बाँकेको ईगाउँमा क्रिकेट स्टेडियम बनाउनु पर्नेमा स्थानियकाे जाेड

बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर ४ ईगाउँमा क्रिकेट मैदान बनाउनु पर्नेमा स्थानियले  जाेड दिउका छन । सामरिक भुगाेल र प्राय प्रतियाेगिता हुने भएकाेले स्टिडियम बनाउनु पर्ने जाेड दिएका हुन । बिगत  १४ बर्षदेखि शहीद सेतु विक स्मृटि क्रिकेट प्रतियोगिता समेत  आयोजना हुँदै आएको छ ।

पछिल्लो संस्करणको उद्घाटनमा शनिबार क्रिकेट स्डेडियमको माग उठेको छ । । स्थानीय न्यू दर्पण युवा क्लबले शहीद विकको जन्मस्थानमा २०६३ सालदेखि क्रिकेट प्रतियोगिताको सुरुवता गरेको हो ।

क्लबका अध्यक्ष दलबहादुर बिसी र पुर्ब अध्यक्ष देवराम विसीले शहीद सेतु विकको सम्मान र क्रिकेटप्रतिको आकर्षणका कारण ईगाउँमा क्रिकेट स्टेडियम निर्माण गर्नुपर्ने माग गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले ईगाउँमा क्रिकेट स्टेडियमका लागि आफुहरुले पहल गर्ने आश्वासन दिएका छन् । उनले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता दुईबर्षभित्रै संचालन गरेर बाँकेले ठुलो सफलता प्राप्त गरेको बताए ।

यसबर्ष प्रतियोगिताको विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपिया नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । कार्यक्रमको संचालन स्थानीय युवा केशर बिसीले गरेका थिए ।