मनकारी अध्यक्ष बस्नेत जसले गरे यस्तो प्रशंसनिय काम…..

आफनो तलब काटेर किनिदिए डेढ सय बिद्यार्थीलाई किताब र बोक्ने झोला

जाजरकोट ,कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो तिन महिना बापतको तलब स्कुले बालबालिकालाई दिएका छन । अध्यक्ष बस्नेतले आफनो तिन महिनाको तलब बापतको रकम करिब ९१ हजार रकम कुशे गाँउपालिका ७ समकोटको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा १ सय ५९ जना बालबालिकाहरुलाई किताब र झोला किन्न हस्तान्त्ररण गरेका हुन ।

अध्यक्ष बस्नेतले स्कुलको नाम लेखेका झोला किताब र स्टेशनरी सामान बिद्यार्थीहरुलाई हस्तान्त्ररण गरे ।
बस्नेतले आफनो तलब र भत्ता मार्फत आएको रकम गाँउपालिकाकैे गरिब बिपन्न बर्गका बिद्यार्थीहरुलाई हस्तारन्तरण गर्न पाउदा आफु निक्कै खुशि भएको बताए । सामाजिक रुपमा आफुलाई थप जिम्मेबारी बोध भएको जिकिर गरे ।

गाँउपालिका अध्यक्ष बस्नतेको कामले बिद्यालयलाई निक्कै उत्साहित बनाएको बिद्यालयका प्रधानध्यापक राम बहादुर शाहीले बताए । शाहीले बस्नेतके यो कदम सामाजका लागि निक्कै प्रंशसनिय भएको दावी गरे ।