क्यान फेडरेशन बाँकेको आयोजनामा आईसिटी सेमिनार सम्पन्न

नेपालगन्ज, कम्प्युटर एशोसियसन अफ नेपाल बाँकेको आयोजनामा आज नेपालगन्जमा आई सि टी सम्वन्धी सेमिनार सम्पन्न भएको छ ।बिज्ञान र प्रविधिको जमानामा सम्पूर्ण कामहरु मोबाइलबाट कसरी गर्ने भन्ने भन्ने कुराको साथै वित्तीय डिजिटल फाईनान्स सर्भिस गर्न सिकाउने उद्देश्यका साथ सेमिनारको अायोजना गरेको क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सिनाले बताए ।

काठमाण्डौंका पाटन कलेज, लर्ड बुद्ध फाउन्डेसन एजुकेशन, प्रभु लगायतका कलेजहरुको सहयोगमा कार्यक्रम गरिएको क्यान प्रदेश नं ५ का अध्यक्ष ध्रुब राज शर्मा सुदिपले बताए । उक्त कार्यक्रममा बाँकेका सरकारी तथा उपमहानगरपालिका, नगरपालिका, गाउँ पालिकामा काम गर्ने अाइ टी अफिसरहरु, कलेजमा अध्ययनरत विद्यार्थीहरु, बैंक तथा वित्तीय संस्थामा कामगर्ने कर्मचारीहरु लगायतकाको उपस्थिति उल्लेख्य रहेको थियो ।

क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती नेपालगन्ज उपमहानगरपालिका कि उपमेयर उमा थापा मगर रहनुभएको थियो ।

त्यस्तै अतिथिहरुमा क्यान बाँकेका संस्थापक अध्यक्ष तथा क्यान नेपालका केन्द्रीय सदस्य ईश्वर प्रसाद पोखरेल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख हरि प्रसाद तिमिल्सिना , क्यान प्रदेश नं ५ का अध्यक्ष ध्रुव राज शर्मा, काठमाण्डौंबाट तालिम दिन आउनु भएका विभिन्न कलेजमा कार्यरत अाई टी अफिसर, विभिन्न मिडियामा कार्यरत पत्रकार लगायतका रहनु भएको थियोे ।

कार्यक्रममा उपस्थिति सहभागीले यस्ता किसिमका सेमिनारबाट अाईसिटीको स्कोप राम्रो रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा क्यान बाँकेले प्रशिक्षकहरुलाई मायाको चिनो पनि दिएको थियोे भने कार्यक्रम सञ्चालन क्यान बाँकेका सचिब शिशिर नारायण श्रेष्ठले गरेका थिए ।