दक्ष युवाहरु उत्पादन गर्न नेपालगञ्जमा टुइस्टवार सञ्चालन

दक्ष युवाहरु उत्पादन गर्न नेपालगञ्जमा टुइस्टवार सञ्चालन गरिएकाे छ । पञ्चत्व इन्भेस्टमेन्ट ग्रुप प्रालीद्वारा  टुइस्टवार एकेडेमीको सन्चालन भएकाे हाे । नयाँ बर्षको अवसर पारेर अत्याधुनिक सुबिधा सहित बांकेको नेपालगन्जमा उदघाटन भएको टुइस्टवारले दक्ष युवाहरू उत्पादन गर्ने दावी गरिएकाे छ ।

युवाहरुलाई वहादुर होइन दक्ष जनशक्ति उत्पादन गराउने उदेश्यका साथ सन्चालनमा आएको टुइस्ट एकेडेमीको उदघाटन नेपालगन्ज उपामहानगर पालिकाका मेयर डा.धवल शमसेर राणाले गरेका थिए ।

कार्यक्रमले युवाहरुलाई विभिन्न किसिमका आवश्यक शिपमुलक शिपहरु सिकाएर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ती उत्पादन गर्ने मुख्य उदेश्य रहेको बताइएको छ ।

आगामी दिनहरुमा समय सापेक्ष रुपमा नयाँ नयाँ कार्यक्रमहरु पनि सन्चालनमा ल्याईने एकेडेमी म्यानेजर मधु स्वारले जानकारी दिए । उदघाटन कार्यक्रममा नेपालगन्ज उधयोग वाणिज्य संघका अध्यक्ष नन्द लाल वैश्य लगायतको उस्थित रहेको थियो ।