्दर यातायात प्रालिको देशैभरि बिजुली बस संचालनको नीति अनुरुप राजधानी बाहिर प्रदेश नम्बर ५ को बुटवलबाट बिजुली बस संचालन गर्न लागिएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

‘हामीले बुटवलमा प्रदेश नम्बर ५ को शाखा कार्यालय स्थापन गरिसक्यौँ। सरकारी प्रक्रिया पुरा गरेर करिब १ महिना भित्र यहाँको सडकमा बिजुली बस संचालन गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने।

सुरुवाति चरणमा बुटवलदेखि लुम्बिनीसम्म बिजुली बस संचालन गरिने सुन्दर यातायातका प्रदेश नम्बर ५ का संयोजन उमालाल बन्जाडेले जानकारी दिए।

‘बुटवलदेखि लुम्बिनीको रुटमा ४ ओटा चलाउने सोचेका छौँ। यहाँ रुट परमिट तथा अन्य काम मिलाउँदा १ महिना लाग्ला त्यस्तै बस नेपाल आइपुग्न पनि करिब १ महिना नै लाग्ला,’ उनले भने।

बुटवल पछि कोहलपुर, दाङ, चनौटा लगायतको ठाउँमा नि बिजुली बस संचालन गरिने उनले जानकारी दिए।