‘एभरेष्ट साईन्स सेन्टरलाई राष्ट्रिय रुपमा बिकास गर्न सरकार तयार छ’ : मुख्यमन्त्री राई

बिराटनगर,प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राइले एकको बर्जु गाँउपालिकास्थित शान्तीवन एभरेष्ट साईन्स सेन्टरलाइ बिकासकाे लागि सरकार प्रतिबद्भ भएको बताएका छन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सेन्टरलाई राष्ट्रिय रुपमा बिकास गर्न प्रदेश सरकार तयार रहेको जानकारी गराएका हुन ।

सेन्टरमा पुर्वाधारको पर्याप्त बिकास भईसकेको तर आफुलाई खासै जानकारी नभएको बताउदै मन्त्री राईले अव विज्ञानको क्षेत्रको बिकासलाई राज्यले बुझ्ने निति लिईसकेको छ जानकारी गराए । उनले यस्तो साईन्स सेन्टरले बिद्यार्थीको भविष्य निमार्णमा ठुलो मद्दत दिनेबारे पनि बताए । सरकारले अहिलेसम्म दिन नसकेको साथ र सहयोगलाई अवको स्थाई सरकारले यस साईन्स सेन्टरको बिकासमा जोडदिने पनि जानकारी गराए ।

देश लामो सक्रमण अवस्था रहेकाले बिकासको ठोस कदम लिन सकेको थिएन ।अव स्थिर सरकार निमार्ण भईसकेकोले राष्ट्र परिवर्तनको मार्गमा अगाडि बढिसकेको उनको भनाई रहेको थियो ।बिज्ञानको बिकासकोलागि प्रदेश सरकारले गर्नुपर्ने साथ र सहयोगमा सधै तत्पर रहेको जानकारी गराउदै मुख्यमन्त्रीले सरकारको ध्यानाकर्षण गराउनेमा आश्वासन दिएका थिए ।

एभरेष्ट साईन्स सेन्टरलाई टुरिजमको हवको रुपमा पनि बिकास गरिने मुख्यमन्त्रीको भनाई रहेको थियो ।पर्यटकलाई लक्षित गरेर बिकास गरिने बताउदै उनले एभरेष्ट साईन्स सेन्टर प्रदेशको साझा सम्पति भएको जनाए ।बिज्ञान र प्रविधिको बिकासले नै बिश्वका शक्तिशाली राष्ट्रहरु अगाडि बढेका छन भन्दै उनले प्रदेशलाई कृषि र पर्यटनको रुपमा बिकास गर्न सके देशलाई बिकास मार्गमा अगाडी बढ्न सजिलो हुने भनाई राखेका थिए ।

अहिलेको युगमा बिज्ञानले महत्वपुर्ण भुमिका खेलिरहेको बताउदै मन्त्रीले बिद्यार्थीहरुलाई बिज्ञान बिषयलाई अनिवार्य रुपमा अध्ययन गराउन राज्यले जोडदिनेबारे निती निमार्णमा लागेको जानकारी गराएका थिए । कार्यक्रमको अवसर पारेर मुख्यमन्त्रीले एभरेष्ट साईन्स सेन्टरको अवलोकन समेत गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै साईन्स सेन्टरका सञ्चालक डा. दिलिप अधिकारीले सरकारले साईन्स सेन्टरलाई राष्ट्रिय रुपमा अगाडि बढाउने प्रस्ताव खुशिको कुरा भएको बताए ।