विप्लवलाई लुटेरा भन्ने प्रधानमन्त्री ओलीको फेहरिस्त

पत्याउनु भयन ? हेर्नुस भिडियाे 

मागेर चुरोट खान्थेँ …..
भन्दा या सुन्दा अनौठो लाग्नसक्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैबेला आफैले  बाेलेका कुरा हुन  । सुकुम्बासी थिए उनि चुरोट समेत मागेर खान्थे । यीे सब काल्पनीक कथन  नभएर ओली स्वयमले  आफैले बोलेका कुरा हुन ।

राजनितिको चक्रब्युहमा थुप्रै आरोह अबरोह छिचोलेको दावी गर्ने प्रधानमन्त्री ओलीले कुनैबेला आफु सुकुम्बासी भएको बताएका छन । एउटा टेलिभिजनको अर्तर्वातामा उनले आफनो जिवनको फेहरिस्त सुनुाउदै आफु शुन्यताबाट अबिराम संघर्ष गरेर यो अबस्थामा आएको बताए ।

उनले २८ सालको झापा आन्दोलन पछिका दिनहरु निक्कै उतार चढाबपुर्ण बितेका भन्दै मागेर गाडि चडने भुमिगत भएर भारतमा पुर्नबास जिवन बिताएको बताउछन  ।

केहिदिन अगाडि बिप्लवलाइ लुटेरा बताउने प्रधानमन्त्री ओलीले काठमाडौँमा करोडौँको सम्पति जोडिसकेका छन । अबौँ सम्पतीको मालिक बनिसकेका ओलीले आफनो जिवनको बारेमा बताउदै गर्दा उनले संघर्ष र राजनितिक जिवनको हेक्का राखे या राखेनन याे समयले बताउला  ।

राजनितिक जिवनमा शहिद परिबार,साथीको घरमा गएर बसेको बताउने ओलीले आफुले निक्कै कष्ट पाएको दावी गर्छन ।

अहिले काठमाडौँ, बालकाेटमा जोडेको घर घडेरी कहाँबाट आएको भन्ने प्रश्नमा उनले गोलमोटल जवाफ दिएका छन ।

आफ्नाे जिन्दगीलाइ अतिरिक्त जिन्दगी बताउने ओलीले जेलभित्र रगत उल्ट गर्दै बाँचेको बताउछन ।

उनि भन्छन टिभी लागेको अल्सर भएको भएपनि चुरोट खान्थेँ । चुरोट छोडने इच्छा नहुँदा नहुदै किन्ने पैसा नभएर  छोडेको बताँउछन ।  

मलाई कमाउनु छैन । २५ सालमा पुर्णकालीन कार्यकर्ता भएको बताउने उनि आफनो अहिलेको आए स्रोतको बिषयमा भने बाेल्दैनन ।

साथीको गाडि चढछु । उनि भन्छन मेरो काम र सहयोगलाइृ हेरेर साथीहरु सहयोग गर्छन ।

स्मरणिय कुरा के छ भने उनि प्रधानमन्त्री भएकाे २ दिनमै कालाे सिसावाला गाडि  किनेका थिए भने उनकाे उपचार खर्च राज्यबाट हालसम्मा २२ कराेड खर्च भैसकेकाे छ । 

पत्याउनु भयन ? ल हेर्नुस भिडियाे