शिरानीमा सुगन्ध

कविता

यतिका बर्षसम्म तिमी नहुँदा पनि मेरो शिरानीमा
तिम्रो सुगन्ध पाएर आस्चर्य भयो होला तिमीलाई
भो आस्चर्यमा नपर
मेरो एत्रो बर्षको मेरो अनुपश्थितीमा
यो कसरी सम्भव होला भनी सोच्दै छ्यौ ? 
ल हेर ! तिम्रा आँखा पनि त भिजिसकेछन
भो छोड्देउ धेरै कुरा नखेलाउ
किनकी
अमुल्य छन तिम्रा आँखा भित्रका बुंदहरु
भो नझार

हर रात म तिम्रो सपना देख्छु
जुन मेरो नियमित रातचर्या बनेको छ
मैले हर रात देख्ने
तिम्रा महकिएका सपनाहरु मध्य
तिम्रा केही सपना
मेरा आँखाबाट शिरानीमा अवस्य खस्छन् होला
यसकारण
मेरो शिरानीमा तिम्रो सुगन्ध छ ।

म दीपको अमृत
तिमी अमृतको दीप
दीपमा अमृतको अमरत्व अनी
अमृतमा दीपको ज्योतिर्मय
नभए यो दुनियाँले हामीलाई
कहाँ युगौँयुग याद राख्छ र ?
यसकारण
मेरो शिरानीमा तिम्रो सुगन्ध छ
र जुगौजुग रहिरनेछ ।।