मन्थलीमा १३ करोड लागतमा एक हजार क्षामताको कभर्डहल बन्दै

रामेछापको सदरमुकाम मन्थलीमा करिव १३ करोड लागतमा एक हजार दर्शक क्षमता भएको कभर्डहल बन्ने भएको छ । भलिबल ,बास्केटबल ,हेन्डबल,ब्याटमिन्टर ,टेबलटेनिस र मार्शल आर्टका सम्पुर्ण खेलहरु खेल्न मिल्ने कभर्डहल बनाउँन तत्काल काम सुरु गरिन हुने शुक्रबार जिल्ला खेलकुद विकास समिति रामेछापले मन्थलीमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो ।

ब्राइट स्टार एण्ड स्टार कन्ट्रक्सनले निर्माण गर्ने कभर्डहलमा पार्किङ सुविधा सहित अफिसरुम,किचेनरुम,चेन्जिङरुम र भिआइपी रुमसमेत हुनेछ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरियाले प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले दिएको ९१ लाख रकमबाट पहिलो चरणको काम तत्काल सुरु गरिने जानकारी दिए ।

उनले पहिलो चरणको काम अन्तरगत डि।पि।सी लेवल सम्म काम हुने र सो काम अबको ६ महिनाभित्रै सकिने बताए ।
३ बर्षभित्र पुर्णरुपमा बनिसक्ने कबर्डहल निर्माणको दोस्रो चरणको कामका लागि समेत प्रदेश सरकारले बजेट विनियोजना गरिसकेको अध्यक्ष कडरियाको भनाई छ ।

यता पहिलो चरणको काम तीनमहिनाभित्रै सकेर देखाउँने निर्माणको जिम्मा पाएको ब्राइट स्टार एण्ड स्टार कन्ट्रक्सनका निर्देशक हरिशरण चौलागाईले प्रतिवद्धता जनाएका छन् ।  समयमै पहिलो चरणको काम सकेर दोसा्रे चरणको कामका लागि यसैबर्ष टेण्डर आह्वा गर्ने तयारी भैरहेको सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेलका सुपरभाइजर मनोज दुलालले बताए ।

कबर्डहल निर्माणको काम समयमै सक्न प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेल र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले निर्देशन दिए । उहाँहरुले रामेछापका लागि अति आवश्यक कभर्डहल निर्माणका लागि कहि कतैबाट बाधा अड्चना आउँन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

कभर्डहल नहँुदा रामेछाप जिल्लाको खेलकुद क्षेत्र विकासमा पटक पटक समस्या आउँने गरेको छ । कभर्डहल नभएकै कारण घाम र पानीबाट नियमित प्रशिक्षण तथा खेलकुद प्रतियोगिताहरुनै स्थगित हुदा आयोजक तथा खेलाडीहरुमा नैरस्यता आउँने गरेको छ । जसका कारण आयोजक तथा खेलाडीहरुले खेल क्षेत्रको विकासका लागि खुलेर योगदान गर्न समेत सकेका छैनन् ।