प्रशिक्षार्थी महिला प्रहरीलाई बलात्कार गर्ने प्रहरी पक्राउ

नेपालगन्ज, बाँके एक महिला प्रशिक्षार्थी प्रहरीमाथि बलात्कारको अभियोगमा एक प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।

उनी नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनीमाथि महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग छ ।

पीडित महिलाको जाहेरीको आधारमा उनी पक्राउ परेका हुन । जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ ।